Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : सशस्त्र प्रहरी बल प्रधान कार्यालयले बरिष्ठ हवल्दार पदमा बढुवाका लागि ४० जनाका नाम सिफारिस गरेको छ । साधराण समूहतर्फ रिक्त रहेका एवं माथिल्लो पदमा बढुवा भएपछि रिक्त हुन आउने सशस्त्र प्रहरी बरिष्ठ हवल्दाकार लागि नियम ३८ को उपनियम ९३० बमोजिम ४० जना सशस्त्र प्रहरी हलल्दारहरुलाई सशस्त्र प्रहरी बरिष्ठ हवल्दारका लागि बढुवा सिफारिस गरेको हो । सिफारिस भएका उम्मेदवारविरुद्ध सात दिनभित्र उजुरी दिन सकिने पनि सूचनामा उल्लेख गरिएको छ । halda_rDownload

Read More

ताप्लेजुङ : प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पछिल्लो पटक ९८ तोलाभन्दा बढी सुन सङ्कलन भएको छ । पछिल्लो १५ महिनाको अवधिमा भक्तजनले चढाएको ९८ तोला ४१ लाल सुन सङ्कलन गरि तौल गरिएको तौल मूल्याङ्कन तथा ‘रिफाइन’ उपसमितिका अध्यक्ष शम्भुप्रसाद गौतमले बताए । उनका अनुसार उक्त सुन ‘रिफाइन’ गरिएको छैन । यस्तै सोही अवधिमा नै ९२ किलो छ सय ५० ग्राम चाँदी सङ्कलन भएको छ । चाँदीसमेत रिफाइन गरिएको छैन । गत वर्षको भदौ ७ देखि गएको मङ्सिर १६ गतेसम्म मन्दिरमा सङ्कलित उक्त रिफाइन नगरी तौल भएको सुन, चाँदी रिफाइन गर्ने तयारी गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । यसअघि दुई…

Read More

धनगढी: चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सुदूरपश्चिमको गेटामा मेडिकल विश्वविद्यालय उपयुक्त नहुने बताएका छन् । सोमबार धनगढीको कृष्णमन्दिर धर्मशालामा अनसन तोडेपछि पत्रकारहरुसँग कुरा गर्दै उनले सुदूरपश्चिममा ३०० शय्याको अस्पताल र मेडिकल कलेज उपयुक्त हुने बताए । विशेषज्ञ सेवासहितको ३०० शय्याको अस्पताल र मेडिकल कलेज सञ्चालन गर्ने भनी सरकारले आफूसँग १६ महिनाअघि सहमति गरेको तर अझै रोकेर राखेको केसीले बताए । केसीले विगतमा आफूसँग भएका सहमति कार्यान्वयनलगायतका विभिन्न माग राखेर गत शुक्रबार गेटा अस्पतालमा अनसन बस्न खोज्दा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले अवरोध गरेको थियो । उक्त संघर्ष समितिले गेटामा विश्वविद्यालय बनाउने माग राख्न केसीलाई आग्रह…

Read More

काठमाडौँ : जीतपुरसिमरा उपनगरपालिकाको वडा नम्बर ३ का वडाध्यक्ष तारा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । आयोगको कार्यालय हेटौँडाको टोलीले कार्कीलाई ५ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । वडाध्यक्ष कार्कीलाई जीतपुर स्थित जैशवाल होटेलबाट पक्राउ गरिएको आयोगको कार्यालय हेटौँडाका सूचना अधिकारी (उपसचिव) गोविन्द प्रसाद गौतम जानकारी दिए । वडाबाट हुने सिफारिसका लागी उनले स्थानीय राजन उप्रेतीसँग घुसबापत ५ लाख नगद रकम लिएको प्रवक्ता गौतमले बताए । तर सडक (बाटो) बनाउन सिफारिसका लागी घुस लिएको बुझिएको छ ।

Read More

काठमाडौं : चिकित्सा शिक्षा सुधारका लागि अनसन सुरु गरेका डा गोविन्द केसीले ७२ घण्टापछि अनसन तोडेका छन्। गत शुक्रबार धनगढीमा अनसन सुरु गरेका उनले सोमबार धनगढी उपमहानगरपालिका–७ कि रेनुका चौधरी र धनगढी–१ कि अञ्जली नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन्। धनगढीको कृष्णमन्दिरको धर्मशालामा अनसन बसेका डा केसी अनसन स्थगित गरेर डाक्टर केसी सेति प्रादेशिक अस्पतालमा भर्ना भएका छन्। डा केसीले विभिन्न माग राखेर ७२ घण्टा अनसन बस्ने घोषणा गरेका थिए।

