-आभुषण तिम्सिना
नेपाल प्रहरीका केही थान डिआइजीपी साबहरुको सरुवा भएछ। सामाजिक सञ्जालमा फोटो राखेर बधाइ दिने प्रतिस्पर्धा नै चलेको छ छ्यापछ्याप्ति। अहिले सरुवा हुनुभएका डिआइजीपी साबहरुको जागिर प्रहरीमा ३० बर्षे नहटेको परिस्थितिमा गन्तिका हिसाबले धेरै जसोको १२ महिना पनि छैन। नयाँ जिम्मेवारिमा जाने डिआइजीपी साबहरुले पनि बिगतका हाकिमहरुकै शैलीमा काम गर्ने हो भने सरुवाको जोस केही दिनमै बेहोसीमा बदलिने छ। फरक ढंगले काम गर्नका लागि केहि सुझाव दिन चाहन्छु ।
१) नेपाल प्रहरीका अनुसन्धान गर्ने प्रहरी कार्यालयमा देशभरी गरेर हजारौं मुद्दा पेण्डिङमा छन। कर्तव्य ज्यान, जबरजस्ती करणी, सवारी ज्यान, लागुऔषध कारोवार जघन्य अपराधका देखी लिएर आम जनसाधारण पिडित भएका ठगी, बैंकिङ कसूर(चेक बाउन्स) लगायतका धेरै मुद्दाहरु पेण्डिङमा छन्। ती मुद्दाहरुको सहि तवरले अनुसन्धान नै नगरी समय बिताएर अडालतमा टेकाउनुलाई मुद्दा फर्छ्यौटको नाममा पीडितलाई पीडित बनाएर अभियुक्तको पहिचान, पक्राउ नै नगरि अपराधिलाई विधिवत उन्मुक्ति दिने प्रकृयालाई बन्द गराएर पुराना मुद्दाका पेण्डिङ मुद्दाहरुलाई बास्तबमै अनुसन्धान गरेर अपराधिको पहिचान, पक्राउ गरेर अदालती प्रकृयाको सुरुवात गर्ने शुभकार्यको थालनी गर्न ।
२) सादा पोशाकमा तल्ला दर्जाका प्रहरीलाई खटाउने, उनीहरु बाट काम पनि लिने, दाम पनि कमाउने, नाम पनि कमाउने अनि आफ्नो मतलब सकिएपछि तिनै तलका काम गर्ने प्रहरीलाई लाखा पाखा पठाएर माथिल्ला दर्जाका अधिकृतहरुलाई चोख्याउने काम बन्द गर्ने ।
३) प्रहरी परिचालनका नाममा बिना कुनै खतराको मुल्यांकन प्रहरी परिचालन गराउने अनि कुनै दुर्घटना भएमा तल्ला दर्जाका अधिकृतहरु (भर्खरैको बालकुमारीको घटनामा जस्तै) लाई निलम्बन र कारबाहिको डण्डा चलाउने प्रहरी प्रधान कार्यालयको तजबिजीलाई रोक्नुस् ।
४) ट्राफिक कारवाहिको नाममा सर्वसाधारणलाई दुख दिन बन्द गर्नुस। सवारि यातायात कानूनमा स्पष्ट लेखिएको छ कुनैपनि नागरिकको लाइसेन्स वा उसले प्रयोग गरेको सवारी साधनको अनुमतिपत्र नवीकरण नगरेमा हरेक वर्ष जरिवाना तिरेर नवीकरण गर्ने कानुनि ब्यबस्था छ। जस अनुसार नविकरण १ बर्ष फेल भएमा १०० प्रतिशत जरिवाना तिरेर, २ वर्ष फेल भएमा २०० प्रतिशत, ३ वर्ष नविकरण फेल भएमा प्रतिशत, ४ वर्ष फेल भएमा प्रतिशत र ५ वर्ष फेल भएमा प्रतिशत जरिवाना तिरेर सवारि चालक अनुमति पत्र र सवारि दर्ता किताव नविकरण गर्न पाइन्छ। त्यसैले ५ वर्षसम्म नविकरण नभएका सवारि चालक अनुमति पत्र र सवारि दर्ता कितब देख्ने