Author: महेन्द्रनगर पोष्ट

रामेछाप: रामेछापको सुनापति गाउँपालिकाको भवन उद्घाटनका क्रममा त्यहाँ कार्यरत कर्मचारीहरूले नृत्य प्रस्तुत गरेका छन्। गाउँपालिकाको भवन उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार रामेछाप पुगेका थिए। प्रचण्ड आउने भएपछि गाउँपालिकाले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। चर्को आलोचना भएपछि सो निर्णय फिर्ता लिइएको थियो। बिहीबार प्रचण्डले भवन उद्घाटन गरे। समारोहमा कर्मचारीहरूले नाचेर प्रधानमन्त्रीको स्वागत गरेका थिए।

Read More

डडेल्धुरा: जिल्ला सरदुमकाम खलंगामा रहेको महेन्द्र माविले अमरगढी नगरपालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेको छ। आज सम्पन्न नगरस्तरीय प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै महेन्द्र माविले शिल्ड उचालेको हो। उसले २१ स्वर्ण, १४ रजत र ७ कास्य गरी कूल ४२ पदक जित्दै प्रथम स्थान हासिल गर्‍यो। उपाधिसँगै महेन्द्रले नगद २५ हजार, शिल्ड र प्रमाणपत्र पनि पाएको छ। प्रतियोगितामा जिल्ला सदरमुकामकै माउन्टेन बोर्डिङ स्कुल बागबजार द्वितीय भएको छ । माउन्टेनले १० स्वर्ण, १४ रजत र ९ कास्य गरी कूल ३३ पदक जितेको छ। उसले दोस्रो स्थान हासिल गरेबाफत नगद २० हजार रुपैयाँ र प्रमाणपत्र पाएको अमरगढी नगरपालिका शिक्षा शाखा अधिकृत…

Read More

काठमाडौं : डीएसपी सुधीर राईको जिल्ला प्रहरी परिसर ललितपुरमा सरूवा भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले राईलाई ललितपुर पठाएको हो। उनलाई जिल्लाको ‘अपरेसन कमान्डर’को जिम्मेवारी दिइएको छ। गत शुक्रबार बालकुमारीस्थित इपिएस कोरिया शाखामा भाषा परीक्षाका लागि आवेदन दिन पुगेकाहरू र प्रहरीबीच झडप भएको थियो। दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो। दुई युवाको मृत्यु भएपछि ललितपुरमा रहेका अपरेसन कमान्डर डीएसपी उमेश लम्साल निलम्बित भएका थिए। गोली चलाउन निर्देशन दिएको भन्दै उनलाई निलम्बन गरिएको थियो। लम्सालको ठाउँमा राईलाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

Read More

काठमाडौं : लागूऔषधको मुद्दा मिलाइदिने भन्दै सेवाग्रहीसँग ३० हजार घुस लिने नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) पवन साउदविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियास्थित इलाका प्रहरी कार्यालय मैनापोखरीमा तत्कालीन कार्यरत सई साउदविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। बढैयाताल गाउँपालिका–६ स्थित इलाका प्रहरी कार्यालयमा कार्यरत साउदले लागूऔषध मुद्दा मिलाइदिने भन्दै घुस मागेका थिए। सोही सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित सम्पर्क कार्यालयबाट खटिएको टोलीले साउदलाई सेवाग्राहीसँग लिएको ३० हजार रुपैयाँ घुससहित कार्यालयको मुद्दा शाखाबाट पक्राउ गरेको हो। आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार साउदविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ ९१० (ख) मा…

Read More

धनगढी : निर्वाचन आयोगले निर्वाचन अधिकृत परिवर्तन गरेको छ। माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका गत पुस १२ गते आयोगले सात वटै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको थियो। तर, फेरी निर्वाचन आयोगले निर्वाचन अधिकृत परिवर्तन गरेको हो। न्याय परिषद्को निर्णयको आधारमा जिल्ला अदालतका केही न्यायाधीशहरू उच्च अदालतमा नियुक्त भएसँगै आयोगले पनि आफ्नो पूर्व निर्णयहरु हेरफेर गरेको जनाइएको छ। यसअघि सुदूरपश्‍चिम प्रदेशका लागि ओमप्रसाद अर्याल नियुक्त भएका थिए। तर, आयोगले अब उनको ठाउँमा विष्णुप्रसाद अवस्थीलाई नियुक्त गरेको हो। यसअघि कोशी प्रदेशका लागि दुर्गा प्रसाद ढुङ्‍गेल, मधेश प्रदेशका लागि नारायण प्रसाद सुवेदी, गण्डकी प्रदेशका लागि केशव प्रसाद बास्तोला, लुम्बिनी प्रदेशका…

