Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : संसद नचलेको अवस्थामा सरकारले अध्यादेशमार्फत प्रहरी ऐन संशोधनको तयारी गरेको छ। प्रदेशहरुको मागलाई सम्बोधन गर्दै सरकारले प्रहरी समायोजन सम्बन्धी व्यवस्थालाई पनि अध्यादेश मार्फत नै परिमार्जनको तयारी गरेको हो। प्रस्तावित ‘नेपाल प्रहरी ऐन अध्यादेश–२०८०’ जारी भएपछि खुला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) भर्ना हुन चाहने व्यक्तिले २७ वर्षको उमेरसम्म आवेदन दिन पाउनेछन्। प्रहरी ऐन र नियमावलीमा रहेको साविकको व्यवस्थाअनुसार जनपद प्रहरी बन्न चाहने व्यक्तिले तीन तहमा खुला प्रतिस्पर्धा गर्न पाउँछन्। प्रहरी जवानमा शतप्रतिशत खुला प्रतिस्पर्धाबाट भर्ना लिइन्छ भने प्रहरी सहायक निरीक्षक (असई) मा ४० प्रतिशत खुलाबाट र ६० प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट भर्ना लिइन्छ। त्यस्तै, इन्स्पेक्टरमा ६० प्रतिशत खुलाबाट र ४०…

Read More

काठमाडौं : नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा २०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आइतबार १ लाख २० हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ७०० रुपैयाँ र तेजाबी सुन एक लाख २० हजार १०० रुपैयाँमा कारोबार कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलाको १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Read More

धनगढी : १३ पुसमा ललितपुरको बालकुमारीमा दुई होनहार युवाले ज्यान गुमाए। प्रहरीको धरपकडमा परी ज्यान गुमाउने युवा थिए, दैलेख सुजत रावत र अछामका विरेन्द्र शाह। रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जान आवेदन फाराम भर्न नपाएको भन्दै असन्तुष्ट थिए, रावत र शाह जस्तै सयौं युवा। सोही कारण उनीहरू प्रदर्शनमा उत्रिएका थिए। प्रदर्शनकै क्रममा उनीहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा आगजनी समेत गरिएको थियो। प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। झडपकै क्रममा प्रहरीले गोली चलायो। गाली लागेर अछामका युवा शाहको मृत्यु भयो भने दैलेखकका रावतलाई प्रहरीले निर्घात कुटपिट गरी मारिदियो।…

Read More

धनगढी : ललितपुरको बालकुमारीमा पुस १३ मा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले प्रदर्शन गरे। प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको गाडी समेत जलाइदिए। सोही क्रममा प्र्रदर्शनकारी र प्रहरीबीच झडप भयो। प्रहरीले अनावश्यक बल प्रयोग गर्‍यो। प्रदर्शनमा प्रहरीको दनमबाट दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दैलेख घर भएका सुजत रावत र अछामका विरेन्द्र शाह छन्। बालकुमारीमा भएको घटनापछि गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) लाई फिर्ता बोलाएको छ। सीडीओ रुद्रप्रसाद पण्डितलाई मन्त्रालय तानेको छ भने ललितपुरका प्रहरी प्रमुख एसएपी सिद्धिविक्रम शाहलाई प्रहरी…

Read More

काठमाडौं : आज तमु ल्होसार। ल्होसारको शुभकामना शन्देस सार्वजनिक गरे कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले। तर, उनले आफू कुन प्रदेशको मुख्यमन्त्री हुँ भनेर खुलाउन सकेनन्। कारण हो, कोशी प्रदेशको नामलाई लिएर विवाद। कार्कीले शुभकामना त दिए। तर, बेनामे प्रदेशको लेटर हेडमा। त्यसैमा उनले आफूलाई मुख्यमन्त्री भनेर चिनाए पनि प्रदेशको नाम भने खुलाउन सकेका छैनन्। कार्कीले ल्होसारको शुभकामना सन्देश जारी गरेसँगै उनको नियतमाथि सर्वसाधारणले शंका गरेका छन्। कोशी प्रदेशका बहुमत सदस्यले नामाकरण गरेको प्रदेशको नाम सरकारी लेटरहेडमा नराखेर कार्कीले कोशी प्रदेशलाई बेनामे बनाएका छन्। कोशी प्रदेशको नामलाई लिएर भइरहेको आन्दोलन र विरोधलाई राजनीतिक सहमतिबाट टुंगोमा पुर्याउने अवस्था रहदा रहदै मुख्यमन्त्री कार्कीले…

