Author: महेन्द्रनगर पोष्ट

देशभर अहिले चिसो बढेको छ । सकेसम्म घरभित्र चिसो नछिरोस् भनेर झ्याल/ढोका सबै बन्द गरेर राखिन्छ । साथै, कोठा र शरीरलाई न्यानो बनाउनको लागि हिटर, कोइला आदिको प्रयोग पनि बढ्दो छ । तर, यस्ता कुराहरु प्रयोग गर्दा ध्यान पु¥याउन सकिएन भने ठूलो दुर्घटना हुन सक्छ भन्ने कुराको बारेमा भने कमैले मात्रै ध्यान दिएको देखिन्छ । ४ वर्ष पहिले पोखरामा यसरी नै कोठभित्र कोइला बालेर न्यानो बनाउने हुँदा धुवाँले निस्सासिदा कोठाभित्र एकै परिवारका चारजनाको मृत्यु भयो । करिब दुई वर्ष पहिले इन्जिनियर दम्पत्ति पुष्कर जोशी र अप्सरा श्रेष्ठको चिसोको समयमा प्रयोग गरिएको हिटरबाट सल्केको आगोको लप्काले जल्दा ज्यान गुमाउनु परेको थियो…

Read More

धनगढी : सन् २०२३ मा करिब ७१ हजार जना नेपाली स्थायी बसोबास गर्न विदेश गएका छन्। विभिन्न मुलुक गएका नेपालीले उल्लेख गरेका विवरणका आधारमा अध्यागमनले विभागले यस्तो तथ्यांक सार्वजनिक गरेको हो। सन् २०२३ मा १६ लाख तीन हजार आठ सय ३६ जना नेपाली विदेश गएका थिए। उनीहरूमध्ये ७० हजार नौ सय १५ जनाले स्थायी बसोबास गर्न आफ्नो मुलुक छाडेको खुलाएका छन्। त्यस्तै ९१ हजार तीन सय ४९ जनाले अस्थायी बसोबासका लागि विदेश गएको उल्लेख गरेका छन्। विदेशमा रहेका आफ्नो परिवार भेट्न एक लाख ६७ हजार चार सय ८५ जना गएको तथ्यांकमा उल्लेख छ। ुयो विदेश जाँदा खुलाएको कारणबाट निकालिएको तथ्यांक…

Read More

धनगढी : इन्टेग्रिटी आइकन नेपाललाई प्रदेश स्तरीय बनाउनुपर्ने सरोकारवाला निकायले जोड दिएका छन् । धनगढीमा मंगलबार एकाउण्टीबिलीटि ल्याब नेपालले गरेको छलफल कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । जवाफदेही सार्वजनिक संयन्त्र निर्माणका चुनौती र अवसर विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले यस्तो बताएका हुन् ।एकाउण्टीबिलीटि ल्याब नेपालले हरेक वर्ष उत्कृष्ट ५ सरकारी कर्मचारीलाई इन्टेग्रिटी आइकन भनेर घोषणा गर्ने गर्दछ । त्यसै अनुरुप यस वर्ष पनि इन्टेग्रिटी आइकन नेपाल २०२३ सार्वजनिक गरिएको छ । अन्य कर्मचारीलाई पनि काम गर्ने हौसला मिलोस् भनेर उत्कृष्ट ५ जना कर्मचारीको भिडियो देखाइएको छ । स्वास्थ्य तालिम केन्द्र धनगढीका प्रमुख नरेन्द्र सिंह कार्कीले सबै आ आफ्नो क्षेत्रमा उत्कृष्ट भएको…

Read More

धनगढी : घरपालुवा कुकुर/बिरालोलाई सार्वजनिक स्थानमा दिशा पिसाब गराउनेलाई महानगर प्रहरी बलले कारबाही गराउन थालेको छ । काठमाडौँ महानगरपालिका कुकुररबिरालो बन्ध्याकरण, भ्याक्सिनेसन तथा अभिलेख कार्यविधिबमोजिम जरिवाना तिराउन थालेको हो । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र भएका कुकुर र बिरालाहरुको सुरक्षा र व्यवस्थापनका लागि कार्यविधि बनाइएको हो । जसअनुसार ५ हजारसम्म जरिवाना हुने व्यवस्था छ । कार्यविधिले घरपालुवा कुकुर बिरालालाई दर्ता गराउनु पर्ने, तिनीहरुको रेखदेख, हेरचाह, नियमित खोप, औषधि उपचारको व्यवस्था गर्ने दायित्व जसले पालेको छ, उसैले गर्नुपर्ने प्रबन्ध गरेको छ । महानगरपालिकाले सामुदायिक कुकुर र बिरालाहरुको बन्ध्याकरण, खोप र अभिलेखन कार्यक्रम चलाउँदाका प्रक्रिया, शुल्क, दायित्वजस्ता विधिको व्यवस्था गरेको छ। कार्यविधिले महानगरपालिका क्षेत्रभित्रका…

