धनगढीः कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
घोडाघोडी नगरपालिका-१० स्थित तुल्सीपुर सामुदायिक वनमा पहलमानपुरका ४० वर्षीय धनबहादुर शाहको बुधवार मृत्यु भएको हो। करेन्ट लागेर गम्भिर घाइते भएका उनलाई उपचारका लागि घोडाघोडी अस्पताल सुखडमा लग्दा मृत घोषणा गरिएको थियो।
करेन्ट लागेर एक जना घाइते पनि भएका छन्। घाइते हुनेमा मोहन्याल गाउँपालिका-३ की ३६ वर्षीया दुर्गा खत्री रहेकी छिन्। खत्रीलाई उपचारको लागि घोडाघोडी अस्पताल सुखड हुँदै थप उपचारको लागि मेडिकल कलेज कोहलपुर रिफर गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
घटनाको कारण खुल्न नसकेको र यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
Facebook Comments Box