काठमाडौं : सरकारले स्वास्थ्य बीमा कार्यक्रममार्फत प्रदान गर्दै आएको चार प्रकारका औषधी ‘सुविधा थैली’ बाट हटाएको छ।
स्वास्थ्य बीमा बोर्डले सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिपत्र गर्दै ती चार प्रकारका औषधी सुविधा थैलीबाट हटाइएकोले सिफारिस नगर्न अनुरोध गरेको हो।
बोर्डका अनुसार एम्पिसिलनि/क्लोक्जासिलिन, सेफोपेराजोन/सल्बेक्टम, सेफोटेक्सिम/सल्बेक्टम र सेफोडक्सिम प्रोक्सिटिल एसिड औषधी सुविधा थैलीबाट हटाइएको छ।
यी चार वटै एन्टिबायोटिक औषधी हुन्। औषधी व्यवस्था विभागको सिफारिस नगरिएका सूचीमा रहेका औषधीको प्रयोग नगर्ने निर्णयानुसार सुविधाबाट हटाएको बोर्डले जनाएको छ।
Facebook Comments Box