Read More

धनगढी : बझाङका एक युवकको मोटरसाइकल दुर्घटनामा परेर भारतमा ज्यान गएको छ । जिल्लाको खप्तडछान्ना गाउँपालिका वटा नम्बर ६ बयानाका २३ वर्षिय दिपेन्द्र थापाको भारतको पञ्जावमा मोटरसाइकल दुर्घटनामा परेर ज्यान गएको हो । बाक्लो हुस्सुका कारण सोमबार साँझ थापाले चलाएको मोटरसाइकल रुखमा ठोक्किएर घटनास्थलमै ज्यान गएको उनका आफन्त ईश्वर थापाले बताए । मृतक थापा गएको मंसिरमा मात्रै भारतको पञ्जाव पुगेका थिए । उनको परिवार लामो समयदेखि रोजगारीको शिलशिलामा भारतमै बस्दै आएको थियो ।

Read More

धनगढी : परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा हमासको बन्धक रहेका कञ्चनपुरका विपिन जोशीको रिहाईका लागि कतारबाट आश्वासन प्राप्त भएको बताएका छन् ।कञ्चनपुरको कृष्णपुर नगरपालिकास्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन समारोहलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले यस्तो बताएका हुन्। यस्तै, उनले करिब दुई सय जना नेपाली रुसी सेनामा रहेको अनुमान गरिएको र तीमध्ये ११५ जनाको परिवारबाट निवेदन प्राप्त भएको जानकारी दिए। उनीहरुलाई फर्काउन पहल भइरहेको उनले बताए। परराष्ट्रमन्त्री साउदले पञ्चेश्वर परियोजनाको काम अगाडी बउ्ने बताए । उनले पञ्चेश्वर परियोजनाको विषयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालबीच दिल्लीमा छलफल भएको बताए । महाकाली परियोजनाबाट ६ हजार मेगावाट भन्दा बढी विद्युत…

Read More

धनगढी : प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटको उपाधि कैलालीले जितेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा बैतडीलाई ३७ रनले पराजित गर्दै कैलालीले उपाधि जितेको हो । जितका लागि पाएको २८० रनको लक्ष्य पछ्याएको बैतडी ३८ ओभरमा २३२ रनमा समेटियो । जसमा खडक बोहरा र नरेन भट्टले अर्धशतक हिर्काएपनि टोलीलाई जिताउन सकेनन् । खडक ७४ र नरेन ५९ रनमा आउट भए। कैलालीका कप्तान नारायण जोशीले ३, शेर मल्ल र धर्म जोशीले २/२ विकेट हात पारे । यसअघि फाप्ला मैदानमा बिहान ९ बजेदेखि शुरू हुने भनिएको ५० ओभरको खेल बाक्लो हुस्सु लागेकाले निर्धारित समयभन्दा ढिला सुरू हुँदा…

Read More

काठमाडौं : तपश्वीको भेषमा अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोप लागेका रामबहादुर बम्जन पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले काठमाडौंबाट पक्राउ गरेको प्रवक्ता नवराज अधिकारीले बताए । बम्जनमाथि सर्लाही, नुवोकाट, मकवानपुरका केही मानिसलाई वेपत्ता पारेको आरोप छ । सर्लाहीको आश्रममा बलात्कार गरेको उजुरी छ । सीआईबीले लामो समयदेखि बम्जनको खोजी गरिरहेको थियो । पुस २०७६ मा सिन्धुपाल्चोकको इन्द्रवती–६ बाँडेगाउँ तथा असार २०७७ मा कमलामाई नगरपालिका ९ पैरेको आश्रममा छापा समेत हानेको थियो ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआईजी) डीआइजी भरतबहादुर बोहराको सरुवा भएको छ । मंगलबार गृह मन्त्रालयले डिआईजी बोहरालाई नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालय नक्साल काठ्माडौंमा सरुवा गरेको हो ।बोहराको ठाउँमा डिआईजी रबिन्द्र केसी आउने भएका छन् ।

Read More

धनगढी : कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले सभामुखको शपथ लिएको २४ घण्टा नबित्दै राप्रपाले फिर्ता बोलाउने निर्णय गरेको छ । मंगलबार प्रदेशसभाबाट निर्वाचित भएका विष्टलाई राप्रपा केन्द्रिय निर्देशन समितिले फिर्ता बोलाउने निर्णय गरेको हो । बिष्टले मंगलबार मात्रै प्रदेश प्रमुख परशुराम खापुङबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए । राप्रपा समानुपातिक सांसद विष्ट सत्तारुढ गठबन्धन दल र नेकपा एमालेको समर्थनमा सभामुख बनेका हुन् ।

Read More