काठमाडौं : यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको छ। प्रदेश सभा सदस्य, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखले मतदान गर्ने यस निर्वाचनमा माघ ११ गते बिहान ९ देखि अपरान्ह ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदान स्थल तथा मतदान केन्द्रमा मतदान हुनेछ। निर्वाचन आयोगले निष्पक्षता तथा भयमुक्त वातावरण कायम राख्न मतदान कार्य समाप्त नहुन्जेलसम्म गएराति १२ बजेपछि प्रचारप्रसार निषेधको अवधि कायम गरेको छ। यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृ सङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल,…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन एक लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ। महासङ्घका अनुसार सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदी तोलामा २० रुपैयाँले घटेर १३७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। चाँदी हिजो तोलाको १३९० रुपैयाँमा कारोबार भएको थियो।
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ७५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र सरकारलाई बुझाएको छ । गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म गरिएको संकल्प यात्राको क्रममा स्थानीयबाट प्राप्त भएका सुझाव सम्बोधन गर्न माग गर्दै एमालेले प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको हो । एमाले मङ्सिर १४ बाट पुस १ गतेसम्म बैतडीको झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङ्गसम्म विज्ञ समूहसहित पदयात्रा गरेको थियो । पदयात्राका क्रममा आएका माग, देखिएका समस्यालाई वर्गीकरण गरेर सरकारलाई ७५१ वटा माग बुझाएको हो ।
कैलाली : सुदूरपश्चिम प्रदेशसभाको तेस्रो अधिवेशनको दोस्रो बैठक आज बस्दै छ। प्रदेशसभाको दोस्रो बैठक आज दिउँसो १ बजे बैठक आह्वान गरिएको हो। प्रदेशसभाको बैठकमा आज विपद व्यवस्थापन सम्बन्धी बनेको ऐन २०७५ संशोधनका लागि टेबल हुने कार्यसूची रहेको छ। यो ऐन प्रदेश सरकारले तेस्रो पटक संशोधन गरिन लागेको हो। संघीय सरकारको ऐनसँग बाँझिएको भन्दै सो ऐन संशोधन गरिन लागेको आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले बताए।
काठमाडौं : भायानेटले ‘बाइ वान गिफ्ट वान फ्री’ योजना सार्वजनिक गरेको छ । भायानेट कम्युनिकेसन लिमिटेड नेपालमा फाइबर इन्टरनेट,आइपिटिभी र एक्जिएस फाइबर टेक्नोलोजीको अग्रणी संस्थाले नयाँ जडान र नवीकरण गर्ने ग्राहकहरूका लागि यस प्रकारको पहिलो ‘बाइ वान गिफ्ट वान फ्री’ (एक किन्दा एक उपहार) इन्टरनेट योजना सार्वजनिक गरेको हाे। कम्पनीका अनुसार यस अफरमा भायानेटको इन्टरनेट नवीकरण वा नयाँ जडान गर्ने ग्राहकले आफ्ना प्रियजनलाई १२५ एमबीपीएस ३ महिनाको प्याकेज सित्तैमा उपहार दिन सक्नेछन् र बदलामा आफ्नो लागि थप १ महिनाको इन्टरनेट निःशुल्क प्राप्त गर्न सक्नेछन्। यो योजनामा योग्य हुनको लागि भायानेट ग्राहकले ३, ६ वा १२ महिनाको सदस्यता अवधिको साथ १२५…
