Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : परराष्ट्रमन्त्रालको सचिवमा सहसचिव सेवा लम्साल बढुवा भएकी छन्। आज बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई सहसचिवबाट विशिष्ठ श्रेणीको रिक्त सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को यस निर्णयसँगै लम्साल परराष्ट्र मन्त्रालयको सचिव पदमा पुग्ने पहिलो महिला कर्मचारी पनि भएकी छन्।

Read More

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा कांग्रेसका नेता बालकृष्ण खाणलाई धरौटीमा छोड्न उच्च अदालत पाटनले आदेश दिएको छ।  उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले यस्तो आदेश दिएको हो। जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाणलाई छाड्ने विषयमा मंसिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीशबीच राय बाझिएको थियो। १५ गते भएको आदेशमा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएपछि तेस्रो न्यायाधीशको इजलासमा सुनुवाइ भएको हो।

Read More

प्युठान : प्युठानको ऐरावती गाउँपालिका -२, बरौलामा जन्ती बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बरौलाबाट बेहुली लिन सदरमुकाम खलंगातर्फ जाँदै गरेको लु ३ च ६८४७ नम्बरको जीप बिहीबार बिहान दुर्घटनामा परेको हो। दुर्घटनामा मल्लरानी गाउँपालिका -३ का वडा सदस्य ५२ वर्षका दामोदर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए। उनका अनुसार नाच्दै गाउँदै हिंडिरहेका जन्तीलाई जीपले ठक्कर दिएको थियो। एक्कासी टायर पन्चर भएर अनियन्त्रित हुँदा जीपले ठक्कर दिंदा ५ जना घाइते भएका र उनीहरुको जिल्ला अस्पताल बिजुवारमा सामान्य अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको हो। प्रहरीले घटनास्थल पुगेर घटनाबारे अनुसन्धान गरिरहेको बताएको…

Read More

काठमाडौं : सरकारले स्वास्थ्य बीमा कार्यक्रममार्फत प्रदान गर्दै आएको चार प्रकारका औषधी ‘सुविधा थैली’ बाट हटाएको छ। स्वास्थ्य बीमा बोर्डले सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिपत्र गर्दै ती चार प्रकारका औषधी सुविधा थैलीबाट हटाइएकोले सिफारिस नगर्न अनुरोध गरेको हो। बोर्डका अनुसार एम्पिसिलनि/क्लोक्जासिलिन, सेफोपेराजोन/सल्बेक्टम, सेफोटेक्सिम/सल्बेक्टम र सेफोडक्सिम प्रोक्सिटिल एसिड औषधी सुविधा थैलीबाट हटाइएको छ। यी चार वटै एन्टिबायोटिक औषधी हुन्। औषधी व्यवस्था विभागको सिफारिस नगरिएका सूचीमा रहेका औषधीको प्रयोग नगर्ने निर्णयानुसार सुविधाबाट हटाएको बोर्डले जनाएको छ।

Read More

कञ्चनपुर: कञ्चनपुरको महेन्द्रनगरमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक साताको लागि भन्दै महेन्द्रनगर बजारमा बिहीबारदेखि निषेधाज्ञा जारी गरेको हो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोकुलकुमार अधिकारीद्वारा जारी आदेशमा भनिएको छ, ‘भीमदत्त नगरपालिका ४ मा रहेको संविधान चोक आसपासको क्षेत्रमा शालिक स्थापना गर्न दिने नदिने सम्बन्धमा विभिन्न राजनीतिक दलहरुबिच मतभिन्नता भइ आएको सन्दर्भमा सार्वजनिक शान्ति सुव्यवस्थालाई कायम राख्न तथा अत्यावश्यक सेवालाई निर्वाध सञ्चालन गर्नका निम्ति जिल्ला सुरक्षा समिति कञ्चनपुरको सिफारिसका आधारमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६, ३ ९क० बमोजिम देहायको क्षेत्रमा मिति २०८०र८र२८ गतेदेखि ७ दिनसम्मको लागि ५ जनाभन्दा बढी मानिस जम्मा भइ जुलुस, प्रदर्शन,…