Read More

काठमाडौं : ललितपुरको बालकुमारी स्थित प्रदर्शन स्थलबाट पक्राउ गरिएका ७३ जनालाई छाड्ने निर्णय गरिएको छ। पुस १३ मा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शनको क्रममा पक्राउ गरिएकाहरुलाई छाड्ने निर्ण भएको उपत्यका प्रहरी कार्यालयका एआईजी दिपक थापाले बताए। पक्राउ गरिएकाहरुलाई मद्धा नचलाउने निर्णय भएको थापाले बताए। मुद्धा नचलाउने निर्णयपछि प्रहरीको नियन्त्रणमा रहेका ७३ जना छुटेका छन्। भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको गाडी जलाएको र भौतिक सम्पती तोडफोड गरेको आरोपमा उनिहरु पक्राउ परेका हुन्। प्रदर्शनमा प्रहरीको दनमबाट दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दैलेख घर भएका सुजत रावत…

Read More

काठमाडाैं: भारतको सिक्किममा एक जना नेपाली महिला युट्युबर पक्राउ परेकी छन् । सामाजिक सञ्जाल युट्युबमा साम्प्रदायिक हिंसा भड्काउने खालको भिडियो पोष्ट गरेको आरोपमा ती महिलालाई पक्राउ गरिएको बताइएको छ । खोटङकी उमा चाम्लिङ राईले गम्भीर खालको भिडियो पोष्ट गरेलगत्तै प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई केही दिन हिरासतमा राखेर थप अनुसन्धान गरिने बताइएको छ ।

Read More

बझाङ: बझाङमा आन्तरिक रक्तश्रावका कारण एक गर्भवतीको मृत्यु भएको छ । जिल्ला अस्पताल बझाङमा केदारस्युँ गाउँपालिका–६ सिङराल्लीका ३५ वर्षीय गौबडीदेवी धामीको ज्यान गएको हो । उनको विगत ३ महिनादेखि नियमित गर्भ जाँच नगराएका कारण बच्चा खेर गइसकेको र आन्तरिक रक्तश्रावका कारण शनिबार दिउँसो मृत्यु भएको जिल्ला अस्पताल बझाङले जनाएको छ । रगत दिएर आइसियूमा राखिएकी उनलाई बचाउन अस्पताल निकै प्रयास गरे पनि नसकिएको बताइएको छ । बेहोस अवस्थामा जिल्ला अस्पताल ल्याइएकी उनको थप उपचारका लागि हेलिकप्टर व्यवस्थापन गरिरहेका बेला धामीको मृत्यु भएको हो ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। शनिबार साझ लालझाडी गाउँपालिका– ६ चानदेब ढक्कामा सुपप्र ०१००२ त ७०१३ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउकी १० वर्षीय अमृता सिहको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर र ट्याक्टर चालक शुक्लाफाँटा नगरपालिका १२ बस्ने ४० वर्षीय मान बहादुर रानालाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

Read More

धनगढी: नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) को समय नपुग्दै सरुवा गर्ने तयारी गरिएको छ। प्रदेश प्रहरी कार्यालयका प्रमुख (हाकिम) सहितका डीआइजीहरुको सरुवा गर्ने तयारी थालिएको हो। गृहमन्त्रालय एवं प्रहरी हेडक्वार्टरस्थित उच्च स्रोतका अनुसार सबै प्रदेशसहितका डीआइजीको सरुवा गरिन लागिएको हो। उसो त, पाँच वटा प्रदेशमा कार्यरत डीआईजीको कार्यकालको अवधि ९ महिनामात्र पुगेको छ। गण्डकी र कर्णाली प्रदेशका डीआईजीबाहेक अन्यको कार्यावधि ९ महिना मात्रै भएको हो। तर, आइजीपी वसन्त कुँवरले समय पूरा नहुँदै प्रदेशका डीआईजीको सरुवा गर्न तयारी थालेका हुन्। प्रहरीको २०८० साउन १० मा कर्मचारी सरुवा सम्बन्धी नयाँ मापदण्ड लागु भएकोमा सो मापदण्ड अनुसार प्रहरी नायव महानिरीक्षकको सरुवा १ वर्षमा…

Read More