Author: महेन्द्रनगर पोष्ट

बझाङः बझाङमा विषादी सेवन गरेर एक महिलाको मृत्यु भएको छ। विषादी सेवन गरेर घाइते खप्तड छान्ना गाउँपालिका–६ पुजारीगाउँकी १९ वर्षीया राजकुमारी खड्काको उपचारको क्रममा मृत्यु भएको हो। बिहीबार राति विषादी सेवन गरेकी उनलाई आफन्तले राति नै जिल्ला अस्पताल पुगाएका थिए। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई धनगढी रिफर गरिएकोमा बिच बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनको डेढ वर्षकी छोरी छन्।

Read More

धनगढी : ट्रकको ठक्करबाट सुदूरपश्चिमका उसु खेलाडी निता खड्काको मृत्यु भएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी १८ वर्षीया निता खड्का आज मृत्यु भएको हो। मकवानपुरको हेटौडामा सम्पन्न प्रथम अन्तर प्रदेश स्तरीय राष्ट्रिय उसु प्रतियोगितामा सहभागी भएर फर्किदै गरेको सुदूरपश्चिमका उसु खेलाडीहरुको गाडीलाई आज बिहान ट्रकले ठक्कर दिएको थियो। कपिलवस्तुको चन्द्रौटाबाट करीव १५ किमी पश्चिम स्थित चोरखोलामा राति एक बजे उसु खेलाडीहरु चढेको सुप यातायात सुप यातायातको ३३९२ नम्बरको बसलाई ट्रकले ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट घाइते भएकी खड्कालाई उपचारका लागि तत्काल बुटवलस्थित लुम्बिनी प्रदेश अस्पताल लगिएको थियो। जहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए। उक्त गाडीमा नितासँगै ११ जना सवार…

Read More

काठमाडौं : प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगितामा सुदूरपश्चिम प्रदेशसँग पराजित हुँदै गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ । कीर्तिपुरस्थित त्रिवी मैदानमा भएको खेलमा गण्डकीलाई सुदूरपश्चिम प्रदेशले २४ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ६ विकेट गुमाएर १२७ रन बनाएको थियो । १२८ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १०३ रनमात्रै बनापछि सुदूरपश्चिम २४ रनले विजयी भयो । गण्डकीकी सुमन खतिवडाले सर्वाधिक ४९ रनमा अविजित रहिन् । उनले ४८ बलमा ४ चौका र १ छक्का प्रहार गरिन् । ओपनर सिर्जना पौडेल र सिमाना केसीले क्रमश १५ र १९ रन बनाए । ज्योत्सनिका मरासिनीले…

Read More

काठमाडौं : सरकारले बालकुमारी घटनामा संयमता कायम नगरेको भन्दै सातदोबाटोका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेश जोशी र मन्त्री प्रकाश ज्वालाका पिएसओ प्रहरी नायब निरीक्षक (सई) बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय गरेको छ। शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित बसेको सुरक्षा अधिकारीहरूको बैठकले उनीहरूलाई कारबाही गर्ने निर्णय गरेको हो। गृहमन्त्री श्रेष्ठका अनुसार फिल्डमा खटिएका प्रहरी नायब उपरीक्षक, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाका पिएसओलाई निलम्बन गर्ने निर्णय भएको छ। यस्तै, ललितपुरका एसएसपी शिद्धिविक्रम शाहलाई प्रहरी हेडक्वार्टर र सीडीओ रूद्रप्रसाद पण्डितलाई थप सोधपुछका लागि गृह मन्त्रालय तानिएको छ। यस्तै, इपिएस शाखाका निर्देशक गुरूदत्त सुवेदीलाई सरूवा गर्ने निर्णय पनि सरकारले गरेको…

Read More

काठमाडौ : बालकुमारी घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई सरकारले १०/१० लाख रूपैयाँ दिने भएको छ।  आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहित बसेको  सुरक्षा अधिकारीहरूको बैठकले मृतकका परिवारलाई १०/१० लाख रूपैयाँ दिने निर्णय गरेको गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए।  शुक्रबार इपिएस भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित भएकाहरूले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री चढ्ने सरकारी गाडीमा आगजनी गरेका थिए। त्यसपछि तनावग्रस्त बनेको ग्वार्को क्षेत्रमा प्रहरीले लाठी चार्ज, अश्रुग्यास र गोलीसमेत चलाएको थियो। घटनामा दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो।