नवलपुर : कालीगण्डकी करिडोरमा निर्माणाधीन पुलको सामान चोरी भएपछि पुल निर्माण अलपत्र परेको छ। गण्डकी सरकारको गौरवको योजनाअन्तर्गत गैँडाकोट–३ र बुलिङटार–१ जोड्ने तरंग खोलामा निर्माणाधीन पुलका सामान चोरिएको जनाउँदै ठेकेदारले काम ठप्प पारेका हुन्। निर्माण कम्पनीले आफ्नो करिब ४८ लाख बराबरको सामान चोरी भएको जनाएको छ। कम्पनीका सञ्चालक अशोक लोहनीले पुल निर्माणका लागि राखिएका डन्डी, प्लाइ, पाइप, कलेम्पुलगायत सामग्री चोरी भएको बताए। ‘बुलिङटार–३ का वीष्णुवीर जर्घाले मेरो सामान लैजानुभएको हो। सामान लैजाँदै गर्दा उहाँको ट्याक्टर दुर्घटनामा परेर मानिससमेत मरेका छन्,’ उनले भने, ‘बुलिङटारमा निर्माणाधीन संरचनामा उहाँसँग सहकार्य गरेर करिब ११ लाखको काम गर्दा एक लाख ७० हजार रुपैयाँ रकम मैले तिर्न…
काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले एसईईको तालिका सार्वजनिक गरेको छ। यस पटकदेखि हरेक विषयमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने छ।
काठमाडौँ : निर्वाचन आयोगले राष्ट्रियसभाको १९ सदस्यका लागि यही फागुन ११ गते हुने निर्वाचनअन्तर्गत आजदेखि मतदानकार्य समाप्त नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि कायम गरेको छ । प्रचारप्रसार कार्य गर्न रोक लगाइएको अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृसङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न हुँदैन । योगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उक्त अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका…
काठमाडौं: त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि पूर्वपदाधिकारीसहित ४३ जनाले आवेदन दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार त्रिविको उपकुलपतिका लागि दरखास्त दिने अन्तिम मिति सोमबारसम्म ४३ जनाले आवेदन दिएका हुन्। उपकुलपतिमा दरखास्त दिनेहरूमा विश्वविद्यालयका हालका निमित्त उपकुलपति प्राडा शिवलाल भुसाल, त्रिविका पूर्वउपकुलपति प्राडा तीर्थ खनियाँ, नेपाल खुला विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा लेखनाथ शर्मा, पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा केशरजङ्ग बराल, त्रिविका पूर्वरजिष्ट्रार प्राडा चन्द्रमणि पौडेल, त्रिविकै पूर्वशिक्षाध्यक्ष गुणनिधि न्यौपाने, त्रिविका मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डिन प्राडा कुसुम शाक्य रहेका छन्। त्यस्तै मध्यपश्चिम विश्वविद्यालयका हालका उपकुलपति प्राडा नन्दबहादुर सिंह, नेपाल खुला विश्वविद्यालयमा निमित्त उपकुलपतिको जिम्मेवारीसमेत सम्हालिसक्नुभएका प्राडा इन्द्र कार्की, त्रिविका इतिहास विभागका…
डोटी : नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वमन्त्री प्रेमबहादुर आलेले धनगढी, खुटिया, दिपायल, बझाङहुँदै उरै भञ्ज्याङ जोड्ने वैकल्पिक राजमार्गलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए। हिजो डोटीको सिलगढीमा नेकपा (एकीकृत समाजवादी) को कार्यक्रमलाई सम्बोधन गर्दै उनले बैकल्पिक राजमार्ग मात्रै बनाउन सके समग्र सुदूरपश्चिमको विकासमा ठूलो परिवर्तन आउने बताए। उनले भने ‘धनगढी, खुटिया, दिपायल, बझाङहुँदै उरै भञ्ज्याङ जोड्ने वैकल्पिक राजमार्ग मात्रै बनाउन सके हाम्रो प्रदेशको विकासले ठूलो फड्को मार्नेछ। यो नेपाल, भारत र चीन जोड्ने मार्ग भएकाले पनि यसको निर्माणमा प्राथमिकता दिन अति जरुरी छ।’ डोटीबाट प्रतिनिधिसभामा निर्वाचित सांसद आलेले यहाँका अन्य राजमार्गको तुलनामा उक्त राजमार्ग सबैभन्दा छोटो दूरीको रहेकाले…