Author: महेन्द्रनगर पोष्ट

धनगढी: नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी सहायक हवल्दारको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार एकैपटक चार हजार ९२ जना प्रहरी सहायक हवल्दारको सरुवा गरेको हो। माघ महिनादेखिको तलब भत्ता हाल सरुवा भएकै स्थानबाट पाउने कार्यालयले जनाएको छ। हेर्नुहोस् सूची pdf_1 pdf_2Download

Read More

धनगढी: सशस्त्र प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर), प्रहरी सहायक निरीक्षक (असई) देखि विभिन्न पदहरूमा नयाँ भर्ना गर्ने भएको छ। शुक्रबार सूचना प्रकाशन गर्दै सशस्त्र प्रहरी बलले ९९ जना इन्स्पेक्टर, ९८ जना असई, ६५ जना भान्से, १० जना कूचीकार, ४ जना सूचिकार, ४ जना केशकर्तक, ५ जना चर्मकर्मी र तीन जना मालीका लागि दरखास्त आह्वान गरेको हो। इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूले माघ १० गतेसम्म आवेदन दिन सक्नेछन्। उम्मेदवारहरूले अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्। प्रहरी निरीक्षक र सहायक निरीक्षक पदमा अनलाइन आवेदन दिएकाहरूद्ये फागुन २ गतेभित्र र  विभिन्न ट्रेड पदमा उम्मेदवारी दिएकाहरूले माघ २४ गतेभित्र दरखास्त दिँदा तोकेको कार्यालयमा उपस्थित हुनुपर्नेछ।

Read More

काठमाडौँ : भारतीय काँग्रेस नेता राहुल गान्धीको नेतृत्वमा जनवरी १४ देखि सुरु हुने मणिपुरदेखि मुम्बईसम्मको यात्राको नाम परिवर्तन गरिएको छ । अब यसलाई ‘भारत जोडो न्याय यात्रा’ नाम राखिएको छ । यात्रा अरुणाचल प्रदेशसहित १५ राज्य हुँदै जानेछ । दिल्लीस्थित काँग्रेस मुख्यालयमा पार्टी प्रमुख मल्लिकार्जुन खर्गेको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । त्यसमा पार्टी महासचिव, प्रदेश प्रभारी, प्रदेश इकाई प्रमुख र काँग्रेस विधायक दलका नेताहरुको उपस्थिति थियो । बैठकपछि काँग्रेस महासचिव जयराम रमेशले ‘भारत न्याय यात्रा’ को ठाउँमा ‘भारत जोडो न्याय यात्रा राखिएको जानकारी दिए । जयराम रमेशले काँग्रेसले सबै भारतीय नेताहरूलाई यो यात्रामा सहभागी हुन आमन्त्रित गरेको…

Read More

बैतडी: प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट अन्तरगत इलाइट च्याम्पियनसिपमा कैलालीले दोस्रो जित निकालेको छ। दोस्रो जित दर्ता गर्ने क्रममा कैलालीले बझाङलाई १०६ रनले हरायो । जितका लागि पाएको २१२ रनको लक्ष्य पछ्याएको बझाङ २६.५ ओभरमा १०६ रनमा समेटियो । जसमा किरन कार्कीले सर्वाधिक ३९ रन बनाएपनि हार भने टार्न सकेनन् । कैलालीका प्रकाश सुनारले ३,धर्म जोशी र डमेर सुनारले २र२ विकेट हात पारे। यसअघि फाप्ला मैदानमा बिहान ९ बजेदेखि शुरू हुने भनिएको ५० ओभरको खेल बाक्लो हुस्सु लागेकाले निर्धारित समयभन्दा ढिला सुरू हुँदा ३५ ओभरमा झारिएको थियो । टस जितेर पहिला ब्याटिङ गरेको कैलालीले ३५…

Read More

काठमाडौँ : प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि श्रीलङ्काका राजदूत सुदर्शन पाथिरनाबीच आज जङ्गी अड्डामा शिष्टाचार भेट भएको छ । त्यस अवसरमा नेपाल-श्रीलङ्का सम्बन्धका विविध विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यस किसिमका भेटले दुई देशबीचको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको उक्त निर्देशनालयले जारी गरेको विज्ञप्तिका जनाइएको छ ।

