Author: महेन्द्रनगर पोष्ट

धनगढी : काठमाडौंबाट धनगढीका लागि उडान भरेको बुद्ध र श्री एयरको जहाज सुर्खेतमा अवतरण भएको छ। खराब मौसमका कारण उक्त जहाजहरु सुर्खेतमा अवतरण गरिएको हो। १० बजेतिर धनगढीमा अवतरण गर्ने समय भएपनि खराब मौसमका कारण अवतरण गर्न नसकेपछि सुर्खेतमा आकस्मिक अवतरण भएको धनगढीस्थित एयरपोर्टको टावरले जनाएको छ।

Read More

काठमाडौं: बालतपस्वी भनेर चिनिने रामबहादुर बम्जनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले सर्लाही प्रहरीलाई बुझाउने तयारी गरेको छ। तपस्वीको आवरणमा अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोपमा मंगलबार पक्राउ परेका बम्जनलाई सर्लाहीमा हाजिर गराउने तयारी रहेको सीआइबी स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार हिजो बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ परेका उनीविरुद्ध जिल्ला अदालत, सर्लाहीबाट पक्राउ पूर्जी जारी भएकाले पहिले त्यहाँ हाजिर गराउन लागिएको हो। बम्जनले बलात्कार गरेको तथा केहीलाई बेपत्ता पारेको आरोपमा सीआइबीले उनलाई लामो समयदेखि खोजी गरिरहेको थियो।

Read More

कैलाली: कैलालीको कैलारी गाउँपालिकामा माघी पर्वको अवसरमा तीन दिन स्थानीय बिदा दिने निर्णय गरिएको छ। कैलारी गाउँपालिकाको पुस २० गते बसेको कार्यपालिका बैठकले माघीमा तीन दिन बिदा दिने निर्णय गरेको हो। थारु समुदायको माघी पुस महिनाको अन्तिम दिनदेखि सुरु हुने भएकोले पुस २९, माघ १ र २ गते बिदा दिने निर्णय भएको गाउँपालिका अध्यक्ष राजसमझ चौधरी जानकारी दिए।

Read More

अमरोहा : भारतको उत्तर प्रदेशमा निसास्सिएर पाँच बालबालिकाको मृत्यु भएको छ । अमरोहा जिल्लाको एउटा गाउँमा गएराति निसास्सिएर उनीहरूको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ । मृत्यु हुनेमा दुई केटा र तीन केटी छन्। समाचारमा जनाइएअनुसार कोठामा कोइला बालिएको थियो। एउटै कोठामा सात जना सुतिरहेका थिए। कोठामा अक्सिजनको अभाव भएर उनीहरूको मृत्यु भएको अनुमान छ। दुई जनालाई उपचारका लागि अस्पताल लगिएको समाचारमा उल्लेख छ।

Read More

काठमाडौं: नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १०० रुपैयाँले घटेको हो। महासङ्घका अनुसार बुधबार छापावाल सुन एक लाख १८ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन एक लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा ५ रुपैयाँले घटेर १४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Read More

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका भित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न काठमाडौँ विश्वविद्यालयसँग सम्झौता भएको छ। नगरप्रमुख गोपाल हमालले सम्झौतापत्रमा गुणस्तरीय तथा समावेशी शिक्षाका लागि पाँच वर्षमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उल्लेख गरिएको बताए। आवश्यकता पहिचानका आधारमा आगामी पाँच वर्षका लागि कार्यक्रमको कार्ययोजना तयार गरी लागू गरिने जनाइएको छ। कार्यक्रमलाई पहिलो वर्षमा पाँचवटा विद्यालय छनोट गरी कार्यक्रम कार्यान्वयन गरिने र सम्झौता अवधिभरमा उपमहानगरपालिकाका सबै विद्यालयमा कार्यान्वयन गरिने सम्झौतापत्रमा उल्लेख छ। काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशनले सिपीइसी युनिटमार्फत कार्यक्रमलाई कार्यान्वयन गर्नेछ । कार्यक्रमको सुरुआतमा सिपीइसी युनिटले धनगढी उपमहानगरपालिकाअन्तर्गतका विद्यालयमा अध्ययन गरी आवश्यकता पहिचान गर्ने छ। उक्त सम्झौतापत्रमा काठमाडौँ विश्वविद्यालयका तर्फबाट स्कुल…