Read More

डडेल्धुरा : राष्ट्रिय सभा निर्वाचनको टिकट पाउन सुदूरपश्चिमका कांग्रेस नेताले दौडधुप सुरु गरेका छन्। फागुन २० मा (एक जना मनोनीतसहित) २० सांसद ६ वर्षे कार्यकाल पूरा गरी बिदा हुँदैछन्। यसरी रिक्त हुने १९ पदका लागि निर्वाचन आयोगको परामर्शमा सरकारले माघ ११ गतेका लागि निर्वाचनको मिति तय गरिसकेको छ। गत वर्ष मंसिरमा सम्पन्न आम निर्वाचनमा टिकट नपाएर र पराजित भएकाका नेताहरु राष्ट्रियसभा उम्मेदवारका लागि मुख्य दौडमा देखिएका छन्। कांग्रेसले राष्ट्रपतिबाट मनोनीत एक सदस्यबाहेक १९ सिटमध्ये कम्तीमा ९ स्थान पाउने सम्भावना छ। कांग्रेसले सुदूरपश्चिममा एक सिट पाउने सम्भावना छ। तर, उम्मेदवार कसलाई बनाउने भन्नेबारे कसैले मुख खोलेका छैनन्। काँग्रेस सभापति शेरबहादुर देउवाको…

Read More

कञ्चनपुर : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज कञ्चनपुरको महेन्द्रनगरमा राजा महेन्द्रको शालिक स्थापना गर्दैछ। महेन्द्रनगरको संविधान चोकमा राप्रपाले शालिक स्थापना गर्ने भएको हो। पार्टीले शालिक स्थापना गर्ने भएसँगै सुरक्षा व्यवस्था कडा पारिएको छ। महेन्द्रनगर बजार क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। शालिक स्थापना हुने क्षेत्र संविधान चोकसहित दशरथ, मदन चोकमा आवजावतमा रोक लगाइएको हो। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा आज आम सभा हुँदैछ। शालिक स्थापना र आम सभालाई सम्बोधन गर्न पार्टी अध्यक्ष लिङ्देन कञ्चनपुर पुगिसकेका छन्। शालिक स्थापनाविरुद्ध जिल्लाका ८ राजनीतिक दलले विज्ञप्ति निकालेका थिए।

Read More

विराटनगर : भोजपुरको सदरमुकाम बजारमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाएका छन्। पहिचान पक्षधरहरूले नेकपा एमालेको संकल्प यात्रामा बुधबार भोजपुर पुगेको अध्यक्ष ओलीविरुद्ध नाराबाजी गर्दै कालो झण्डा देखाएका हुन्। पहिचान पक्षधरहरूले एमाले पार्टी कार्यालय अगाडि विरोध प्रदर्शन समेत गरेका छन्। कालो झण्डा देखाउने पहिचान पक्षधर नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको जनता समाजवाद नेपालका सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले जानकारी दिए। उनका अनुसार पक्राउ पर्नेमा जसपा भोजपुरका जिल्ला उपाध्यक्ष मन्जु राई, जिल्ला सदस्य दिनेश राइई, धिरज राई, मणी राई, विद्यार्थी नेता धिरेन खिम्बु , तयाबङु राई र विकास रहेका छन्।

Read More

बझाङ: बझाङमा जीप दुर्घटना भएको छ। जिल्लाको थलारा गाउँपालिका–९ कुलाकाट्ने स्थित कच्चि सडक खण्डमा आज बिहान जीप दुर्घटना भएको हो। सुर्मा गाउँपालिका–२ का अन्दाजी २३ वर्षीय आवाज बोहोराले चलाएको सुपप्र ०१००१ च ३९६५ नं को जिप ब्रेक फेल भएर सडकबाट अन्दाजी करिव १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। कुलाकाट्नेबाट झनना तर्फ आउदै गरेको जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। जीप साहु ३२ वर्षीय केशब थापाको कम्मर र हातमा चोट लागेको र उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। जीप चालक बोहोरालाई प्रहरीले नियन्त्रण्मा लिएको छ।

Read More

दाङ : लुम्बिनी प्रदेश सरकारले महिला कर्मचारीलाई ‘महिनाबारी’ बिदा दिने भएको छ। निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न वनेको ऐनको परिच्छेद १३ को दफा ११७ को उपदफा १ मा निजामती कर्मचारीले पाउने बिदामा महिनावारी (पिरियड) बिदा भनेर समावेश गरिएको छ। कर्मचारीले भैपरी आउने र पर्व बिदा, घर बिदा अनि महिनावारी पिरियड बिदा, बिरामी बिदा, प्रसुति बिदा, प्रसुती स्याहार बिदा, मृत्यु संस्कार बिदा, अध्ययन बिदा, असाधारण बिदा पाउने उल्लेख छ। बिदा निजामती कर्मचारीको अधिकार नभई सहुलियत मात्र रहेको ऐनमा उल्लेख गरिएको छ। प्रदेशसभामा असार २२ गते विधेयक दर्ता भएको थियो। सरकारले दर्ता गरेको विधेयकमाथि निरन्तर छलफल भएको…

Read More