बित्तिकै जरिवानाको चिट काट्न नथाल्न निर्देशन दिनुहोस किनकी मलाई थाहा छ प्रहरीकै सबै गाडिको न ब्लूबुक नविकरण भएको हुन्छ न त्यसको इन्स्युरेन्स नै हुन्छ। जुन काम यहाँहरुले आफैंले चढ्ने गाडिको गराउनु भएको छैन र गराउन सक्नुभएको छैन त्यसको लागि आम नागरिकलाई जरिवाना गराउने कार्य बन्द गराउनुहोस। तर ६ बर्ष भन्दा बढि नविकरण फेल भएका सवारि चालक अनुमति पत्र र सवारि साधनलाई नियन्त्रणमा लिएर लिलामी प्रकृया अगाडि बढाउन पाउने कानुनी अधिकार छ त्यसको प्रयोग गर्ने परिपाटि बसाउनुहोस् ।
५) प्रहरी मेरो साथी भनेर नारा लगाउनुहुन्छ, भाषण ठोक्नुहुन्छ तर के बास्तबमै प्रहरी जनताको साथी जस्तै भएर काम गर्छन त? यसो सादा पोषाकमा डिआइजीपी साब हो भनेर कसैले पनि नचिन्ने गरि छद्मभेषमा हिड्नुहोस अनि ट्राफिक चेकिङको नाममा र सुरक्षा चेकजाँचको नाममा खटिएको तपाईको प्रहरीको आम जनता प्रतिको व्यवहारलाई गहिरिएर अध्ययन गर्नुहोस्, तपार्इंलाई जनताले साथी भन्छन कि के भन्छन आफैं थाहा हुन्छ ।
६) तपाई प्रदेश प्रमुख भएर आउनुभएको छ प्रदेश प्रमुख मात्रै होइन तपाई तपाइको प्रदेशको सबै प्रहरीको अभिभावक पनि हो । केवल प्रधान कार्यालयको लाचार छाँया मात्रै होइन र म विवेक प्रयोग गर्छू मेरो प्रहरीको मुल्यांकन म गर्छु र मेरो मुल्यांकन गलत छ भने मलाई कारवाहि गर्नुस नत्र म मेरा मातहतका प्रहरीलाई मेरो आदेश र अनुगमनमा असल नियतले गरेको कामको लागि सजायँको भागिदार बन्न दिन्न भनेर कार्यक्षेत्र प्रवेश गर्नुस् ।
७) प्रहरीको सेवाको आवश्यकता ठुला घराना र शक्तिशाली हरुलाई हुँदैन। उनीहरुकोमा त प्रहरीका सबै कि चाकरिमा, कि परिचयको नाममा घर कार्यालयमै पुग्ने प्रचलन नै छ भनेर मैले भनिरहनु पर्दैन तर प्रहरीको बास्तबिक सेवाको आवश्यकता गरिव, किसान, मजदुर, निर्धा, असहाय, कमजोर, हेपिएका, मिचिएका, आफै आफ्नो लागि बोल्न र लड्न नसक्नेहरुको लागि छ। त्यसैले निर्धा, निमुखाहरुको लागि काम गर्ने प्रहरी तयार पार्नुस् ।
८) ट्राफिक चेकजाँचका नाममा मोटरसाइकल , चालकहरुलाई जहाँ पनि रोक्ने ब्लुबुक माग्ने, लाइसेन्स माग्ने, ट्राफीक नियमको पालना नगरेको देख्ने माइक्रोस्कोपिक ट्राफिक प्रहरीहरुलाई करोड माथिका गाडी चढ्नेहरुले ट्राफिक नियम पालना गरेका छन कि छैनन्, उनीहरुको सवारि चालक अनुमतिपत्र नवीकरण भएको छ कि छैन, उनीहरुको सवारी नविकरण भएको छ कि छैन भनेर चेक गर्न सक्ने सक्षम बनाउनुहोस् ।
९) यति गरे अहिलेलाई पुग्छ बाँकी आवश्यक परे सुझाव माग्नुहोला ।
(लेखक नेपाल प्रहरीका पूर्व अधिकारी हुन्।)