Author: महेन्द्रनगर पोष्ट

धनगढी : कलाकार ध्वज महराले ल्याएको देउडा गीत ‘गडबड गाउँपालिका’ को म्युजिक भिडियो विवादीत बनेको छ । महरा र भाइरल देउडा गायिका इब्सल सञ्ज्यालले गाएको ‘गडबड गाउँपालिका’ गितको म्युजिक भिडियो विवादीत भएको हो । म्युजिक भिडियोमा राखिएको ‘हरुवा ढाँट’ शब्दलाई लिए ढाँट समुदायका मानिसले आपत्ती प्रकट गर्दै विरोध गर्दै गायक महरालाई अनेक धम्की समेत दिइएपछि विवाद कैलाली प्रहरीमा पुगेको छ । डोटीको पूर्वीचौकी गाउँपालिका–७ घर भएर हाल धनगढी बस्दै आएका तुलाराम ढाँटले ‘हरुवा ढाँट’ शब्दलाई लिएर ‘ढाँट’ समुदायको अपमान भएको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेपछि अरुले समेत विरोध जनाएका थिए । सोही विषयलाई लिएर गायक ध्वज महरालाई लक्षित गर्दै अपशब्द…

Read More

धनगढी : जङ्गबहादुर राणाको क्रूर दमनको विरुद्ध पहिलो पटक बिद्रोह गर्ने बाँकावीरको शालिक निर्माण गरिएको छ। राणा शासन विरुद्ध बाँकावीरले छापामार बिद्रोह गर्दा १९०६ मा उनको हत्या गरिएको थियो। जङ्गबहादुरको प्रत्यक्ष निर्देशनमा अछाममा हत्या गरिएका नेपालका प्रथम शहिद बलदेव शाह (बाँकावीर)को कैलालीको मोहन्याल गाउँपालिका वडा नम्वर ७ स्थित बाँकावीर फड्केू भन्ने स्थानमा नवलसिंह रावल फाउन्डेसनले शालिक निर्माण गरेको हो। फाउन्डेसनका अध्यक्ष तपेन्द्र रावलको सक्रियतामा बाँकावीरको सालिक निर्माण भएको हो। वि.स. १९०५ मा राणाका सेनाहरुले बाँकावीरलाई घेरा हाली लखेट्दा बर्सादको बेला उफ्रेर खोलापार गरेर ज्यान बचाउन सफल भएको स्थान हाल बाँकावीर फड्के नामले प्रचलित छ। बाँकावीरको सम्मानमा वि २०८० साल असोज…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका स्वतन्त्र प्रदेशसभा सदस्य डा.तारा जोशीले प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलनलाई रोमान्स सम्मेलनको टिप्पणी गरेका छन् । आजदेखि सुरु भएको प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य जोशीले आउँदो वैशाखमा केन्द्र सरकारले लगानी सम्मेलन गरिरहेको अवस्थामा फागुनमा प्रदेश सरकारले रोमान्स सम्मेलन गरिरहेको टिप्पणी गरेका हुन् । उनले भने, ‘केन्द्र सरकारले पनि वैशाखमा गर्दैछ । यहाँ पनि लगानी सम्मेलन हुँदैछ । यी दुईवटा सम्मेलनले के परिमाण ल्याउँछ । यहाँ गर्न लागेको कुरा केन्द्र सरकारसँग शो केसिङ्ग गर्न सकिँदैन ? केन्द्र सरकारसँग समन्वय नै भएन । तपाईंहरुले रोमान्सका लागि लगानी सम्मेलन गर्न…

Read More

धनगढी : राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रदेशसभा सदस्य खिमादेवी विष्टले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहप्रति आपत्ति जनाएकी छिन् । आजदेखि सुरु भएको प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य विष्टले आपत्ति जनाएकी हुन् । उनले मुख्यमन्त्री कमलबहादुर शाहले कुनै कुरामा अडान लिन नसकेको बताइन् । उनले भनिन्, ‘मुख्यमन्त्रीज्यू, तपाईंसँग मेरो प्रश्न छ तपाईं कुनै दलको मुख्यमन्त्री हो ? या कुनै व्यक्तिको ? कि ५३ जनाको या सुदूरपश्चिमको मुख्यमन्त्री हो ? तपाईंको बोलीमा मैले कुनै पनि दम देखेको छैन । मैले मात्रै होइन, तपाईंका पार्टीका कार्यकर्ताले पनि देखेका छैनन् । अहिले यहाँको विकास भइरहेको छैन, यसको जिम्मा तपाईँले लिनुपर्छ । यो…

Read More

काठमाडौं : यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को लागि सम्झौता भएको १२ लाख कार्डमध्ये छ लाख नेपाल आइपुगेको जनाएको छ। विभागका अनुसार बाँकी छ लाख पनि सम्झौता भएअनुसार ४५ दिनभित्र नेपाल आइपुग्नेछ। विभागका निर्देशक एवं प्रवक्ता ईश्वरीदत्त पनेरुले दिएको जानकारीअनुसार गत आर्थिक वर्ष २०७९ मा जर्मनको मूलवर्ग कम्पनीसँग १२ लाख कार्ड छपाइका लागि सम्झौता गरिएको थियो। सम्झौताअनुरुप पहिलो चरणमा सन् २०२४ को जनवरी ६ मा छ लाख कार्ड त्रिभुवन विमानस्थल आइपुगेको उनले जानकारी दिए। प्रवक्ता पनेरुका अनुसार ती कार्डलाई ‘क्लियर’ गर्न नेपाल राष्ट्र बैंकले ‘डेलिभरी अर्डर’ दिनुपर्ने हुन्छ। बैंकको सबै प्रक्रिया पुर्‍याएपछि आएको कार्डको ल्याब टेष्ट गराइन्छ। विभागले कार्ड पाउने बित्तिकै नियमित छपाइको सुरुआत…