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली सेनाको एमआई १७ हेलिकोप्टरमा रामेछाप गएका छन्। उनी डेढ दर्जन सदस्य रहेको टोलीका साथ रामेछापको सुनपाति गाउँपालिका पुगेका हुन्। प्रधानमन्त्रीले सुनपाति गाउँपालिकाको प्रमुख प्रशासकीय भवन उद्घाटन गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीको टोलीमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, प्रधानमन्त्री पुत्री गंगा दाहाललगायत छन्। प्राप्त विवरणमा काठमाडौंबाट प्रधानमन्त्री दाहालसँगै रामेछाप गएकामा युवराज चौलागाईं, टंकलाल घिसिङ, मनहरि तिमिल्सिना, शिव खकुरेल, प्रदीपराज वन्त र नवराज दाहाल छन्। त्यसैगरी सुरक्षाकर्मीहरुमा लेफिट्नेन्ट कर्नेल निरज भण्डारी, मेजर प्रशान्त थापा, डिएसपी हेमन्त कार्की, राष्ट्रिय अनुसन्धान विभागका एसपी हेमन्त कार्की, इन्सपेक्टर मनोज थापालगायत डोलेन्द्र घिमिरे, विनोद बोहोरा र घनश्याम श्रेष्ठ रहेको…

Read More

धनगढी : मध्यपश्चिम विश्वविद्यालयले प्रश्नपत्र आउट गरेको जनाउँदै परीक्षा व्यवस्थापन कार्यालयका प्रमुखसहित इन्जिनियरिङ शाखामा काम गर्ने छ जना कर्मचारीलाई निलम्बन गरेको छ। पुस ३ गतेदेखि सञ्चालन हुने भनिएको परीक्षाको प्रश्नपत्र अघिल्लो दिन साँझ नै सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएपछि परीक्षा व्यवस्थापन प्रमुख नगेन्द्र साउदसहित छ जनालाई निलम्बन गरिएको हो। ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङतर्फ स्नातक तह छैटौं सेमेस्टरको डिजाइन अफ स्ट्रक्चर विषयको परीक्षा हुनुअघि नै प्रश्नपत्र बाहिरिएको थियो। प्रश्नपत्र बाहिरिएपछि परिक्षा तत्काल रद्द गरियो। अहिले उक्त घटनाबारे छानबिन भइरहेको विश्वविद्यालयले जनाएको छ।

Read More

काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेबारे २५ पुसपछि मात्र धारणा सार्वजनिक गर्ने भएको छ। क्यानका सचिव पारस खड्काले सन्दीपबारे त्यसपछि मात्र क्यानले आफ्नो धारणा सार्वजनिक गर्ने बताएका हुन्। उनका अनुसार सन्दीपका वकिल र त्रिकेट संघका कानुन सल्लाहकारसँग कुराकानी भएको थियो। उनले अघि भने, ‘२५ पुसमा के फैसला हुन्छ, त्यसपछि हामी बोल्छौं।’ बलात्कारको मुद्दामा दोषी ठहर भएका लामिछानेको सजाय तोक्न २५ पुसमा पेशी तोकिएको छ। जिल्ला अदालत, काठमाडौंले गौशाला २६ माथि बलात्कार भएको घटनामा क्रिकेटर सन्दीप लामिछानेलाई गत शुक्रबार दोषी ठहर गरेको थियो। न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई दोषी ठहर गर्दै सजाय सुनाउन २५ पुसमा पेसी तोकेका छन्।

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका मुख्य सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ। प्रधानमन्त्री प्रचण्डले गत मंसिर २० देखि लागू हुनेगरी गजुरेलको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलले नियुक्त भएको १० महिनापछि गत २० मंसिरमा गजुरेलले राजीनामा बुझाएका थिए। तर, उनको राजीनामा गुपचुप पारिएको थियो। गजुरेलले सरकारको काम कारवाहीसँग नीतिगत रूपमा असहमति रहेको बताउँदै राजीनामा दिएको स्रोतको भनाइ छ।

Read More

काठमाडौँ : नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास सिंहदरबार उक्त भेटवार्ता भएको हो। भेटका अवसरमा नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युत्को विकासमा सहकार्यका बारेमा छलफल भएको छ।

Read More