Author: महेन्द्रनगर पोष्ट

मुम्बई : रियालिटी शो बिग बोसले १७औँ संस्करणको विजेता मुनव्वर फारुकी भएका छन् । आइतबार राति बिग बोसको १७ औँ संस्करणको विजेता घोषणा गरिएको हो । अभिनेता सलमान खानले सञ्चालन गर्दै आएको भारतीय टेलिभिजनको सबैभन्दा रोमाञ्चक तथा विवादास्पद यो शोको टप टू मा मुनव्वर फारुकी र अभिषेक कुमार पुगेका थिए। फारुकीले शोमा उपाधिका साथै ५० लाख भारतीय रुपैयाँको पुरस्कार राशि पाए । यसका साथै उनले बिग बोस १७ को थीम (दिल, दिमाग र दम) मा आधारित एउटा शानदार ट्रफी तथा एउटा हुन्डाई क्रेटा कार समेत हात परे ।

Read More

कैलाली : गत हप्ता कैलालीको जानकी गाउँपालिका–९ स्थित अमरावती सामुदायिक वनभित्र पाटेबाघ मृतावस्थामा भेटियो। बाघको घाँटीमा फसेको पासो निकाल्नसमेत कठिनाइ भएको थियो। सुर्किने गाँठोले घाँटी कस्सिएर बाघको निस्सासिएर मृत्यु भएको डिभिजनल वन अधिकृत रामविचारी ठाकुरले जानकारी दिए। गत वर्षको असार ५ गते टीकापुर नगरपालिका–२ स्थित जनशक्ति सामुदायिक वनमा पनि पाटेबाघ मृत फेला परेको थियो। घाँटीमा तारको पासो लागेर मृत्यु भएको अवस्थामा बाघ फेला परेको थियो। एक वर्षको अन्तरालमा कैलालीमा  विश्वकै लोपोन्मुख प्रजातिका रुपमा रहेका दुई पाटेबाघको मृत्युले संरक्षणमा चुनौती देखिएको छ। पाटेबाघ मात्रै होइन यसको बढीको सङ्ख्यामा चितुवा पासोमा परेर मरिरहेका छन्। गत पुस ११ गते कैलालीको गोदावरी नगरपालिका–१० स्थित…

Read More

कञ्चनपुर : परराष्ट्रमन्त्री एनपी साउदले कैलालीको फाप्ला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्ने तयारी भइरहेको  बताएका छन्। आइतबार कञ्चनपुरको भीमदत्त नगरपालिका– ४ महेन्द्रनगरस्थित खुलामञ्चमा तेस्रो मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री साउदले खेल क्षेत्रले देशलाई विश्वमाझ चिनाउने काम गरेको बताए। उनले सरकारले खेल पूर्वाधार निर्माणमा समेत क्रमश: लगानी बढाउँदै लगेको दाबी गरे। ‘फाप्ला स्टेडियमलाई गौरवको आयोजना घोषणा गर्दैछौँ । त्यसका लागि प्रक्रियागत कुरा अगाडि बढेको छ,’ उनले भने, ‘खेलकूदले देशलाई विश्वमाझ चिनाउँछ । पूर्वाधार निर्माणमा सरकारको प्राथमिकतामा छ।’ उनले नेपालको क्रिकेट खेल अभ्यासका लागि भारतले स्टेडियम उपलब्ध गराउने प्रतिवद्धता जनाएको समेत बताए। जसबाट नेपाली क्रिकेट खेलाडीलाई अभ्यासमा सघाउ…

Read More

डोटी : डोटीमा बाैलाहा कुकुरले एकै दिन १० जनालाई टोकेको छ। आइतबार दिपायल सिलगढी नगरपालिका ४, ५ र ६ का १० जनालाई बौलाहा कुकुरले टोकेको प्रहरीले जनाएको छ। कुकुरलाई स्थानीय, प्रहरी र भेटेरिनरी अस्पतालको संयुक्त प्रयासबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सिताराम विष्टले वताए । बौलाहा कुकुरलाई भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको जिम्मा लगाइएको छ। बौलाहा कुकुरले टोकेका सबै जनाले रेबिजको भ्याक्सिन लगाई सामान्य अवस्थामा घर फर्किएका प्रहरीले जनाएको छ।

