बझाङ : बझाङमा जीपको ठक्करबाट एक महिला घाइते भएकी छन्। जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर ४ बागथला तल्ला बजारमा घर अगाडीको धारामा पानी लिन जाने बेलामा जीपले ठक्कर दिँदा सोही ठाउँकी ५५ वर्षीया महेश्वरी मल्ल घाइते भएकी हुन् ।
बुधवार बिहान बागथलाबाट चैनपुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १३१६ नम्बरको जीपले ठक्कर दिएको प्रहरीले जनाएको छ।
घाइते मल्लको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचार भइरहेको छ। घटना बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box