Author: महेन्द्रनगर पोष्ट

धनगढी : स्थानीय तहको संस्थागत क्षमता स्व–मुल्याङ्कन (लिजा) मा डोटीको आदर्श गाउँपालिका सुदूरपश्चिमकै उत्कृष्ट भएको छ । आदर्श गाउँपालिकाले ९५.५ प्रतिशत अंक दाबी गर्दै प्रदेशकै उत्कृष्ट भएको हो । स्थानीय तहको संस्थागत क्षमता स्व–मुल्याङ्कन कार्यविधि, २०७७ अनुसार स्थानीय तहले १० बिषयक्षेत्रमा संस्थागत स्व–मुल्याङ्कन गर्नु पर्ने व्यवस्था रहेको छ । यस अनुसार आदर्श गाउँपालिकाले शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन र भौतिक पूर्वाधारमा शत प्रतिशत अंक दावी गरेको छ । यस्तै, समन्वय तथा सहकार्यमा ९१.६७ प्रतिशत, बार्षिक वजेट तथा योजना व्यवस्थापन प्रतिशत, बित्तीय एवं आर्थिक व्यवस्थापनमा ९०.९१, सामाजिक समावेशीकरणमा ९० प्रतिशत र बातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले भू–उपयोग नीति कार्यान्वयनमा ल्याउनु पर्ने बताएका छन् । भूमि व्यवस्था मन्त्रालय र ह्याविटेट फर ह्युमानिटी नेपालको आयोजनामा धनगढीमा बुधबार भएको प्रदेश स्तरीय भूमि आवास तथा विपद् जोखिम न्यूनीकरणसम्बन्धी प्रदेश स्तरीय नीतिगत संवादमा बोल्दै मन्त्री चौधरीले जग्गा वर्गीकरणको जिम्मा पालिकालाई दिइएकाले पालिकाले ती काम कुशलतापूर्वक पूरा गर्नुपर्ने बताएका हुन्। उनले कैलालीमा प्राकृतिक तालतलैयाको उपयोग गर्दे जैविक विविधतालाई कायम राखेर माछा पालन गरेर समेत भू–उपयोग गर्नुपर्ने बताए । खेतीयोग्य जमिन मासिँदै गएपछि खाद्यान्नमा परनिर्भरता बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै मन्त्री चौधरीले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको बाँझो जग्गालाई उपयोग गर्नुपर्ने…

Read More

धनगढी : बझाङको बुङ्गल नगरपालिकामा सात बर्षपछि सार्वजनिक सुनुवाइ भएको छ । जिल्लामा कहिल्यै सार्वजनिक सुनुवाइ गर्ने पालिकाको रुपमा रहेको बुङ्गलले बुधबार पहिलोपटक सार्वजनिक सुनुवाई गरेको हो । नगरपालिकाले पहिलो पटक सार्वजनिक स्थानमा नै आफ्नो सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । जनप्रतिनिधि निर्वाचित भएर आएपछि भएको प्रगति समीक्षा एवं आगामी दिनमा कस्तो काम गर्नु पर्छ त भन्ने विषयमा सार्वजनिक रूपमा नै नगरपालिकाले सार्वजनिक सुनुवाइ गरेको हो । सार्वजनिक सुनुवाइमा सहजिकरण पत्रकार महासंघ जिल्ला शाखा बझाङले गरेको छ । लामो समयसम्म नगरपालिकामा सार्वजनिक सुनुवाइ नभएपछि स्थानियहरुले सार्वजनिक सुनुवाइ आवाज उठाउदै आएका थिए । बुधबार नरपालिकाले खुल्ला चौरमा सार्वजनिक सुनुवाइ गरेपछि नेकपा…

Read More

धनगढी : नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा बंगलादेशसँग पराजित भएको छ । दक्षिण अफ्रिकमा जितका लागि पाएको १७० रनको मध्यम लक्ष्य बंगलादेशले २५.२ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । नेपालका सुवास भण्डारी एक्लैले ५ विकेट लिए पनि खेल जिताउन सकेनन् ।

Read More

धनगढी : धनगढीमा आरोमा कम्पनीको इलेक्ट्रोनिक स्कुटरमा चलाउँदा चलाउँदै आगलागी भएको छ । बुधवार साँझ करिब ४ः५५ बजेको समयमा सहिद गेटस्थित छ लाइन सडक खण्डमा उक्त स्कुटरमा अचानक आगलागी भएको हो । स्थानिय कृष्ण प्रसाद शर्माको सुपप्र ०१० ११ प ६६३१ नम्बरको इलेक्ट्रिक स्कुटर जलेको हो । उक्त स्कुटरमा लागेको आगो प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको छ ।