Read More

काठमाडौं : नेपाली सेनाका दुई तारे जर्नेल (उपरथी) हरुको सरुवा भएको छ । सात जना उपरथीको सरुवा नियुक्ति तथा अतिरिक्त कार्य काज नियुक्ति गरिएको हो । सरुवाको पहिलो नम्बरमा मध्यपूर्वी पृतना हेडक्वार्टरका उपरथी प्रेमध्वज अधिकारी रहेका छन् । ब्याच नम्बर १७६२ भएका उनको युध्दकार्य विभागको विभागीय प्रमुखमा पदस्थापन भएको छ । उपरथी दिपककुमार बानियाँ कार्यरथी विभाग पुगेका छन् । उनले कार्यरथीसँगै अतिरिक्त निमित्त निरीक्षणाधिकृतको समेत जिम्मेवारी सम्हाल्ने छन् । ब्याच नम्बर १७७० भएका उनी पश्चिम पृतना हेडक्वार्टरमा कार्यरत थिए । सैनिक ईन्टेलिजेन्स महानिर्देशनालयको महानिर्देशकमा विजय थापा आएका छन् । सुदूरपश्चिम पृतना हेडक्वार्टरबाट सरुवा भएका उनको ब्याच नम्बर १७७५ रहेको छ…

Read More

मुगु : मुगुमा दलित भएका कारण स्थानीयले गाउँ निकाला गरेका छन्। जिल्लाको सोरु गाउँपालिकास्थित खनया स्वास्थ्य चौकीमा कार्यरत अनमि तुलसाकुमारी विकलाई स्थानीयले गाउँ निकाला गरेका हुन्। उनीहरुले दलितले छोएको औषधि नखाने भन्दै महिलालाई त्यहाँबाट जान बाध्य पारेको आरोप छ। अनमि बिक भन्छिन्, ‘मन्त्रालयले सरुवा दिँदैन। यता गाउँलेले बबाल गरेका छन्। जागिर छाड्नुको विकल्प छैन।’

Read More

अछाम: अछाममा जीप दुर्घटना भएको छ। जिल्लाको मंगलसेन नगरपालिकामा जीप दुर्घटना भएको हो। जिल्लाको तुर्माखादा गाउँपालिकाबाट मंगलसेन आउदै गरेको से १ ज ७७५ नम्बरको जिप दुर्घटना भएको अछाम प्रहरीले जनाएको छ। अछाम जिल्ला अस्पताल सडक खण्डमा दुर्घटना भएको हो। जीपमा सवारहरुको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।

Read More

धनगढीः स्थानीयले कैलालीको अत्तरियास्थित गोदावरी नगरपालिका घेराउ गरेका छन्। गोदावरी नगरपालिका वडा नम्बर ६ का स्थानीयले आज (सोमबार) नगरपालिका कार्यालय घेराउ गरेका हुन्। छुटपिट नापीको माग गर्दै गोदावरी नगरपालिका वडा नम्बर ६ का स्थानीय आन्दोलित छन्। उनीहरु नाराबाजी गर्दै वडा नम्बर ६ देखि छुटपिट नापीको माग गर्दै नगरपालिका पुगेका छन्। स्थानीयले वडामा आधा परिवारको जग्गा नापी गरेर कर्मचारी बेपत्ता भएको बताएका छन्।

Read More

धनगढी: कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा क्यामेरा ट्रयापिङ विधिबाट बाघको गणना गर्ने काम जारी छ। नेपालमा हरेक चार वर्षमा बाघको राष्ट्रिय गणना गरिँदै आएको छ। तीन सय ५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जलाई २-२ वर्गकिलोमिटरका ९२ ग्रिडमा विभाजन गरिएको छ। हरेक ग्रिडमा बाघ हिँडने बाटो पहिचान गरी एक-एक जोडी स्वचालित क्यामेरा जडान गरिएको छ। १५ दिनसम्म जडान गरिएको क्यामेराका नियमित अनुगमन तथा रेखदेख गर्ने काम भइरहेको छ। बाघको अनुगमनका लागि जडान गरिएको क्यामेराको स्विच अन गरेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर सिन्धुप्रसाद ढुंगानाले औपचारिक रुपमा अनुगमन गरेका हुन्। हरेक ग्रिडमा बाघ हिँडने क्षेत्र पहिचान गरी क्यामेरा जडान गरिएको…

Read More