Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाल मेडिकल कलेजले विभिन्न पदमा कर्मचारी माग गरेको छ। कलेजले मंगलबार एक सूचना प्रकाशित गरी विभिन्न पदमा कर्मचारी माग गरेको हो। सूचनाअनुसार कलेजले चिफ फाइनान्स कन्ट्रोलर, चिफ एकाउन्टेन्ट अफिसरदेखि इलेक्ट्रिकल इन्जिनियर माग गरेको छ। यसैगरी, सिभिल इन्जिनियर, मेट्रोन, होस्टल वार्डेन, स्टोर इन्चार्ज, आर्किटेक्चर तथा प्रशासन अधिकारी माग गरिएको छ।

Read More

कैलाली : कैलालीको धनगढीमा घरको छतबाट लडेर एक वृद्धको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका-४ बसपार्क पछाडि छोराको घरमा बस्दै आएका डोटी दिपायल सिलगढी नगरपालिका-३ स्थायी घर भएका ६५ वर्षीय बिष्णुबहादुर माझीको मृत्यू भएको हो। तीन तलाको घरको छतबाट लडेर गम्भिर घाइते भएका माझीको उपचारको क्रममा सेती प्रादेशीक अस्पतालमा मृत्यु भएको हो। उनको मृत्यु हिजो राति भएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : दक्षिण  कोरियामा  उत्पादनमूलक  क्षेत्रको  रोजगारीका लागि लिइने रोजगार अनुुमति प्रणाली (इपिएस) भाषा परीक्षा यसअघि तोकेकै समयमा हुने जनाइएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस शाखाले  मानव  संसाधन  विभाग  (एचआरडी)  कोरियाले  यसअघि  तोेकेको  समय  माघ  २१  गते  (फेब्रुवरी) मा गर्ने तयारी भएको जनाएको छ ।  सो शाखाका निर्देशक मैयाँ कँडेलले परीक्षा तोकेकै समयमा परीक्षा सञ्चालन गर्ने गरी तयारी भएको जानकारी दिए। एचआरडी कोरियाले इपिएस  शाखालाई  माघ  २१  गते  (फेब्रुअरी  ४)  मा सूचना जारी गर्ने गरी तयारी गर्न भनेको छ ।

Read More

कञ्चनपुर : कञ्चनपुरबाट नगदसहित ५ जुवाडे पक्राउ परेका छन्। भीमदत्त नगरपालिका-४ स्थित सहारा होटलबाट जुवातास खेलिरहेको अवस्थामा बैतडीको दशरथचन्द नगरपालिका-११ स्थायी घर भएका सोही होटल संचालक ३७ वर्षीय गणेशसिह बुडालसहित पाँच जना मंगलवार पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उक्त होटेलमा चेकजाँच गर्दा जुवातास खेलिरहेको अबस्थामा उनीहरुलाई पक्राउ गरेको जनाएको छ। उनिहरुलाई नगद ४८ हजार २ सय ६० र १ गड्डी ताससहित पक्राउ गरेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

Read More

काठमाडौं : लोकप्रिय गायक राजु लामा टिकटकबाट उदाएकी मोडेल मिस पविसँग देखिएका छन्। हिजो सार्वजनिक भएको नयाँ देउडा गीत ‘साली’मा दुवैजनाको अभिनय देखिएको हो। गीतमा गायक आशिष महरले पनि अभिनय गरेका छन्। मंगोलियन हर्ट नामबाट चर्चित राजु लामाकै यूट्युब च्यानलबाट उक्त गीत सार्वजनिक भएको छ। सोनम पाख्रीनको निर्देशनमा बनेको ‘साली’ मा गायक लामा र आशिष महरको स्वर रहेको छ। उक्त गीत महरकै शब्दमा लेखिएको हो। https://youtu.be/-mx73lyg9Vc?si=J6wDM7HVaDQ6Q_jR

