Author: महेन्द्रनगर पोष्ट

धनगढी : चिसापानी-मंगलसेन सडकमा पर्ने राष्ट्रिय वनका रूख कटान गर्न मन्त्रीपरिषदकाे बैठकले स्वीकृत गरेकाे छ । बुधबार बसेकाे मन्त्रीपरिषदकाे बैठकले साे सडकमा पर्ने विभिन्न प्रजातिका चार सय ७२ रूख कटान गर्न स्वीकृत गरेकाे हाे । साे सडक कैलाली जिल्लास्थित लम्कीचुहा नगरपालिका ३ र मोहन्याल गाउँपालिका ७ मा पर्दछ । सडककाे लम्बाई १६ किलाेमिर रहेकाे छ । सडकको स्तरोन्नतिका लागि राष्ट्रिय वनको ८.९२ हेक्टर जग्गा प्रयोग गर्न र सो जग्गामा रहेका विभिन्न प्रजातीको रुख पोल हटाउन स्वीकृति दिएकाे छ ।

Read More

पर्वत : सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक काठमाडौंले ५० हजार पुरस्कार राशि रहेको खुला राष्ट्रव्यापी कविता प्रतियोगिताको आयोजना गरेको छ। सशस्त्र प्रहरी बलको २३ औँ वार्षिकोत्सवको अवसरमा कविता लेखन तथा वाचन प्रतियोगिताको आयोजना गरिएको सशस्त्र प्रहरी बलले बताएको छ। सशस्त्र प्रहरी बल, नेपाल र यसको कार्यादेशसँग सम्बन्धित विषय वा शीर्षकमा कविता लेख्न सकिने छ। प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने कविताले पुरस्कार स्वरूप क्रमशः ५० हजार, ३० हजार र १५ हजार रुपैयाँ नगद पाउने छन्। यस्तै उत्कृष्ट सातमा परेका सात जना प्रतियोगीहरूलाई सात हजार रुपैयाँका दरले प्रोत्साहन गरिने पनि सशस्त्र प्रहरी बलले बताएको छ। प्रतियोगितामा भाग लिन इच्छुकले पुस…

Read More

डडेल्धुरा : फार वेष्टर्न एग्रो जाइन्ट लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा धर्मसिंह ऐर चयन भएका छन्। आज (बुधबार) भएको लिमिटेडको चाैथो वार्षिक साधारण सभाबाट ऐर अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्। सञ्चालक समितिको सदस्यमा दिलबहादुर सिंह, कर्णसिंह साउँद, बिष्णुराज भट्ट, प्रकाशदत्त भट्ट, सकुन्तला नगरकोटी र उत्तरसिंह बिष्ट चयन भएका छन्। फार वेष्टर्न एग्रो जाइन्ट लिमिटेड अर्थात् भटमास उद्योग ७ सय ७७ जना शेयर सदस्य र एक हजार बढी भटमास कृषक मिलेर सञ्चालनमा ल्याइएको हो।  यस कम्पनीले सुदूरपश्चिमका करिब चार सय जनालाई रोजगारी दिने लक्ष्य राखेको छ। भाैतिक निर्माणकार्य सकिएको उद्योगले अबको केही समयमै उत्पादन सुरु गर्नेछ। कम्पनीमा सोयाविन,मसला, टोफो, साबुन खाने तेल…

Read More

बाजुरा : बाजुरामा एक गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। जिल्लाको बडीमालिका नगरपालिका–६ कोर्धकी ३० वर्षीया सीमा बड’वालको जिल्ला अस्पताल बाजुराबाट नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो। बडुवालको सुत्केरी हुने समय बढी भएको र बच्चा पाठेघरमा अड्किएपछि जिल्लामा सुत्केरी गराउन सम्भव नभएकाले अन्यन्त्रै रिफर गरिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताए। अस्पतालले अवस्था जटिल भएपछि जिल्ला प्रशासन कार्यालय बाजुरालाई हेलिकप्टरमा उद्धारका लागि आग्रह गरेकाले प्रशासनले गृह मन्त्रालयलाई पत्राचारपछि नेपाली सेनाको एन ए ९ को हेलिकप्टरमा उद्धार गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी रामकुमार तिमल्सिनाले बताए।

Read More

काठमाडौं : भ्रष्टाचार आरोपमा दोषी ठहर भएका नेपाल प्रहरीका पूर्व डीआईजी तथा मदन पुरस्कार विजेता साहित्यकार महेशविक्रम शाहलाई ३ वर्ष जेल सजाय भएको छ । विशेष अदालतले बुधबार कैद सजाय निर्धारण गरेको हो । यसअघि क्षेत्रीय तालिम प्रहरी कार्यालय प्रमुख रहेका बेला रकम हिनामिना गरेको प्रकरणमा तत्कालिन डीआईजी शाहसहित २ जना दोषी ठहर भएका थिए । शाहलाई बिगो र बिगो बमोजिम जरिवाना पनि भएको छ । १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएको थियो । शाहको पुर्ख्यौली घर सुदूरपश्चिमको अछाम हो। उनको धनगढीको एक होटलसहितको व्यवसायमा पनि लगानी रहेको बताइन्छ।

