अमरोहा : भारतको उत्तर प्रदेशमा निसास्सिएर पाँच बालबालिकाको मृत्यु भएको छ । अमरोहा जिल्लाको एउटा गाउँमा गएराति निसास्सिएर उनीहरूको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ ।
मृत्यु हुनेमा दुई केटा र तीन केटी छन्। समाचारमा जनाइएअनुसार कोठामा कोइला बालिएको थियो। एउटै कोठामा सात जना सुतिरहेका थिए।
कोठामा अक्सिजनको अभाव भएर उनीहरूको मृत्यु भएको अनुमान छ। दुई जनालाई उपचारका लागि अस्पताल लगिएको समाचारमा उल्लेख छ।
Facebook Comments Box