Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: ललितपुरस्थित बालकुमारीमा घटेको घटनाका पीडित परिवारलाई नगद सहयोग गरिएको छ। मुन्नी सलोनका मालिकसमेत रहेका व्यवसायी मुन्नी ठाकुरले मृतकका परिवारलाई सहयोग गरेका हुन्। उनले प्रहरीको गोलीबाट ज्यान गुमाएका दैलेखका सुजन रावतको परिवारलाई १ लाख नगद सहयोग गरेको जानकारी दिए। उनले सो रकम पीडित परिवारलाई हस्तान्तरण गरेको र परिवारले बुझिसकेको बताइएको छ।

Read More

काठमाडौँ : सभामुख देवराज घिमिरेको सचिवालयको गाडी मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यकर्ताले रोकेका छन् । पुरानो बानेश्वरमा सभामुख सचिवालयको ००२ झ ६६७१ नम्बरको गाडी वैद्यका कार्यकर्ताले रोकेका थिए । उक्त पार्टीका नेता कार्यकर्ताले सार्वजनिक बिदाको दिन गाडी चलाएकाले नियन्त्रणमा लिएको बताइएको छ । तर सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले सभामुखको काममा सार्वजनिक बिदाको दिन पनि चलाउने पास रहेको जानकारी दिए । उनले भने, ‘पास देखाउँदा देखाउँदै पनि उनीहरूले नक्कली हो भन्दै अवरोध गरे ।’

Read More

काठमाडौँ : मलेसियाको २ कम्पनीले ४ वर्षपछि ६४ जना नेपाली कामदारलाई तलब लिन बोलाएको छ । कोरोना बेला नेपाल आएका नेपालीहरूलाई कम्पनीले तलब लिन बोलाएको हो । ६४ जना नेपाली कोरोना महामारीको कारण पुनः मलेसिया काम गर्न जान पाएका थिएनन् । ती नेपालीले २०१४ देखि काम गर्दै आएका थिए । मलेसियाको भेन्चर ग्रुप अन्तर्गत २ कम्पनीमा काम गर्ने ६४ जना नेपालीलाई तलब लिन बोलाएको हो । कोरोनाको कारण नेपाली कामदार तलब भुक्तानी बाँकी नै राखेर नेपाल आएका थिए । मलेसियन कम्पनीले मलेसियास्थित नेपाली राजदूतावासलाई समन्वयका लागि अनुरोध गरेका थिए । कामदारलाई राहदानी नम्बर, सम्पर्क नम्बर, श्रमिकको हालको ठेगाना र श्रमिकको…

Read More

दार्चुला : दार्चुलामा भीरबाट खसेको ढुंगा लागेर एक महिलाको ज्यान गएको छ। ज्यान जानेमा जिल्लाको दुहुँ गाउँपालिका–२ गोकुल बस्ने ४० वर्षीया दुरीदेवी बडाल रहेकी छन्। आइतबार आज दिउसो घरभन्दा २मिटर टाढा रोडमा गिट्टी फुटाउने क्रममा भीरमाथि बाट खसेको ढुंगा लागेर महिला घाइते भएकी थिइन। भीरबाट खसेको ढुंगा उनको मुख र छातीमा लागेको थियो। ढुंगा लागेर घाइते भएकी महिलालाई उपचारका लागि जिल्ला अस्पताल दार्चुलामा ल्याइएको थियो। घाइते महिलााको अस्पतालमै उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोविन्द भण्डारीले जानकारी दिए। घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको उनले बताए।

Read More

काठमाडौं : प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटमा बागमती प्रदेशमाथि ९ विकेटको जित निकाल्दै सुदूरपश्चिम प्रदेशले दोस्रो एलिमिनेटरमा कोशीसँग खेल्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बागमतीले दिएको १०० रनको लक्ष्य सुदूरपश्चिमले १४।३ ओभरमा १ विकेट गुमाउँदै भेट्टायो । सुदुरपश्चिमको लागि ओपनरम बिन्दु रावलले ५४ रन, सम्झना खड्काले अविजित २१ र रुवी पोद्दारले १८ रन बनाए । बागमतीका लागि एक मात्र विकेट मनिषा उपाध्यायले लिइन् । टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले १९ ओभरमा अलआउट हुँदै ९९ रन बनाएको थियो । बागमतीका लागि कञ्चन श्रेष्ठले सर्वाधिक ३६, सोनी पाख्रिनले १४, हेलिशा गुरुङ र खुसी डंगोलले १०–१० रन बनाए । सुदूरपश्चिमकी…

Read More

डोटी : डोटी दिपायलमा रहेको सेती प्राविधिक शिक्षालयका एक शिक्षक राति मदिरा सेवन गरी आफ्नै विद्यार्थीलाई कुट्न गएका छन्। शिक्षालयका शिक्षक मन्दिप कुँवर मदिरा सेवन गरी शनिबार राति करिब १२ बजे दिपायल सिलगढी नगरपालिका–४ जोगिडाव्रेस्थित विद्यार्थीहरुको डेरामा पसेर हातपात गरेका हुन्। घटनामा शिक्षक कुँवरले एक विद्यार्थीको मोबाइल समेत फुटाएका पीडित विद्यार्थीहरु बताउँछन्। केही समय पहिले विद्यार्थीहरुबीच झडप हुँदा शिक्षक कुँवरले साम्य गराउने क्रममा विद्यार्थीहरुसँग विवाद भएको थियो। सोही विवादको विषयलाई लिएर शिक्षक कुँवर राति विद्यार्थीको कोठाभित्र पसेर कचिङ्गल गरेको प्रहरीको भनाइ छ। घटनाको विषयमा दुवै पक्षलाई बोलाएर छलफल भईरहेको प्रहरीले बतायो। जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक…

