काठमाडौं : एमाले अध्यक्ष केपि शर्मा ओलीमाथि आक्रमण भएकोबारे धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले आक्रमणकारीले रक्सी खाएको देखिएको र बाहिर आएजस्तो नभएको बताएका छन्।
बिहीबार धनकुटाको महालक्ष्मी नगरपालिका- ५, लेगुवामा ओलीको स्वागतमा उभिएका स्थानीय महेश राईले थप्पड हानेका थिए।
‘बाहिर मिडियामा आएजस्तो अलि देखिएको छैन। पूर्वप्रधानमन्त्रीज्यूलाई स्वागत (आक्रमण गर्ने) गर्न आएकै देखिन्छ,’ पौडेलले भने, ‘रक्सी खाएकोले अलि मिसअन्डरस्ट्यान्डिङ भएको जस्तो देखिन्छ प्रारम्भिक रूपमा। तैपनि हामी सोधपुछकै क्रममा छौँ।’
तर, प्रहरीले उनलाई रोकेको थियो। ओलीलाई आक्रमण गर्ने राईलाई प्रहरीले नियन्त्रण लिएको छ।
Facebook Comments Box