Author: महेन्द्रनगर पोष्ट

धनगढी : कोसी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेकपा एमालेकी रुक्मिणी कोइराला विजयी भएकी छन्। नेकपा माओवादी केन्द्रबाट सत्ता गठबन्धनकी उम्मेदवार चम्पादेवी कार्कीलाई हराउँदै कोइराला राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी हुन्। कोइरालाले ५ हजार ८६ मत प्राप्त गरिन्। उनकी प्रतिस्पर्धी चम्पादेवी कार्कीले ४ हजार ९९२ मत पाएकी पाइन्। कार्की नेकपा माओवादी केन्द्रबाट गठबन्धनको उम्मेदवार भएकी थिइन्। उता एमालेकी कोइरालालाई राष्ट्रिय प्रजातन्त्र पार्टीले सघाएको थियो। कोसी प्रदेशमा एमालेकी राष्ट्रिय सभा सदस्य उम्मेदवार कोइरालालाई सत्ता गठबन्धनका तीनजना सांसदले मतदान गरेका थिए। सत्ता गठबन्धनबाट क्रस मत तान्न सफल कोइरालाले राष्ट्रियसभाको यात्रा पक्का गरिन्। उनले सत्ता गठबन्धनका तीनजनाको मत तानेकी हुन्। मतगणनामा कोइरालालाई ४९ जना सांसदले…

Read More

सुर्खेत : राष्ट्रियसभा कर्णाली प्रदेशमा गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् । मतपरिणामअनुसार गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका सहायक निर्वाचन अधिकृत उज्वलदेव रावलले जानकारी दिए । गठबन्धनबाट अन्य तर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा (एकीकृत समाजवादी) की सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णुबहादुर विक उम्मेदवार छन् ।

Read More

धनगढी : कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणाममा कृष्णप्रसाद सिटौला विजयी भएका छन् । उनले एमाले राप्रपा गठबन्धनबाट उम्मेदवार भएका उद्धव पौडेललाई पराजित गरे । २ जना प्रदेशसभा सदस्यले फ्लोर क्रस गरेर पौडेललाई मत हालेपनि स्थानीय तह तर्फबाट भने उनले मत पाउन सकेनन् । उनले स्थानीय तह तर्फबाट भने १०९ जनाको मात्रै मत पाए । राष्ट्रियसभाको अध्यक्ष बनाउने गरी सिटौलालाई कोशीबाट उम्मेदवार बनाइएको थियो । उनलाई प्रदेशसभा सदस्यमध्ये ४५ जनाले मात्रै मत हाले । उनका प्रतिस्पर्धी राप्रपाका उद्धव थापालाई भने ४७ जनाले मत हालेका छन् । कोशी प्रदेश सभामा सत्ता गठबन्धनका ४७ जना प्रदेशसभा सदस्य छन् । राप्रपा र एमालेको भने…

Read More

धनगढी : राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशका गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीनैजना निर्वाचित भएका छन् । महिला तर्फ माओवादीकी रेनु चन्द विजयी भइन् । उनले ४ हजार ४५३ मत पाइन् । अपाङ्ग तर्फ कांग्रेसका नारायणदत्त भट्ट निर्वाचित भए । उनले ४ हजार ४१९ मत पाए । त्यस्तै अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी भए । उनले ४ हजार ३४७ मत पाए ।

Read More

धनगढी : धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गरेनन्। कुनै कारण नदेखाएपनि हमालले मतदान गरेनन्। यस्तै भजनी नगरपालिकाका उपमेयर राजु तिरुवाले पनि मतदान गरेनन्। हमाल स्वतन्त्र निर्वाचित हुन् भने तिरुवा नागरिक उन्मुक्तिबाट निर्वाचित हुन्। तुरुवा बिरामी रहेको हुँदा उपस्थित हुन नसकेको बताएकी छन् भने हमालले कुनै प्रतिक्रिया दिएका छैनन्। सुदूरपश्चिममा राष्ट्रियसभाको निर्वाचन सकिएको छ। राष्ट्रियसभा सदस्य हरिराम चौधरी, इन्दु कडरिया र महेशकुमार महराको पदावधि आगामी फागुनमा सकिन लागेकाले रिक्त हुने पदका लागि निर्वाचन गर्न लागिएको हो। सुदूरपश्चिममा सत्ता गठन्धनको तर्फबाट नेपाली कांग्रेसबाट नारायणदत्त भट्ट (कैलाली), बलदेव बोहरा (कञ्चनपुर) र नेकपा (माओवादी केन्द्र) का रेणु चन्द (बैतडी) उम्मेदवार…