Read More

धनगढी : कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका–३, आईबीआरडीमा पोलमा तार विस्तार गरिरहेका बेला पुनर्वास नगरपालिका–१, पुरैनाका ३२ वर्षीय राधेश्याम रानाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । करेन्ट लागेर घाइते भएका रानाको उपचारका क्रममा धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए । पुर्णागिरी कन्स्ट्रक्सन प्रालिले नेपाल विद्युत् प्राधिकरणबाट ठेक्का लिई लाइन अपग्रेडिङको काम गरिरहेको थियो । मृतक राना कामदार रहेको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक डाँगीले जानकारी दिए ।

Read More

काठमाडौं : नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा बंगलादेशलाई १७० रनको मध्यम लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.५ ओभरमा १६९ रनमा अल आउट भयो । नेपालका मध्यक्रमका ब्याटर विशाल विक्रम केसीले १ सय बलमा ६ चौकासहित सर्वाधिक ४८ रन बनाए । यस विश्वकपमा उनले पहिलो पटक खेल्ने मौका पाएका हुन् । सुपर सिक्स खेल्नु अगावै सेमिफाइनल दौडबाट बाहिरिएपछि नेपालले दीपक डुम्रेको स्थानमा विशाललाई मौका दिएको थियो । कप्तान देव खनाल ६० बलमा ३ चौकासहित ३५ रनमा आउट भए । सुवास भण्डारी ३४ बलमा १८ रनमा नट आउट रहे । दुर्गेश गुप्ता १४…

Read More

काठमाडौँ : नेपाल प्रहरीका उपरिक्षक (एसपी) रमेशकुमार बस्नेत वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका छन् । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार बस्नेतलाई बढुवा गर्ने निर्णय गरेका हुन् । माघ ७ मा बढुवा समितिको बैठकले बस्नेतलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको थियो । बस्नेलाई बुधवार प्रहरी महानिरीक्षक वसन्त कुँवरले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । जनपदतर्फ प्रहरी वरिष्ठ उपरिक्षक मोहन पोखरेल अवकाशमा गएपछि रिक्त दरबन्दीमा बस्नेत बढुवा भएका हुन् ।

Read More

धनगढी : नक्कली टिकट बिक्री गरेको आरोपमा कैलालीको एक जनप्रतिनिधिका स्वकीय सचिव र अर्का एक जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । अत्तरियामा भएको ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव, २०८०’ को नक्कली टिकट बिक्रीवितरण गरेको आरोपमा गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टका स्वकीय सचिव दिलिपकुमार साउद र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववियु सभापति भुवन महराविरुद्ध पकाउ पूर्जी जारी भएको छ । गत पुस २६ देखि माघ ७ गतेसम्म सञ्चालित महोत्सवमा नक्कली टिकट बरामद भएपछि अत्तरिया उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय, कैलालीमा उजुरी दिएको थियो । प्रशासनले जिल्ला प्रहरी कार्यालय, कैलालीलाई छानबिनको जिम्मा दिएको हो । प्रहरीले अनुसन्धानका क्रममा उनीहरुको संलग्नता पाएपछि जाहेरी दिइएको…

Read More

धनगढी : नेकपा एमालेकी केन्द्रीय सदस्य कमला बोहराले नारदमुनी रानाको खुट्टा भाच्ने धम्की दिएकी छिन्। धनगढी घर भएका एमाले नेता, पोलिटब्युरो सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्जसमेत रहेका रानालाई पार्टी हेडक्वार्टरभित्रै बोहराले खुट्टा भाच्ने धम्की दिएकी हुन्। स्रोतका अनुसार रानासहित एमाले महासचिव शंकर पोखरेलको कार्यकक्षमा मंसिर पहिलो सातातिर बसेको बैठ्कमा बोहराले त्यसरी धम्काएपछि महासचिव पोखरेल र राना चुपचाप लागेका थिए। सो बैठकमा एमाले कञ्चनपुरका अन्य नेता पनि सहभागि थिए। जिल्लामा युवा संघको अधिवेशनमा भएको विवाद काण्डमा आफू निकट कार्यकर्तालाई कारबाही गरेको र उनीहरुको कारबाही फुकुवा नहुदाँ बोहराले रानालाई धम्काएको बताइएको छ। सो धम्की काण्डपछि राना त रिसाए नै केपी शर्मा ओली…

Read More