Read More

डडेल्धुरा : डडेल्धुरामा श्रीमानको हत्या आरोपमा एक महिला पक्राउ परेकी छिन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ वाणी घर भइ हाल डडेल्धुराको अमरगढी नगरपालिका-८ बस्दै आएका ३६ वर्षीय नरेश नाथको हत्या आरोपमा उनकी श्रीमती २८ वर्षीय पशुपति नाथ पक्राउ परेकी हुन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार हिजो(बुधबार) राति पशुपतिले लाठी र मिजुराले प्रहार गरि कुटपिटपछि नरेशको हत्या गरेको भन्दै जाहेरी परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेकी पशुपतिमाथि अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको डडेल्धुरा प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए ।

Read More

काठमाडौं : संस्कृति, पर्यटनमन्त्री तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीविरुद्ध प्रहरीमा जाहेरी परेको छ । धार्मिक भावनामा आँच पुर्याएको भन्दै ध्रुवराज लुइँटेलले किरातीविरुद्ध जिल्ला प्रहरी परिसर टेकुमा जाहेरी दिएका हुन् । जाहेरीमा पुस पहिलो साता किरातीले एक कार्यक्रममा क्रिश्चियन धर्मको प्रचारकजस्तो बनी अन्य वैदिक सनातन धर्मप्रति हेय तथा भेदभाव पुर्याएको जिकिर गरिएको छ । किरातीलाई पक्राउ गरी मुलुक अपराध संहिताअनुसार ३ वर्ष कैद र २० हजार रूपैयाँ जरिवाना गराउन जाहेरकर्ताको माग छ । क्रिश्चियन धर्मावलम्बीहरुको एक कार्यक्रममा मन्त्री किरातीले धर्मनिरपेक्षताको व्याख्या गर्दै इसाई धर्मको अस्तित्व स्वीकार नगर्नु दण्डनीय हुने बताएका थिए ।

Read More

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले देशको अस्तित्वमाथि खिया लाग्दै गएकाले राजा, जनता र दलहरु सबै एक हुनुपर्ने बताएका छन् । बिहीबार भैरहवामा गरिएको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै शाहले देशलाई खोक्रो पार्ने गरि चलिरहेको आजको चलनचल्तीमा व्यापक हेरफेर र सुधार गर्न सबै एक ठाउँमा आउनुपर्ने बताएका हुन् । शाहले समाज, कानून र व्यवस्था विना देशको अस्तित्व हराउने भन्दै यसकालागि देश सुहाउँदो र बलियो आविष्कारमार्फत मात्रै अगाडि बढ्नुपर्ने बताए । यस्तो छ पूर्वराजा शाहले गरेको सम्बोधन:

Read More

काठमाडौँ : भारतका विदेशमन्त्री एस जयशंकरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । बिहीबार अपराह्न उनीहरूबीच द्वारिका होटलमा मैत्रीपूर्ण भेटवार्ता भएको हो । भेटमा नेपाल-भारत सम्बन्धसहितका विषयमा छलफल भएको छ । भारतका विदेशमन्त्री जयशंकर नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन नेपाल आएका हुन् ।

Read More

काठमाडौँ : सरकारले युद्धग्रस्त मुलुकहरू युक्रेन र रसियामा नेपाली नागरिकलाई श्रम स्वीकृति दिन रोक लगाएको छ । वैदेशिक रोजगार विभागले दुवै देशमा व्यक्तिगत तथा संस्थागत रूपमा श्रम स्वीकृति दिन रोक लगाएको हो । विभागले एक सूचना जारी गर्दै नेपाली नागरिकहरू रसिया जाँदा हुनसक्ने थप क्षतिलाई न्यूनीकरण गर्न र यस विषयलाई मध्यनजर गर्दै हाललाई अर्को व्यवस्था नभएसम्म रसिया र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरिएको विभागले जनाएको छ । रसिया–युक्रेनबिच युद्ध चलिरहेको बेला धेरै नेपालीहरू रुसी सेनामा भर्ना भइरहेका छन् । युद्धको क्रममा रुसी सेनामा कार्यरत १० जना नेपालीले ज्यान गुमाइसकेका छन् । केही नेपाली घाइते भएका छन् । भने केही…

Read More