Author: महेन्द्रनगर पोष्ट

दार्चुला : दार्चुलामा एक महिलाको शव फेला परेको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–९ पथरानी रुक्साल खोलामा सोही ठाउँकी अन्दाजी ३२ बर्षीया गीता साउँदको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।  शवको प्रकृति हेर्दा उनी भीरबाट खसेको जस्तो देखिएपनि घटनाको कारण भने अझै खुली नसकेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए । आइतबार बिहानदेखि सम्पर्कविहिन रहेकी साउँद सोमबार मृत फेला परेकी हुन् । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।

Read More

सुदूरपश्चिम: राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट टिकट पाएका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले मनोनयन नै दर्ता गराएनन्। सो पार्टीले सुदूरपश्चिमबाट महिला समूहमा जनककुमारी कुवँर, अन्य समूहमा रोम स्वाँर र अपाङ्गता समूहमा जयकृष्ण बोहरालाई टिकट दिएको थियो। राप्रपाका प्रदेश महासचिव छत्र शाहीले टिकट पाएका उम्मेदवारले मतभार नहुँदा उम्मेदवारी नदिएको बताए।  ‘प्रदेश कार्यसमितिले राष्ट्रियसभाको रिक्त हुन लागेको पदनमा हुन लागेको निर्वाचनका लागि टिकट दिन केन्द्रमा सिफारिस गरे बमोजिम केन्द्रले पनि टिकट दिएर पठाएको थियो’, उनले भने, ‘प्रदेशसभामा एक जनाबाहेक पालिका तहमा मतदाता नहुँदा टिकट पाएकाले उम्मेदवारी दिन नगएको जानकारी आएको छ।’

Read More

काठमाडौँ : नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भ(भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश भूभागहरूमा हुस्सु लागेको अवस्था छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई…

Read More

धनगढी : आउँदो माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनको सोमबार मनोनयन दर्ता पुरा भएको छ । परिणाम आफ्नो पक्षमा पार्न राजनीतिक दलका नेताहरूको भेटघाट बाक्लिँदो छ। १९ सिटका लागि हुन लागेको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा तीन सिटको निर्वाचन हुनेछ। जसमा ६ जनाले उम्मेदवारी दिएका छन्। सत्तापक्षले काठमाडौंमा सहमति गरेअनुसार यहाँ नेपाली कांग्रेसबाट २ र नेकपा माओबादीबाट १ जनाले उम्मेदवारी दिएका हुन्। प्रतिपक्षी दल नेकपा एमालेले रिक्त हुने तीनै स्थानका लागि उम्मेद्वारी दर्ता गरेको छ। यसअघि सत्तागठबन्धमा रहेका अन्य दल नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले पनि राष्ट्रिय सभाका लागि भाग पाउनुपर्ने माग राखेका थिए तर, गठबन्धनभित्र उनीहरूको…

Read More

धनगढी : गठबन्धनभित्र भागबन्डा मिलाउनका लागि सुदूरपश्चिममा संसदीय समिति थप्ने सहमति भएको छ । सरकारले विजनेस दिन नसकेपछि कामविहीन झैं बनेको प्रदेश सभाले प्रदेशको ब्ययभार बढाउने गरी दुई वटा समिति थप्न तयारी गरेको हो। मुख्यमन्त्री कमलबहादुर शाह निवासमा बसेको सत्ता गठबन्धन दलबिच समिति थप गर्ने सहमति भएको हो । गठबन्धन दलबिच विधायन तथा प्रदेश मामिला समितिको नेतृत्व नेपाली काँग्रेसले गर्ने सहमति भएको छ भने सामाजिक विकास समितिको नेतृत्व एकीकृत समाजवादी पार्टीले लिने भएको छ । नेकपा माओवादीले नेतृत्व गर्ने समिति अहिले प्रदेश सभामा छैन । सो समितिको नाम विशेष अधिकार समिति गठन गर्ने सहमति भएको नागरिक उन्मुक्ति पार्टीका दलका नेता…

