धनगढी : राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेशमा मतपत्र पुर्याएको छ।
आज (शुक्रबार)सम्म सुदूरपश्चिमसहित सात वटै प्रदेशमा मतपत्र पुर्याइएको आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले जानकारी दिए।
प्रदेश सभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र बनाइएको छ।
त्यस्तै पालिका प्रमुख-उपप्रमुख र अध्यक्ष-उपाध्यक्षका लागि सेतो रंगको कागजमा रातो रंङको मसीको विवरण तथा निर्वाचन चिन्ह रहेको मतपत्रहरू छापिएका छन्।
पन्थीका अनुसार सुदूरपश्चिम प्रदेशमा निर्वाचन हुने तीन पदका लागि छ प्रकारका ९०० मतपत्रहरू छन्। राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुँदैछ।
Facebook Comments Box