Read More

-आभुषण तिम्सिना नेपाल प्रहरीका केही थान डिआइजीपी साबहरुको सरुवा भएछ। सामाजिक सञ्जालमा फोटो राखेर बधाइ दिने प्रतिस्पर्धा नै चलेको छ छ्यापछ्याप्ति। अहिले सरुवा हुनुभएका डिआइजीपी साबहरुको जागिर प्रहरीमा ३० बर्षे नहटेको परिस्थितिमा गन्तिका हिसाबले धेरै जसोको १२ महिना पनि छैन। नयाँ जिम्मेवारिमा जाने डिआइजीपी साबहरुले पनि बिगतका हाकिमहरुकै शैलीमा काम गर्ने हो भने सरुवाको जोस केही दिनमै बेहोसीमा बदलिने छ। फरक ढंगले काम गर्नका लागि केहि सुझाव दिन चाहन्छु । १) नेपाल प्रहरीका अनुसन्धान गर्ने प्रहरी कार्यालयमा देशभरी गरेर हजारौं मुद्दा पेण्डिङमा छन। कर्तव्य ज्यान, जबरजस्ती करणी, सवारी ज्यान, लागुऔषध कारोवार जघन्य अपराधका देखी लिएर आम जनसाधारण पिडित भएका ठगी,…

Read More

डोटी : सडक डिभिजन कार्यालय कुलपाते डोटीले चालु आ.व.मा करिब ४७ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएको जनाएको छ । डोटी र डडेल्धुरा जिल्ला अन्तर्गत रहेको सडक डिभिजन कार्यालय कुलपाते डोटीले चालु आ.व.मा सञ्चालन हुने सबै योजनाहरूको ठेक्का प्रक्रिया भई काम तीव्र गतिमा सञ्चालन भइरहेको डिभिजन प्रमुख रमेश भट्टराईले बताए । डिभिजन प्रमुख भट्टराईका अनुसार डोटी र डडेल्धुरा जिल्लामा रहेका शाखा सडक अन्तरगत निर्वाचन क्षेत्र विकास कोष कार्यक्रम अन्तरगत रहेको डोटीको सानागाँउ गाजरी पोखरी सडक १७ करोड लागतमा ९ किलोमिटर कालोपत्रे गर्ने योजना रहेको बताए । त्यस्तै डडेल्धुराको भात्काडा बुडाल उच्चाकोट सडकको लागि तिन वटा छुट्टा छुट्टै ठेक्का अनुसार करिब…

Read More

कञ्चनपुर : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पसको नवनिर्मित भवनको शुभारम्भ गर्दै क्याम्पसको भौतिक पूर्वाधार विकासमा सहयोग गर्ने जानकारी दिए । सुदूरपश्चिम प्रदेशको आङ्गिक क्याम्पस बनाउनका लागि उपकुलपतिसँग आग्रह गरिएको उनले उल्लेख गरे । झलारी क्षेत्रमै सशस्त्र प्रहरीको सुदूरपश्चिमस्तरीय विद्यालय स्थापना हुन लागेको जानकारी गराउँदै उनले विद्यालय स्थापनाले शिक्षाको गुणस्तर बढाउनमा मद्दत पुग्ने बताए । विश्वविद्यालय अनुदान आयोग र सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा नयाँ भवन निर्माण गरिएका हुन् । क्याम्पस सञ्चालक समितिका अध्यक्ष उद्धवराज भट्टले विद्यालयको भौतिक संरचना, शैक्षिक अवस्था, आर्थिक अवस्था र चुनौतीबारे कार्यक्रममा जानकारी गराएका थिए ।

Read More

कैलाली: सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिका सभापति पदको चयन आज हुँदैछ । प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै एक वर्षपछि प्रदेशसभाका विषयगत समितिका सभापति चयनको प्रक्रिया अघि बढाइएको हो । प्रदेशसभा सचिवालयले प्रकाशन गरेको निर्वाचन कार्यतालिकाअनुसार मङ्गलबार समितिका सभापति पदका प्रत्यासीले आ–आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रदेशसभामा सार्वजनिक लेखा, विधायन तथा प्रदेश मामिला, अर्थ विकास तथा प्राकृतिक स्रोत र सामाजिक समिति छन् । यसबाहेक ‘विषेश अधिकार’ समिति थप गर्ने तयारी भएको जनाइएको छ । प्रमुख दलहरूबीच भएको सहमतिअनुसार विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा नेपाली कांग्रेसका देवानसिंह विष्ट, (एकीकृत समाजवादी)की माया पन्त, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नागरिक…

Read More