Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाली सेनाले विभिन्न प्राविधिक पदमा भर्नाका लागि दरखास्त आह्वान गरेको छ।  नेपाली सेनाको भर्ना छनौट निर्देशनालय जंगी अड्डाले प्रविधिक र हवाई विविध सेवा तर्फका बिल्लादार पदका लागि दरखास्त माग गरेको हो।  योग्यता पुगेका नेपाली नागरिकले अनलाइनबाटै दरखास्त फारम भर्न पनि सकिने छ। 

Read More

काठमाडौं : सरकारले २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गरेको छ । सरकारले बिहीवार राजपत्रमा सूचना प्रकाशित गरेर विभिन्न २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गरेको हो । निशेष गरिएका क्षेत्रमा डाँक, तार वा टेलिफोन सेवादेखि इन्टरनेट सेवासम्म छन् ।  निषेध गरिएका २५ आवश्यक सेवाः 

Read More

धनगढीः कैलालीको धनगढीमा एक घरमा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका–७ मनेहराका गजेन्द्रबहादुर बमको एक तले पक्की घरमा विद्युतको तार सर्ट भर्ई बिहीवार दिउँसो आगलागी भएको हो। आगलागी हुँदा घरभित्र रहेका काठको कुर्सी, खाट, लत्ताकपडा लगायतका सामानहरु जलेर नष्ट भएको छ। आगलागीबाट अन्दाजी आठ लाख बराबरको क्षति भएको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ। उक्त आगलागी प्रहरी, स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा लिएको थियो।

Read More

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली  रही तराईका केही भूभागमा हुस्सु लागेको छ ।  आज दिउँसो सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। राति भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

Read More

डडेल्धुरा : ‘राजनीतिक पावर’ लगाएर डडेल्धुराबाट सरुवा गराइएपछि दुई हाकिमले मन दुखाएका छन्। मन दुखाउनेमा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराका हाकिम देवराज भट्ट र कृषि ज्ञान केन्द्र डडेल्धुराका तत्कालीन हाकिम रामचन्द्र भट्ट रहेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै देवराजले ३ वर्ष २ महिनाको बसाइँमा साथ सहयोग दिने प्रति आभार गर्दै आफ्नो सरुवा भएको प्रति चित्त दुखाएका छन्। भेटेनरी अस्पतालबाट बिदाइ गरिएको फोटो राख्दै उनले लेखेका छन्, ´मेरो पारिवारिक सदस्यहरूको पृष्ठभूमिसँग जोडेर रगत सम्बन्धको पटक्कै ख्याल नगरी म प्रति निर्मम असहिष्णु भएकाहरूलाई सिर्फ सहानुभूति व्यक्त गर्दछु।` देवराजको पोष्टमा कमेन्ट् गर्दै रामचन्द्रले लेखेका छन्, ´ असहिष्णु प्रति मेरो…

Read More

काठमाडौं : एमाले अध्यक्ष केपि शर्मा ओलीमाथि आक्रमण भएकोबारे धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले आक्रमणकारीले रक्सी खाएको देखिएको र बाहिर आएजस्तो नभएको बताएका छन्। बिहीबार धनकुटाको महालक्ष्मी नगरपालिका- ५, लेगुवामा ओलीको स्वागतमा उभिएका स्थानीय महेश राईले थप्पड हानेका थिए। ‘बाहिर मिडियामा आएजस्तो अलि देखिएको छैन। पूर्वप्रधानमन्त्रीज्यूलाई स्वागत (आक्रमण गर्ने) गर्न आएकै देखिन्छ,’ पौडेलले भने, ‘रक्सी खाएकोले अलि मिसअन्डरस्ट्यान्डिङ भएको जस्तो देखिन्छ प्रारम्भिक रूपमा। तैपनि हामी सोधपुछकै क्रममा छौँ।’ तर, प्रहरीले उनलाई रोकेको थियो। ओलीलाई आक्रमण गर्ने राईलाई प्रहरीले नियन्त्रण लिएको छ।

Read More

काठमाडौं : धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल)को शीर्ष स्थानमा उक्लेको छ। बिहीबार भएको खेलमा चितवनलाई १–० गोल अन्तरले हराउँदै धनगढी शीर्ष स्थानमा उक्लेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा धनगढीलाई जित दिलाउन ओलावाले अफिजले निर्णायक गोल गरे। ओलावालले खेलको दोस्रो मिनेटमा गोल गर्दै धनगढीलाई जित दिलाएका हुन्। पहिलो हाफको इन्जुरी समयमा चितवनले बराबरी गर्ने अवसर पाएको थियो। तर, चितवनका विमल धर्तीमगरले पेनाल्टी मिस गर्न पुगे। दोस्रो हाफमा दुबै टोलीले गोल गर्न नसक्दा धनगढीले जित निकालेको हो। आजको जितसँगै धनगढी शीर्ष स्थानमा उक्लेको छ। धनगढीको ५ खेलबाट ११ अंक छ। दोस्रो स्थानमा रहेको ललितपुर सिटीको ५ खेलबाटै ९ अंक छ ।…

Read More

धनगढी : धनगढीको सौभाग्य अस्पतालको अध्यक्षमा युवराज कुँवर मनोनीत भएका छन्। आज बसेको बैठकले कुँवरलाई अध्यक्षमा मनोनीत गरेको हो। यस अगाडि अध्यक्ष रहेका दिनेश जोशी टिमबाट बाहिरिएपछि उनी अध्यक्षमा मनोनीत भएका हुन्। यस्तै सदस्यमा सुधिर भट्ट, एकेन्द्र मल्ल, डन्डीराज खनाल र पुष्कर जैशी र विवेक जोशी मनोनीत भएका छन्।

Read More

काठमाडौं : परराष्ट्रमन्त्रालको सचिवमा सहसचिव सेवा लम्साल बढुवा भएकी छन्। आज बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई सहसचिवबाट विशिष्ठ श्रेणीको रिक्त सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को यस निर्णयसँगै लम्साल परराष्ट्र मन्त्रालयको सचिव पदमा पुग्ने पहिलो महिला कर्मचारी पनि भएकी छन्।

Read More

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा कांग्रेसका नेता बालकृष्ण खाणलाई धरौटीमा छोड्न उच्च अदालत पाटनले आदेश दिएको छ।  उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले यस्तो आदेश दिएको हो। जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाणलाई छाड्ने विषयमा मंसिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीशबीच राय बाझिएको थियो। १५ गते भएको आदेशमा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएपछि तेस्रो न्यायाधीशको इजलासमा सुनुवाइ भएको हो।

Read More