Author: महेन्द्रनगर पोष्ट

दार्चुला : दार्चुलाको फरकफरक स्थानमा दुईजना मृत फेला परेका छन्। हिजो(बिहिवार) शैल्यशिखर नगरपालिका–८ पतेगैरकी ५० वर्षीया अम्बिका देवी जोशीको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो। जोशी सोही ठाउँस्थित पैराधार भिरमा घाँस काट्ने क्रममा अन्दाजी २०० मिटर तल खसेकी थिइन्। यस्तै दुहु गाउँपालिका–३ सेरपाटा स्थित सडक खण्डाबाट करिब पाँच मिटर तल सोहि पालिकाको–४ फाराका ७२ वर्षीय दौलतसिंह कुँवर मृत अवस्थामा फेला परेका  छन्। घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा प्रहरीमाथि नै अभद्र व्यवहार गरेको आरोपमा ९ जना पक्राउ परेका छन्। हिजो(बिहिवार) भीमदत्त नगरपालिका–१० बनगाउँ स्थित ललित चन्दले सञ्चालन गरेको एसी लज एण्ड बारबाट ९ जना आ पक्राउ परेका हुन्। सार्वजनिक स्थानमा होहल्ला गर्नुका साथै उनीहरुले प्रहरीमाथि समेत अभद्र व्यवहार गरेका थिए। पक्राउ पर्नेमा भारत बनवासाका एनिस सिंह, अनिल चन्द, जय चन्द, सनेन्द्र भट्ट रहेका छन्। यस्तै सोहि ठाउँकै अनिल प्रसाद, रबि भट्ट, बिनोद कुमार, कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का किसन चन्द र बाँके नेपालगन्जका माया खनाल रहेका छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पक्राश डाँगीले बताए।

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशका पहाडी भू-भागमा आंशिकदेखि  साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।  देशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।  तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने महाशाखाको भनाई छ ।

Read More

धनगढी : नेपाली कांग्रेसको शक्तिसंघर्षका कारण पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको भविष्यबारे शंका उत्पन्न हुन थालेको छ । सुरुदेखि नै प्रचण्ड सरकारको विरुद्ध मा रहेको कांग्रेसको संस्थापनइतर समूहमा पार्टी सभापति शेरबहादुर देउवानिकट मानिने बालकृष्ण खाँण पनि मिसिएपछि यस्तो भएको हो।यसले स्वयं देउवालाई नै अफ्ठेरो पारेको पनि बताइन्छ । यस्तो अवस्थामा देउवाले प्रचण्डलाई समर्थन गरिरहने अवस्था नआउने एक कांग्रेस नेता बताउँछन् । खासगरी, भुटानी शरणार्थी प्रकरणमा केही समय जेल बसेर निस्किएपछि खाँण सरकार र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठप्रति सकारात्मक छैनन् । खाँणले सके सरकारै ढाल्ने र नसके पनि गृहमन्त्री फेर्ने लबिङ देउवासँग गरिरहेका छन् । तर, देउवाबाट ग्रिन सिग्नल नपाएपछि खाँण…

Read More

धनगढी : एनआरएनएले एक करोड २५ लाख रुपियाँ लागतमा अक्सिजन प्लान्ट स्थापना गरेर सेती प्रादेशिक अस्पताललाई आज हस्तान्तरण गरेको छ । अस्पताललाई सहयोग गर्न पाउँदा खुसी लागेको अध्यक्ष केसीले बताए । कोरोना महामारीको दोस्रो तरङ्गका बेला अक्सिजन अभावमा कैयौँ बिरामीको ज्यान गएपछि एनआरएनएले सेती प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको घोषणा गरेको थियो । सो प्लान्टको बिहीबार सामाजिक विकास मन्त्री झपटबहादुर साउदले उद्घाटन गरेका थिए । अक्सिजन स्थापनाका लागि एनआएरएनएबाट ठुलो सहयोग भएको भन्दै मन्त्री साउदले धन्यवाद ज्ञापन गरे । उनले सुदूरपश्चिमको स्वास्थ्यलाई सेती प्रादेशिक अस्पतालले थेगेको बताए । एनआरएनएका अध्यक्ष केसीले अक्सिजन अभाव हुने समस्याको दीर्घकालीन समाधान अक्सिजन प्लान्ट रहेकाले…