Read More

डडेल्धुरा : डडेल्धुरामा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको चार वर्षमा झन्डै १५ प्रतिशत जनसंख्या मात्रै आबद्ध भएका छन् । स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको चार वर्षसम्म पनि न्यून जनसंख्या मात्रै कार्यक्रममा आबद्ध भएको हो ।  स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालय डडेल्धुराका अनुसार ०७६ फागुनदेखि अहिलेसम्म आठ हजार सात सय ६५ परिवारका २० हजार ६ सय १६ नागरिकले स्वास्थ्य बिमा गरेका छन् । जुन कुल जनसंख्याको १४ दशमलव ७७ प्रतिशत हुन्छ । ०७८ को जनगणनाअनुसार डडेल्धुराको जनसंख्या एक लाख ३९ हजार ६०२ छ । कार्यालयका दर्ता अधिकारी ईश्वरदत्त जोशीका अनुसार जिल्लामा शुल्क तिरेर बिमा गर्नेको संख्या १२ हजार सात सय तीन छ ।…

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।  देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।  तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने महाशाखाको भनाई छ । साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध छ।

Read More

काठमाडौंः राष्ट्रिय जनता दलका अध्यक्ष नीतीश कुमारले भारत बिहार राज्यको मुख्यमन्त्रीका रुपमा शपथ लिएका छन्। नीतीशले आजै राजीनामा दिएर पुरानो सरकार भंग गरेका थिए। शपथ ग्रहण समारोहमा भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डा, लोक जनशक्ति पार्टीका नेता चिराग पासवान समेत कयौं नेता उपस्थित रहेको भारतीय संचार माध्यमले जनाएका छन्। यसअघि तेजस्वी यादव नेतृत्वको राष्ट्रिय जनता दलसँग मिलेर सरकार बनाएका नीतीशले गठबन्धन फेरेका हुन्। उनलाई अब भारतीय जनता पार्टीको समर्थन छ। उनले भाजपाका तीनसहित ८ जनालाई मन्त्री बनाएका छन्। उनको दलबाट चार तथा हिन्दुस्तानी अवाम मोर्चा र निर्दलीय एकजना मन्त्री बनेका छन्। नीतीशको दल बिहार विधानसभामा तेस्रो ठूलो दल हो। तर,…

Read More

धनगढीः भारतको बिहार राज्यका मुख्यमन्त्री नीतिश कुमारले पदबाट राजीनामा दिएका छन्। जनता दल युनाइटेड (जेडीयू) का अध्यक्ष नीतिशले भारतीय जनता दल बीजेपी नेतृत्वको एनडीए गठबन्धनमा फर्किने तयारीका लागि राजीनामा दिएको बताइएको छ। भारतीय सञ्चारमाध्यममा जनाइएअनुसार बीजेपी र जेडीयू दुवैले आगामी लोकसभा निर्वाचनमा बिहारको सीट बाँडफाँडको सहमति गरिसकेका छन्। नीतिशले आजसमेत गरेर मुख्यमन्त्री पदबाट राजीनामा दिएको आठौं पटक भएको छ। उनले यसअघिको विपक्षी महागठबन्धन ‘इण्डिया’ सँगको सम्बन्ध तोड्दै आगामी निर्वाचनमा पुनः मुख्यमन्त्री बन्ने सम्भावनालाई बलियो बनाएको ठानिएको छ।

Read More

धनगढीः त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयभित्र कर्मचारीसँग विवाद गर्ने र कुटपिटमा उत्रिएका प्रहरीलाई विमानस्थलबाट हटाइएको छ। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा ती प्रहरीलाई हटाइएको हो। आइतबार दिउँसो उनीहरूको ठाउँमा अन्य प्रहरीलाई डिउटीमा खटाइएको थियो। गृह मन्त्रालयका प्रवक्ता नारायण भटराईका अनुसार ती प्रहरीलाई डिउटीमा खटाइएको छैन। उनले प्रहरीलाई कारबाही गरेको नभई जिम्मेवारी हेरफेर गरेको मात्र बताएका छन्। निजामती कर्मचारी सङ्गठनका प्रतिनिधिहरूले उनीहरूलाई तीन दिनभित्र कारबाही नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका थिए। उनीहरूले गृहमन्त्री श्रेष्ठलाई भेटेर प्रहरीबाटै कर्मचारीहरू असुरक्षित भएको जानकारी गराएका थिए। विमानस्थल अध्यागमन कार्यरत कर्मचारीहरू दुई दिन यता कालो पटी बाँधेर काम गरिरहेका छन्। शुक्रबार दिउँसो अध्यागमन कार्यालयका अधिकृत…

Read More

डडेल्धुरा : नेपाली काँग्रेस डडेल्धुराले आफ्नो वेबसाइट सञ्चालनमा ल्याएको छ। आज (आइतबार) एक कार्यक्रमकाबीच काँग्रेस डडेल्धुराले जिल्ला कार्य समिति डडेल्धुराको वेबसाइट सञ्चालनमा ल्याएको हो। वेबसाइटमा काँग्रेस डडेल्धुराको हरेक गतिविधि हेर्न सकिने जिल्ला सभापति भीमबहादुर साउदले जानकारी दिए।

Read More