धनगढी : डडेल्धुराको आलितालमा प्रहरीले १५ पेटी सुकुटी नामको मदिरा नष्ट गरेको छ ।
डोटीको गैरा बजारबाट आलितालको मदिरा निषेधित क्षेत्र गांखेत तर्फ लैजादै गरेको १५ पेटी मदिरा प्रहरीले बरामद गरि नष्ट गरेको हो ।
गैरा गांखेत सडक खण्डको चपरचानीमा लु १ च ४२०२ नम्बरको जिपलाई चेकजांच गर्ने क्रममा हेम प्रकास बोगटीले लैजादै गरेको १५ पेटी सुकुटी नामको मदिरा बरामद गरिएको प्रहरी हवल्दार दिलिप चन्दले जानकारी दिए ।
चन्दका अनुसार गत १६ गते नै मदिरा बरामद गरिएता पनि जनप्रतिनिधि र मदिरा नियन्त्रण समितिको समयमा उपस्थित नहुदा नष्ट गर्न ढिलाई भएको बताए ।
निषेधित क्षेत्रमा मदिरा ओसार पोसार तथा बेचविखन गर्ने बोगटीलाई कानुन अनुसार जरिवाना गरिएको समेत चन्दले बताए ।
Facebook Comments Box