Author: महेन्द्रनगर पोष्ट

धनगढी : बझाङका एक युवकको मोटरसाइकल दुर्घटनामा परेर भारतमा ज्यान गएको छ । जिल्लाको खप्तडछान्ना गाउँपालिका वटा नम्बर ६ बयानाका २३ वर्षिय दिपेन्द्र थापाको भारतको पञ्जावमा मोटरसाइकल दुर्घटनामा परेर ज्यान गएको हो । बाक्लो हुस्सुका कारण सोमबार साँझ थापाले चलाएको मोटरसाइकल रुखमा ठोक्किएर घटनास्थलमै ज्यान गएको उनका आफन्त ईश्वर थापाले बताए । मृतक थापा गएको मंसिरमा मात्रै भारतको पञ्जाव पुगेका थिए । उनको परिवार लामो समयदेखि रोजगारीको शिलशिलामा भारतमै बस्दै आएको थियो ।

Read More

धनगढी : परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा हमासको बन्धक रहेका कञ्चनपुरका विपिन जोशीको रिहाईका लागि कतारबाट आश्वासन प्राप्त भएको बताएका छन् ।कञ्चनपुरको कृष्णपुर नगरपालिकास्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन समारोहलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले यस्तो बताएका हुन्। यस्तै, उनले करिब दुई सय जना नेपाली रुसी सेनामा रहेको अनुमान गरिएको र तीमध्ये ११५ जनाको परिवारबाट निवेदन प्राप्त भएको जानकारी दिए। उनीहरुलाई फर्काउन पहल भइरहेको उनले बताए। परराष्ट्रमन्त्री साउदले पञ्चेश्वर परियोजनाको काम अगाडी बउ्ने बताए । उनले पञ्चेश्वर परियोजनाको विषयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालबीच दिल्लीमा छलफल भएको बताए । महाकाली परियोजनाबाट ६ हजार मेगावाट भन्दा बढी विद्युत…

Read More

धनगढी : प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटको उपाधि कैलालीले जितेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा बैतडीलाई ३७ रनले पराजित गर्दै कैलालीले उपाधि जितेको हो । जितका लागि पाएको २८० रनको लक्ष्य पछ्याएको बैतडी ३८ ओभरमा २३२ रनमा समेटियो । जसमा खडक बोहरा र नरेन भट्टले अर्धशतक हिर्काएपनि टोलीलाई जिताउन सकेनन् । खडक ७४ र नरेन ५९ रनमा आउट भए। कैलालीका कप्तान नारायण जोशीले ३, शेर मल्ल र धर्म जोशीले २/२ विकेट हात पारे । यसअघि फाप्ला मैदानमा बिहान ९ बजेदेखि शुरू हुने भनिएको ५० ओभरको खेल बाक्लो हुस्सु लागेकाले निर्धारित समयभन्दा ढिला सुरू हुँदा…

Read More

काठमाडौं : तपश्वीको भेषमा अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोप लागेका रामबहादुर बम्जन पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले काठमाडौंबाट पक्राउ गरेको प्रवक्ता नवराज अधिकारीले बताए । बम्जनमाथि सर्लाही, नुवोकाट, मकवानपुरका केही मानिसलाई वेपत्ता पारेको आरोप छ । सर्लाहीको आश्रममा बलात्कार गरेको उजुरी छ । सीआईबीले लामो समयदेखि बम्जनको खोजी गरिरहेको थियो । पुस २०७६ मा सिन्धुपाल्चोकको इन्द्रवती–६ बाँडेगाउँ तथा असार २०७७ मा कमलामाई नगरपालिका ९ पैरेको आश्रममा छापा समेत हानेको थियो ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआईजी) डीआइजी भरतबहादुर बोहराको सरुवा भएको छ । मंगलबार गृह मन्त्रालयले डिआईजी बोहरालाई नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालय नक्साल काठ्माडौंमा सरुवा गरेको हो ।बोहराको ठाउँमा डिआईजी रबिन्द्र केसी आउने भएका छन् ।

Read More

धनगढी : कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले सभामुखको शपथ लिएको २४ घण्टा नबित्दै राप्रपाले फिर्ता बोलाउने निर्णय गरेको छ । मंगलबार प्रदेशसभाबाट निर्वाचित भएका विष्टलाई राप्रपा केन्द्रिय निर्देशन समितिले फिर्ता बोलाउने निर्णय गरेको हो । बिष्टले मंगलबार मात्रै प्रदेश प्रमुख परशुराम खापुङबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए । राप्रपा समानुपातिक सांसद विष्ट सत्तारुढ गठबन्धन दल र नेकपा एमालेको समर्थनमा सभामुख बनेका हुन् ।