Read More

धनगढी : गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा डिभिजन वन कार्यालय, मकवानपुरका वन अधिकृत दीर्घनारायण कोइरालाविरुद्ध भ्रष्टाचारमुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि एक करोड २५ लाख रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको अभियोग लगाएको हो । २०४६ साल जेठदेखि सार्वजनिक पदमा पुगेका उनले यो अवधिमा ८१ लाख ८६ हजार रुपैयाँ मात्रै आर्जन गरेको तर दुई करोड ७ लाख रुपैयाँको सम्पत्ति भेटिएको अख्तियारको दावी छ । अख्तियारले सम्पत्ति लुकाएको आरोपमा उनकी श्रीमती गीता पौडेल कोइरालाबिरुद्ध पनि मुद्दा दायर गरेको छ ।

Read More

कञ्चनपुर : कञ्चनपुरबाट मोटरसाइकलसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। बेलडाडी गाउँपालिका–१ सिद्धचोकका २१ वर्षीय प्रशान्त सिंह धामीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई से ५ प ६३९७ नम्बरको मोटरसाइकलसहित आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। धामीलाई पक्राउ गरी थप अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बेल्डाँडीले जनाएको छ। प्रहरीका अनुसार यही पुष १९ गते बेलडाँडी–२ स्थित साना किसान कृषि सहकारी संस्था अगाडि पार्किङ गरी राखेको बेलडाँडी–३ सिमलडाँडीका खुसीराम चौधरीको मोटरसाइकल चोरीको आरोपमा उनलाई पक्राउ गरेको हो। उक्त मोटरसाइकल पुस १९ गते चोरी भएको थियो।

Read More

धनगढी : प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटको ट्रफी सार्वजनिक गरिएको छ।आयोजक सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले आज ट्रफी सार्वजनिक गरेको हो। सार्वजनिक कार्यक्रममा सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक रमेश बोहरालगायतको सहभागिता रहेको थियोे ।उक्त कार्यक्रममा दुई टोलीका कप्तानहरूले आफूहरू ट्रफी जित्न तयार रहेको बताएका छन्। उपाधिका लागि मंगलबार बैतडी र कैलाली भिड्दैछन्।समूह चरणका ४ खेलबाट ३ खेल जित्दै अंकतालिकाको शिर्ष स्थानमा रहदै फाइनल पुगेकाले उपाधि जित्नेमा ढुक्क रहेको बैतडीका कप्तान वसन्त खत्रीले बताउनुभयो । समूहचरणमा खेलमा गरेका गल्तीलाई सुधार्दै ट्रफी उचाल्नेमा ढुक्क रहेको कप्तान खत्रीको दाबी छ।राष्ट्रिय प्रतियोगिता खेलेका सिनियर र जुनियर खेलाडी…

Read More

धनगढी : नेपालमा सोमबार पहिलो पटक कोभिड १९ को पहिलेको भन्दा बढी संक्रामक नयाँ भेरियन्ट जेएन १ संक्रमण पुष्टि भएको छ । भारतमा भने यो भेरियन्ट पहिलो पटक मंसीर २२ मा कारकुलमामा फेला परेको थियो । भारतमा यो भेरेयन्टका कारण केहीको मृत्युसमेत भइसेकेको छ । तर नयाँ भेरियन्ट जेएन–१ त्यति धेरै घातक भने नभएको बताइन्छ । कोभिड विशेषज्ञ समितिका सदस्य डा अनिश टीएसले भनेका छन्, ‘ १०० पोजिटिभ केसमध्ये ५० प्रतिशतमा यो भेरियन्टले कुनै लक्षण देखापर्दैन। यो भेरियन्ट घातक नभएता पनि अत्यधिक संक्रामक रहेको छ । जेएन– १ एक व्यक्तिबाट अर्को व्यतिमा फैलन भने समय लाग्दैन् । विश्व स्वास्थ्य संगठनले…

Read More

धनगढी : कैलालीको भजनी क्षेत्रबाट अवैध रुपमा भित्र्याइएको करिब ६० हजार मूल्य बराबरको सुर्तीजन्य पदार्थ प्रहरीले बरामद गरेको छ ।सोमबार अवैध रुपमा नेपाल भित्रीदै गरेको सुर्तीजन्य पदार्थ तथा प्लास्टिक सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी टोलीले बरामद गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Read More