Read More

कैलाली : पछिल्लो समयमा सुदूरपश्चिममा माछापालन व्यवसायतर्फ कृषकको आकर्षण बढ्दै गएको छ । यहाँका करिब दुई सयभन्दा बढी प्राकृतिक तालतलैया र सयौँ कृत्रिम पोखरीमा व्यावसायिक माछापालन हुँदै आएको छ ।  सरकारी तथ्याङ्कअनुसार सुदूरपश्चिममा वार्षिक १० हजार मेट्रिकटन माछा उत्पादन हुँदै आएको छ । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्ला माछा उत्पादनको प्रमुख केन्द्रका रुपमा विकसित हुँदै गएको मत्स्यविकास केन्द्र गेटा कैलालीका प्रमुख सूर्य शाहीले बताए । सुदूरपश्चिममा उत्पादित माछाले यहाँको ७५ प्रतिशत माग धानिरहेको बताउँदै उहाँले बाँकी २५ प्रतिशत भारत तथा अन्य प्रदेशबाट आयात भइरहेको जानकारी दिए । सुदूरपश्चिममा माछाको खपत पनि बढ्दै गएको छ । एक व्यक्तिले वार्षिक सरदर…

Read More

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल)को उपाधिका लागि  शनिबार धनगढी एफसी र ललितपुर सिटी एफसीबीच भिडन्त हुने भएको छ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपराह्न ५:३० बजे शुरु हुने खेलमा धनगढी र ललितपुर भिड्न लागेका हुन्। पोखरा थण्डर्सलाई टाईब्रेकरमा ४–३ ले हराउँदै धनगढी फाइनलमा पुगेको हो । पोखरालाई २–१ गोल अन्तरले पराजित गर्दै ललितपुरले धनगढी एफसीसँग उपाधि भिडन्त पक्का गरेको हो। धनगढीका कप्तान देवेन्द्र तामाङले पहिलो संस्करणमा फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको पक्षलाई स्मरण गर्दै यो सिजनमा उपाधिका लागि तयारी गरेको बताएका छन्। ललितपुरका कप्तान अनन्त तामाङले यो सिजन जित्नका लागि आफूहरु तयार रहेको प्रतिक्रिया दिएका छन्। प्रतियोगिताको विजेताले ७० लाख रुपैयाँ…

Read More

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत उपभोग गरेका तर त्यसबापतको प्रिमियम सहितको महशुल नतिरेका थप १४ वटा उद्योगहरुको विद्युत आपूर्ति बन्द गरेको छ । प्राधिकरणले शुक्रबार ५ करोड रुपैयाँभन्दा बढी विद्युत् बक्यौता भएका ग्राहकहरुको विद्युत् लाइन काटेको हो । बाबा जुट मिल (५ करोड ६१ लाख रुपैयाँ), निगाले सिमेन्ट (१४ करोड २१ लाख रुपैयाँ), त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज (१५ करोड ६६ लाख रुपैयाँ),हिमाल आइरन एण्ड स्टील (८ करोड १३ लाख रुपैयाँ), जगदम्बा इन्टरप्राइजेज (४७ करोड ९८ लाख रुपैयाँ), हामा आइरन (११ करोड ५५ लाख रुपैयाँ),एभरेष्ट पेपर मिल (२१ करोड ३६ लाख रुपैयाँ)को लाइन काटिएको…

Read More

काठमाडौं : कार्यान्वयनको लागि अधिकार माग्दै मुख्यमन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन्। आज बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर उनीहरुले नौ बुँदे निर्णय बुझाउँदै ध्यानाकर्षण समेत गराएका हुन्। हिजो मकवानपुरको हेटौँडामा भएको मुख्यमन्त्रीहरुको भेलाले गरेको निर्णयअनुसार सङ्घीयता कार्यान्वयन र संविधानमा प्रदत्त अधिकार प्रदेश सरकारलाई दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्। गृहमन्त्री नारायणकाजी श्रेष्ठ समेत सहभागी भेटमा मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीलाई साझा अवधारणापत्र बुझाएका हुन्। पहिले पोखरामा भएको निर्णय पनि कार्यान्वयन नभएको र अहिलेको यो नौ बुँदे साझा अवधारणापत्रलाई त्यसैगरी बेवास्ता नगर्न पनि उनीहरुले भनेका छन्। हिजो हेटौँडा भेला सकेलगत्तै मुख्यमन्त्रीहरु काठमाण्डौ आएका थिए। सात वटै प्रदेशका मुख्यमन्त्रीहरुले सङ्घीयता कार्यान्वयनमा सङ्घीय सरकार गम्भीर…

Read More

रुपन्देही : रुपन्देहीको मर्चवारी गाउँपालिका–१ इस्लामपुरमा एक बालिकाको हत्या भएको छ। स्थानीय सात वर्षीया नन्दनी कुर्मीको हत्या भएको हो। उनको शव मर्चवारी–१ इस्लामपुरमा आज फेला परेको हो। कुर्मी शुक्रबारदेखि हराइरहेकी थिइन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मनोहर भट्टका अनुसार कुर्मीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्यामा संलग्न रहेको आशङ्कमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भट्टले बताए।

Read More