Read More

धनगढी : गृह मन्त्रालयले १६ जना प्रहरी नायब महानिरीक्षक (डिआईजी)हरुको सरुवा गरेको छ । सरुवामा सातवटै प्रदेश प्रहरी प्रमुख हेरफेर भएका छन् । स्रोतका अनुसार कोशी प्रदेशमा डिआईजी चन्द्रकुवेर खापुगं, मधेस प्रदेशमा यज्ञविनोद पोखरेल, बागमतिमा विष्णुकुमार केसी, गण्डकीमा विकासराज खनाल, लुम्बिनीमा कुवेर कडायत, कर्णालीमा लालमणि आचार्य र सुदूरपश्चिममा रविन्द्र केसीको सरुवा भएको छ । यस्तै भरतपुर तालिम केन्द्रका डिआईजी सुरेन्द्र मैनालीको सरुवा भएको छ ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभामा उम्मेद्वारी दिएका नेपाली काँग्रेसका नारायणदत्त भट्ट विरूद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । सत्तारुढ गठबन्धनबाट आपांगतातर्फ सोमबार उम्मेद्वारी दिएका भट्टविरुद्ध एमालेका उम्मेदवार रामचन्द्र जोशीले उजुरी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कांग्रेस कैलालीका जिल्ला सभापति समेत रहेका भट्टविरुद्ध शारीरिक अपांगताको विषयलाई लिएर उजुरी दर्ता भएको प्रादेशिक निर्वाचन कार्यालयका प्रमुख प्रेमदत्त भट्टले जानकारी दिए । निर्वाचन अधिकृतको कार्यालयले भट्टले किर्ते आपांगता परिचय पत्र लिएको भन्दै उम्मेदवारी खारेज हुनुपर्ने मागसहित उजुरी परेको जनाएको छ । उक्त उजुरीमाथि निर्वाचन अधिकृतले २६ पुसभित्र निर्णय गरिसक्नुपर्नेछ ।

Read More

धनगढी : हेलिकप्टर कुर्दाकुर्दै हुम्ला ताँजाकोट–५ डोप्ककी नवप्रसूति २३ वर्षीया अन्शु बुढाको मृत्यु भएको छ। अन्शुको सोमबार राति बाजुराको कोल्टीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको उनका दाजु कर्णबहादुर बुढाले जानकारी दिए। कर्णबहादुरका अनुसार अन्शुले १३ दिनअघि, पुस १२ गते पालिकाकै मदना स्वास्थ्य चौकीमा छोरीलाई जन्म दिएकी थिइन्। प्रसूति अवस्थाबाट उनी तंग्रिँदै थिइन्। ‘१२ दिनसम्म उनको अवस्था ठीकठाकै थियो। परिवारले पनि राम्रो हेरचाह गरेको थियो। सोमबार बिहान उनको स्वास्थ्य अचानक बिग्रियो,’ मृतकका दाजु कर्णबहादुरले भने। अन्शुलाई सोमबार बिहान अचानक गाह्रो भएर छिटोछिटो सास फेर्न थालेको कर्णबहादुरले बताए । ‘हिजो बिहान नुवाइधुवाइ गर्छु भनेर पधेँरामा गएकी रहिछन्। नुहाएर फर्किएपछि सासूआमालाई टाउको दुख्यो,…

Read More

अछाम: अछामको बान्नीगढी गाउँपालिकामा गज्जवको रमिता देखिएको छ । गाउँपालिका उपाध्यक्ष बिन्दु रावलले दोहोरो सुविधा लिएको तथ्य सार्वजनिक भएको छ । गाउँपालिकाबाट उनले सवारी साधनसंगै सवारी भाडासमेत लिने गरेको खुलेको हो। गाउँपालिकाबाट खरिद गरिएको सरकारी स्कुटर,सरकारी तेल,स्कुटर मर्मत लगायतको सुविधामा मात्रै बार्षिक लाख बढी खर्च हुने गरेको स्रोतले बताएको छ। स्थानीय जनप्रतिनिधिको सेवा सुविधासम्वन्धी सुदूरपश्चिम प्रदेश सरकारको कानुनअनुसार गाउँपालिका उपाध्यक्षले मासिक यातायात सुविधाबापत ९ हजार पाउने हो। तर उनले कानुनलाई चुनौती दिँदै सवारी साधनसंगै यातायात सुविधा लिइरहेकी छन्। उनलाई दोहोरो सुविधा बापतको रकम भुक्तानीम लेखा अधिकृत नारदप्रसाद खनालले सहयोग गर्दै आएको बताइएको छ। राजनीतिक आस्था नमिलेका कर्मचारी र जनप्रतिनिधिले प्रकृया…

Read More