धनगढी : कैलालीको बर्दगोरीया गाउँपालिकाको माध्यमिक विद्यालयमा कार्यरत बालविकास शिक्षिका निरञ्जना मल्ल नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी मुद्दामा दोषी ठहर भएकी छन् ।
विशेष अदालतका न्यायाधीश खुशीप्रसाद थारु, तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले शुक्रवार उनलाई दोषी ठहर गरेको हो । मल्ललाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालविकास शिक्षिका मल्लले नक्कली प्रमाणपत्र पेश गरी नियुक्ति लिएको अभियोगसहित विशेष अदालतमा मंसिर १५ गते मुद्दा दायर गरेको थियो ।
मल्लले माध्यमिक शिक्षा परिषद क्षेत्रीय कार्यालय वाराणासी भारतबाट जारी भएको हाई–स्कूल परीक्षाको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएको ठहर भएको छ ।
Facebook Comments Box