Read More

धनगढी : कञ्चनपुरको पुनर्वासमा दुई सय केजी माछा बरामद भएको छ । भारतबाट अवैधरुपमा ल्याएको आशंकामा बेवारिसे अवस्थामा २ सय केजी बराबरको माछा बरामद गरेको हो ।सुदूरपश्चिम प्रदेश प्रहरीको अनुसन्धान समूह (आरआइटी) र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको टोलीले सीमामा गस्ती गर्ने क्रममा बरामद गरेको हो । बरामद गरिएका माछा आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन बेलौरी कार्यालयमा बुझाइएको छ ।

Read More

धनगढी : एक संगीतकारले कथित रूपमा पाँच जना महिलालाई एकै समयमा गर्भवती बनाएपछि विवादमा तानिएका छन् । उनले ती पाँचै महिलाका लागि एकैपटक ‘बेबी सावर’ को कार्यक्रमसमेत राखेका थिए । यो घट्ना अमेरिकाको न्युयोर्कमा भएको हो । २२ वर्षीय संगीतकार जेडी विलले पाँचजना महिलालाई गर्भवती बनाउनुका साथै उनीहरूलाई एकैपटक ‘बेबी सावर कार्यक्रमका लागि मनाउन सफल भए । तीमध्ये एक महिला लिजी एस्लीले सामाजिक सञ्जाल टिकटकमार्फत यसको घोषणा गरेकी थिइन् । २९ वर्षीया महिलाले जेडीसहित अन्य चार महिलासहित १४ जनवरीमा आयोजित उक्त कार्यक्रमका लागि निमन्त्रणा पठाएकी थिइन् । यसबारे सामाजिक सञ्जालमा निकै आलोचना भएको थियो । लिजीले जेडीसहित आमा बन्न लागेका…

Read More

रुपन्देही : राष्ट्रियसभा सदस्यमा गण्डकी प्रदेशबाट गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । बिहीबार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार अन्य क्लस्टरमा नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ, महिला क्लस्टरमा नेकपा माओवादीबाट मनरुपा शर्मा र अपांगता क्लस्टरमा नेपाली कांग्रेसका पदम परियार निर्वाचित भए । अन्य क्लस्टरतर्फ श्रेष्ठले ३ हजार ८०८ र एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४७७ मतभार पाए । महिला क्लस्टरतर्फ शर्मा ३ हजार ६६० मतभार र एमालेकी सम्झना देवकोटाले २ हजार ५५३ मतभार प्राप्त गरिन् । अपांगता क्लस्टरतर्फ कांग्रेसका परियार ३ हजार ७ सय ७४ र एमालेका उम्मेदवार हेमन्त शेरचनले २ हजार ४ सय ५८ मत प्राप्त गरे ।

Read More

हेटौंडा : राष्ट्रिय सभा निर्वाचनअन्तर्गत बागमती प्रदेशमा सत्ता गठबन्धनका चार जना उम्मेद्वार निर्वाचित भएका छन् । राष्ट्रिय सभामा बागमती प्रदेशको रिक्त हुने ४ सिटका लागि बिहीबार हेटौंडामा भएको निर्वाचनमा नेपाली कांग्रेसका जीतजंग बस्नेत र विष्णुदेवी पुडासैनी, नेकपा माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल निर्वाचित भएका हुन् । अन्य क्लस्टरमा कांग्रेसका बस्नेतले ६५३१, महिला क्लस्टरमा कांग्रेसकै पुडासैनीले ६६२२ मतभार पाएर निर्वाचित भए । अपाङ्गता/अल्पसंख्यक क्लस्टरमा माओवादी केन्द्रका अधिकारीले ६३८३ र दलित क्लस्टरमा एकीकृत समाजवादीका रिजालले ६५१२ मतभार पाएर निर्वाचित भएका निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिए ।

Read More

धनगढी : बिहीबार खेलिएको खेलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ९७ रनको फराकिलो अन्तरले हराएको छ । जारी प्रतियोगितामा हालसम्म आठ खेल खेलेको बागमती प्रदेशको यो पाँचौँ जित हो । तीन खेलमा बागमती प्रदेश पराजित भएको छ । ६ खेल खेलेको सुदूरपश्चिम प्रदेशको भने यो दोस्रो हार हो । चार खेलमा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय ४७ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको सुदूरपश्चिम प्रदेशले ३०.३ ओभरमा अलआउट हुनुअघि एक सय ५० रनमात्र बनाउन सक्यो । सुदूरपश्चिम प्रदेशका लागि नरेन…

Read More