Read More

काठमाडौं : स्यानेटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा सप्तरीको रूपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध मुद्दा दायर भएको छ। अख्‍तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार काठमाडौंस्‍थित विशेष अदालतमा पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरी, लेखा अधिकृत श्यामसुन्दर यादव, माध्यमिक तह शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहाल र लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराज दोस्रो पक्षको तर्फबाट प्रोप्राइटर ललिताकुमारी साहविरूद्ध मुद्दा दायर भएको हो। उनीहरूले ८ लाख ७४ हजार ३ रुपैयाँ भ्रष्टाचार गरी सरकारलाई हानिनोक्सानी पुर्‍याएको आरोप छ। गाउँ कार्यपालिकाको मिलेमतोमा सिलबन्दी दरभाउ पत्रको माध्यमबाट खुद्रा मूल्यभन्दा दुई…

Read More

काठमाडौं : ललितपुरको बालकुमारीमा भएको झडपमा ज्यान गुमाएका दुई युवकका परिवारले क्षतिपूर्ति रकम पाएका छन्। दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको परिवारलाई सरकारले घोषणा गरेको दश लाख रुपैयाँ क्षतिपूर्ति दिइएको हो। क्याविनेट बैठकको निर्णयानुसार नगद प्रदान गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयले पुस महिनामा मात्र एक करोड १७ लाख रुपैयाँ विभिन्न व्यक्ति तथा परिवारलाई आर्थिक सहायतास्वरुप वितरण गरेको पनि जनाएको छ। मन्त्रिपरिषद्को विभिन्न मितिमा भएको निर्णयानुसार उक्त रकम बाँडिएको मन्त्रालयको भनाइ छ। दक्षिण कोरियामा पानी जहाज निर्माणका लागि लिइएको (सिप बिल्डिङ) परीक्षामा अनुत्तीर्ण भएपछि उत्पादनमूलक क्षेत्रमा फाराम भर्न पाउनुपर्ने माग राख्दै आएका युवाहरुले गत पुस १३ गते बालकुमारीमा…

Read More

धनगढी : राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मतदान गरेका छन्। उनले आज बिहान मतदान केन्द्र पुगेर मतदान गरेका हुन्। राष्ट्रियसभा सदस्य चयनका लागि सुदूरपश्चिम प्रदेशमा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ। मतदान ३ बजेसम्म जारी रहनेछ। राष्ट्रियसभा सदस्य हरिराम चौधरी, इन्दु कडरिया र महेशकुमार महराको पदावधि आगामी फागुनमा सकिन लागेकाले रिक्त हुने पदका लागि निर्वाचन गर्न लागिएको हो। सुदूरपश्चिममा सत्ता गठन्धनको तर्फबाट नेपाली कांग्रेसबाट नारायणदत्त भट्ट (कैलाली), बलदेव बोहरा (कञ्चनपुर) र नेकपा (माओवादी केन्द्र) का रेणु चन्द (बैतडी) उम्मेदवार छन्। यसैगरी, नेकपा (एमाले) कैलालीका रामचन्द्र जोशी, सावित्रा घिमिरे र कञ्चनपुरका ईश्वरीप्रसाद खरेल चुनावी मैदानमा उत्रिएका छन्।

Read More

सुनसरी : धरान उपमहागरपालिका प्रमुख हर्क साम्पाङ राईले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान बहिस्कार गरेका छन्। साम्पाङले कार्यव्यस्तता देखाउँदै राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान बहिस्कार गरेका हुन्। व्यस्त भएका कारण भोट हाल्न नआउने उनले बताए। राजधानी विराटनगरमा मतदान जारी रहेको छ। अब ४ जना स्थानीयतहका जनप्रतिनिधिले मात्रै मतदान गर्न बाँकी रहेको सहायक निर्वाचन अधिकृत हेम बहादुर बुढाथोकीले बताए।

Read More

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदान नगर्ने भएका छन्। मेयर शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहका अनुसार आज बिहान ९ बजेबाट बागमती प्रदेशको हेटौँडामा भइरहेको राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न मेयर शाह नजाने भएका हुन्। ‘कार्यव्यवस्ताका कारण उहाँ मतदान गर्न जानहुँदैन,’ भूपदेवले भने। २०७९ वैशाखमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ महानगरको मेयर बनेका शाहले राष्ट्रियसभा निर्वाचनमा पहिलो पटक नै मतदान नगर्ने भएका छन्।

Read More