धनगढी : बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर २ को कार्यालयमा तालाबन्दी गरिएको छ ।
आज आइतबार दिउँसो वडा कार्यालयको भवन अर्कै स्थानमा सार्ने भन्ने विषयमा विवाद हुँदा स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
हाल वडा कार्यालय काँकडतोलामा रहेको छ । तर वडाका जनप्रतिनिधि लगाएतले वडा कार्यालयको भवन सुमरीखाली भन्ने स्थानमा सार्ने कुरा अघि बढाएका छन् ।
उक्त बिषयमा सहमती नहुँदा स्थानिय केहि ब्यक्तीहरुले वडा कार्यालय भवनमा तालाबन्दी गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दिपेश चौधरीले बताए ।
Facebook Comments Box