Read More

बैतडी : बैतडीको पाटनस्थित सुर्नयागाड जलविद्युत आयोजना सञ्चालनमा आएको छ। एक सय किलोवाट क्षमता उत्पादनसहित आयोजना सञ्चालन भएको नेपाल विद्युत प्राधिकरण बैतडी केन्द्रका प्रमुख जनार्दन पौडेलले बताए।  परीक्षणका लागि करिब एक घण्टा पाटन विद्युत सप्लाई गरेको उनले बताए। सफल परिक्षणसँगै अबदेखि दैनिकजसो पावर हाउस सञ्चालनमा आउने पौडेलले बताए।  २०७९ जेठ १४ गतेदेखि पूर्णरुपमा बन्द रहेको विद्युत गृह मंगलबारदेखि सञ्चालनमा आएको हो। उक्त जलविद्युत आयोजनाको क्षमता २ सय किलोवाट भएपनि हाल एक सय किलोवाट उत्पादन भएको छ।

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । साथै तराई भूभागमा हुस्सु लागेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती , गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र  सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै  स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक…

Read More

काठमाडौं : डिसेम्बरको सुरुमा मङ्गेशकुमार (परिवर्तित नाम) फेसबुक चलाइरहेका थिए । त्यसै क्रममा उनको ध्यान अल इन्डिया प्रेग्नेन्ट जब सर्भिसको भिडिओमा गयो । त्यसपछि उनले यस विषयमा थप जानकारी लिने सोच बनाए । साँच्चिकै अनौठो लाग्ने यो जागिरमा महिलालाई गर्भवती बनाउँदा पैसा पाइने भनिएको थियो । स्वभाविक रूपमा यो निकै आकर्षक अफर थियो । ३३ वर्षका ती व्यक्ति, जो विवाह समारोहमा सजावटको काम गर्थे र प्रति महिना १५ हजार भारु कमाउँथे, उनले अहिलेसम्म १६ हजार रुपैयाँ गुमाइसकेका छन् र अनलाइन ठगहरूले उनलाई थप रकम मागिरहेका छन् । बिहारका मङ्गेश केवल एक्ला व्यक्ति होइनन्, जो यो ठगीको सिकार भएका छन् ।…

Read More

धनगढी : प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका नयाँ हाकिम एवं ‍प्रहरी नायव महानिरीक्षक (डीआइजी) रविन्द्र केसीले सुदूरपश्चिमको सुरक्षा व्यवस्था बारे जानकारी लिएका छन् । मंगलबार प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री कमलबहादुर शाह र प्रमुख सचिव हरीप्रसाद लम्सालसंग भेट गरि सुदूरपश्चिमको शान्ति सुरक्षा लगायतका विषयमा छलफल गरेको हुन । छलफलमा सुदूरपश्चिममा प्रभावकारी अपराध अनुसन्धान तथा नियन्त्रण, नागरिक एवं पीडितमैत्री सहज र द्रुत प्रहरी सेवा, मानव अधिकार संरक्षण, प्रहरीको आचरण र व्यवहारमा सुधार, आर्थिक अनुशासन, शुसासन, भ्रष्टाचार नियन्त्रण, तस्करी नियन्त्रण, चुस्त दुरुस्त प्रहरी परिचालनका विषयमा संक्षिप्त समिक्षा भएको छ । डीआइजी केसीले आइतबार पदभार सम्हालेका थिए। सुदूरपश्चिमका यस अगाडिका डीआइजी भरत बहादुर बोहराको…

Read More

काठमाडौँ : रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षा केही ढिलाइ हुने भएको छ । ईपीएस मार्फत उत्पादनमूलक क्षेत्रका लागि कोरिया जान आवेदन दिएकाहरूको परीक्षा ढिलागरी हुने भएको हो । यसअघि जनवरी २० तारिखदेखि परीक्षा हुनेगरी तयार भएको थियो । तर, अनलाइन प्रणालीमा प्राविधिक समस्या आएपछि फेब्रअरी ४ तारिखदेखि सूचना जारी गर्ने गरी काम भइरहेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले एचआरडी कोरियाका अधिकारीहरूसँगको छलफलको क्रममा २० जनवरी (माघ ६ गते) देखि परीक्षा गर्ने गरी कार्यतालिका सार्वजनिक गर्ने बताएका थिए । तर, आवेदन फारम भर्ने र आवेदकहरूको परीक्षा सम्बन्धी रेकर्ड राख्ने अनलाइन सिस्टमका कारण परीक्षा केही ढिलाइ हुने महानिर्देशक…

Read More