Read More

काठमाडौं : बूढानीलकण्ठको हात्तीगौडास्थित आलिसान घरमा बस्दै आएका ‘लिटिल बुद्ध’ भनेर प्रचारित ‘तपस्वी’ रामबहादुर बम्जन मंगलबार पक्राउ परे । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो । बम्जनलाई बुधबार सार्वजनिक गरेको प्रहरीले आजै सर्लाही पठाएको छ । उनलाई पक्राउ गर्न सीआईबीका प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीको नेतृत्वको टोली मंगलबार उनी बस्ने घर हात्तीगौडा पुगेको थियो । बम्जनले प्रहरीबाट जोगिन घरको चारैतर्फ नाइट भिजन सुविधायुक्त सीसी क्यामेरा जडान गरेका थिए । तर, मंगलबार साँझ ७:१५ बजे सीआईबीको टोलीले उनलाई पक्राउ गर्न सफल भएको हो ।सीआईबीका प्रमुख एआईजी किरण बज्राचार्यले करिब तीन महिनादेखिको निरन्तर प्रयासपछि बम्जनलाई पक्राउ…

Read More

धनगढी : राष्ट्रिय अनुसन्धान विभागको कमाण्ड योग्य र दक्ष गुप्तचरले गर्न नसकेपछि बाहिरी प्रशिक्षकहरूले डिआइजीसम्मलाई तालिम दिने मौका पाएका छन् । यस्ता प्रशिक्षकलाई गुप्तचर विभागले गृह, परराष्ट्र, कानुन र रक्षा मन्त्रालयबाट झिकाएर १० दिने तालिम सञ्चालन गरिरहेको छ । तालिममा सुदूरपश्चिमका इन्द्र लामा, लुम्बिनीका ओम खड्का, गण्डकीका कृष्ण खनाल, बाग्मतीका रामप्रसाद दास, कोशी प्रदेशका किशोर श्रेष्ठ, कर्णालीका माधव तिमिल्सिनासहित सहभागी छन् भने एसएसपीमा ललितपुरका भूमि पाठक, काठमाडौंका विकास पाण्डे र विभागका दुई गरी जम्मा ११ जनाले भाग लिइरहेका छन् । नक्कली र फर्जी गुप्तचरका कारण देशलाई चाहिने सूचना संकलन हुन सकिरहेको छैन । उपलब्धिहीन तालिममा सहभागी एक जना डिआइजीले भने…

Read More

धनगढी : धनगढीमा श्री कलेज कप फुटबल प्रतियोगितामा हुने भएको छ । लिटिल फ्लावर स्पोर्टस क्लब धनगढी र श्री कलेज अफ म्यानेजमेन्ट काठमाडौँ आलोक नगर नयाँ बानेश्वर काठमाडौंको मुख्य प्रायोजनमा प्रतियोगिता हुन लागेको पत्रकार सम्मेलन गर्दै आयोजकले बताए। प्रतियोगिता फागुन ५ गतेबाट फागुन १२ गते सम्म धनगढी रंगशालामा सञ्चालन गरिने बताए । प्रतियोगितामा कक्षा १२ सम्म पढाइ हुने विद्यालय र कलेजहरुले सहभागीता हुन पाउने लिटिल फ्लावर स्पोर्टस क्लबका अध्यक्ष रामचन्द्र शाहीले बताए । प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद २५ हजार साथै मेडल , ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन, भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ६ हजार, उत्कृष्ट गोलकिपरले…

Read More

धनगढी : सप्तरीको कञ्चनरुप नगरपालिकाका मेयर ललन प्रसाद गुप्ताले प्रशासनिक बिववादमा आफुमाथि कुटपिट गरेको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले दाबी गरेका छन् ।  बजेट खर्चको अख्तियारी, ज्यालादारी कर्मचारीको अवकासलगायतका विषयमा विवाद वढेपछि मेयरले उपमेयर मुना कुमारी पोखरेलको कर्यकक्षमा लगेर गाली गर्दै कुटपिट गरेको घिमिरेको दाबी छ । तर मेयरले भने यो अभियोग अस्वीकार गरेका छन् । अधिकृत घिमिरेका अनुसार बजेट खर्चको अख्तियारी दिन पटक पटक आग्रह गर्दापनि कानुनसम्मत रुपमा अख्तियारी नदिएको विषयमा बिवाद भएपछि मेयर हातपातमा उत्रिएका हुन् । हातपातमा उत्रिएलगत्तै नगरपालिकामा कार्यरत कर्मचारीहरुले अति आवश्यकबाहेकको काम ठप्प पार्दै आन्दोलन नै गरेका छन् । कर्मचारी आन्दोलनसँगै यो विवाद सिडिओ र…

Read More

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान समेत रहेका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई आज सजाय तोकेको हो। यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो। जाहेरवालापक्षले अधिकतम र सन्दीपका वकिलले न्यूनतम सजाय माग गर्दै आज इजलासमा बहस गरेका थिए।

Read More