Read More

कञ्चनपुर : परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि सरकारको तर्फबाट प्रयास भइरहेको बताएका छन्। आज आइतवार महेन्द्रनगरमा सामुदायिक रेडियो शुक्लाफाँटा एफएमको १७ औँ वार्षिकोत्सवका अवसरमा मन्त्री साउदले सरकारले जोशीको रिहाइका लागि शाक्ति राष्ट्रहरूसँग निरन्तर पहल गरिरहेको बताएका हुन्। ‘इजरायल सरकारसँग पनि विपिनको रिहाइका लागि पटक–पटक आग्रह गरेका छौँ’, उनले भने ‘प्यालेस्टाइनसँग राम्रो सम्बन्ध रहेको कतारसँग म आफैँ गएर त्यहाँका प्रधानमन्त्री र विदेशमन्त्रीसँग आग्रह गरेको छु।’ उनले दोस्रो युद्धविराममा विपिनको रिहाइ हुनेमा आश्वस्त पारे। त्यस अवसरमा विपिनका आमाबुबाले मन्त्री साउदसँग भेट गरी छोराको जीवनरक्षाका लागि पहल गरिदिन आग्रह गरेका थिए। ‘कतारले दोस्रो युद्धविरामका लागि आफूहरू…

Read More

धनगढी : प्रधानमन्त्री कप राष्ट्रिय कृकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेश स्तरीय छनोटमा दोश्रो चरणमा अछाम विरुद्ध कैलालीले सहज जीत निकालेको छ। अछामले दिएको १०१ को झिनो लक्ष्य कैलालीले १६ ओभरमै पूरा गर्‍यो। कैलालीका लागि ओपनर ब्याट्सम्यान अभिषेक पाल र टेक रावतले ८९ रनको साझेदारी गरेपछि कैलालीले सहज जित निकालेको हो। कैलालीका टेक रावतले केबल ३६ बल सामना गर्दै १२ चौका र १ छक्काको मद्दतले ६५ रनको आक्रामक पारी खेले। अभिषेक पालले ३६ बलमा ३ चौकाको मद्दतले १९ रन बनाए। विजय राना ५ रनमा आउट हुँदा संदिप बिस्ट ३ र वसन्त सिंह कार्की १० रनमा अविजित रहे। अछामका लागि रोहित खड्का,अभिषेक…

Read More

धनगढी : नेपालको संविधाले दलित तथा सिमान्तकृत महिलालाई राज्यको मुलधारमा ल्याउन कतिपय ऐन, कानून निर्माण गरेपनि ती कानून कार्यान्वयन नहुदा उनिहरूको अवस्थामा सुधार नआएको दलित महिला संघ फेडोको निष्कर्ष छ। कानून बोपनि सिमान्तकृत समुदायलाई ती कानूनको बारेमा जानकारी नहुनु, दोहोरो अर्थ लाग्ने कानूनका कारण पिडितले न्याय पाउन समस्या हुनु र राज्यको योजनामा सिमान्तकृत समुदाय प्रारथमिकतामा नपर्नु जस्ता कारणले सिमान्त कृत समुदायको आार्थिक तथा सामाजिक रूपान्तरण हुन नसकेको फेडो कैलालीका कार्यक्रम संयोजक विनोद घिमिरेले बताए। उनले सिमान्तकृत समुदायको आर्थिक र सामाजिक रूपान्तरणका लागि सञ्चार कर्मिको भुमिका अपरिहार्य हुने बताए। दलित महिला, किशोरी र सिमान्तकृत समुहको लैंगिक तथा सामाजिक न्याय प्रबर्द्धनमा सञ्चार…

Read More

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–५ तारानगरमा सिस्नो क्याफे सञ्चालनमा आएको छ। १५ लाखको लगानीमा हरि रेग्मी र प्रकाश छेडालले क्याफे सञ्चालनमा ल्याएका हुन। क्याफेको उद्घाटन गर्दै कैलाली होटेल व्यवसायी सघका अध्यक्ष केशवदत्त पाण्डेले व्यावसायिक सफलताको शुभकामना दिए। क्याफेमा स्थानीय खानाका परिकार सँगै लोकल कुखुरा स्पेसल, थारु समुदायका झर्रो-पिरो स्वादका परिकार र सिस्नोको चटनी,सागको स्वाद लिन सकिने सञ्चालक प्रकाश छेडालले जानकारी दिए। ग्राहकको सुविधालाई मध्यनजर बजारको कोलाहल र आधुनिकता भन्दा पनि प्रकृति सङ निकटता सङै आकर्षक परिकारको व्यवस्था रहेको अर्का सञ्चालक हरि रेग्मीले बताए।

Read More