Read More

धनगढी : राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेशमा मतपत्र पुर्‍याएको छ।  आज (शुक्रबार)सम्म सुदूरपश्चिमसहित सात वटै प्रदेशमा मतपत्र पुर्‍याइएको आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले जानकारी दिए। प्रदेश सभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र बनाइएको छ। त्यस्तै पालिका प्रमुख-उपप्रमुख र अध्यक्ष-उपाध्यक्षका लागि सेतो रंगको कागजमा रातो रंङको मसीको विवरण तथा निर्वाचन चिन्‍ह रहेको मतपत्रहरू छापिएका छन्। पन्थीका अनुसार सुदूरपश्चिम प्रदेशमा निर्वाचन हुने तीन पदका लागि छ प्रकारका ९०० मतपत्रहरू छन्। राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुँदैछ।

Read More

धनगढीः भारतको कर्नाटक राज्यको नघबारामा सुदूरपश्चिमका दुई युवक मृत फेला परेका छन्। मृत फेला पर्नेमा कञ्चननपुरको भीमदत्त नगरपालिका–५ का ३३ वर्षीय दिपक खड्का र डोटीका लक्ष्मणसिंह विष्ट रहेका छन्। मृतक दिपकका दाजु इश्वर खड्काका अनुसार बुधवार रातिदेखि वेपत्ता रहेका उनीहरूको शव क्षतविक्षत अवस्थामा बिहीवार बिहान रेलवे नजिक भारतीय प्रहरीले फेला पारेको बताए। दिपकको शव चिनिने अवस्थामा रहेको भए पनि लक्ष्मणको शव टाउको नभएको अवस्थामा फेला परेको छ। उनीहरूसँग भएको आधार कार्डअनुसार भारतीय प्रहरीले पहिचान गरेर आफन्तलाई खबर गरेको इश्वर खड्काले बताए। अहिले दुबैको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ।

Read More

कञ्चनपुर : कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा सशस्त्र प्रहरीले निर्घात कुटपिट गर्दा एक जना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा जिल्लाको बेदकोट नगरपालिका-१ हात्तीथालाका बसन्तबहादुर धामी रहेका छन्। बनबासाबाट घरका लागि समान ल्याउदै गरेका धामीलाई नेपाल-भारत सीमा क्षेत्र ७ नं. पिलर नजिक बीओपी गड्डाचौकीमा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हवल्दार कर्णबहादुर बोहराले कुटपिट गरेका हुन्। घटना हिजो (बिहिबार)साँझ साढे ६ बजे तिरको हो। सिभिल पोसाकमा रहेका हवल्दार बोहराले धामीलाई जथाभावी गाली गलाैच गर्दै टाउकोमा टर्च लाइटले हिर्काएको पीडित धामीले बताएका छन्। घाइते धामीको महाकाली प्रादेशिक अस्तालमा उपचार भइरहेको छ। धामीको टाउको दुई ठाउँमा फुटेको छ भने उनको टाउकोमा १० टाका लागेको महाकाली…

Read More

धनगढी : हिलारी हिक्मत बोहरा खेलकुद महासंघको केन्द्रीय सदस्यमा मनोनीत भएका छन्। लामो समयदेखि राजनीतिमा रहेका उनी खेलकुद महासंघको केन्द्रीय सदस्यमा चुनिएका हुन्। उनी लामाे समयसम्म राष्ट्रिय युवा संघको केन्द्रीय सचिवालय सदस्य समेत रहेका थिए। राजनीतिमा लागेका उनले खेलकुदलाई माया मार्न नसकेर फेरि खेलकुदमै फर्किएकाे बताएका छन्। खेलकुदबाट नै ख्याति कमाएका हिलारीले जिल्ला स्तरीय, क्षेत्रीय र राष्ट्रिय स्तरसम्म भाग लिएर खेल खेलेका छन्।

Read More

डडेल्धुरा : नेपाल विद्यार्थी संघ (नेविसंघ) डडेल्धुराले पाँच बुँदे माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ। नेविसंघ डडेल्धुराका अध्यक्ष पवन ऐरको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेलाई ज्ञापनपत्र बुझाएको हो। लामो रुटमा चल्ने सार्वजनिक सवारीका साधनमा विद्यार्थीलाई छुटको व्यवस्था गरिनुपर्ने, महिला, बृद्ध तथा अपाङगता भएका व्यक्तिका लागि छुट्टै सिटको व्यवस्था गरिनुपर्ने, ट्राफिक नियमको कडाईका साथ कार्यान्वयन गर्नुपर्ने, डडेल्धुरा–धनगढी रुटमा चल्ने बिजुलीका सवारी साधनको निश्चित भाडादर कामय गर्नुपर्ने र डडेल्धुरा जिल्ला सदरमुकाममा व्यवस्थित पार्किङको व्यवस्था गर्नुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाइएको अध्यक्ष ऐरले बताए। ‘पाँच वटै माग तत्काल कार्यान्वयन गर्नका लागि जिल्ला प्रशासन कार्यालयलाई सर्वपक्षिय बैठक बोलाउन…

Read More