Author: महेन्द्रनगर पोष्ट

धनगढीः सुदूरपश्चिममा दसैँ, तिहार र छठ पर्व लक्षित सुरक्षा योजना कार्यान्वयन गर्ने क्रममा एक सय ६२ जुवाडेलाई पक्राउ गरेको छ। कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा नौ लाख ६४ हजार छ सय ८६ सहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा कैलालीबाट ७७ र कञ्चनपुरबाट ८५ जना रहेका र उनीहरूलाई कानुनबमोजिम कारबाही अघि बढाइएको प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसीले बताए। प्रदेशका नौ जिल्लामा सामान्य अवस्थामा सात हजार पाँच सय प्रहरी परिचालित हुने गरेकामा चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनका लागि थप चार हजार गरी ११ हजार पाँच सय प्रहरी परिचालन गरिएको उनले…

Read More

काठमाडौंः बडादसैँको आठौँ दिन आज देशभर माता दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ। आजको दिन दसैँघर र कोतलगायत विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने चलन छ। आज दसैँघर तथा जमरा कोठामा दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गर्नुका साथै फलामबाट बनाइएका हातहतियार र सवारीसाधनलाई सफासुग्घर गरी बलिसहित पूजा गर्ने प्रचलन छ। पशुबलि नचढाउनेहरू आजको दिन जमराकोठामा घिरौला, कुभिन्डो, मूला आदि बलि दिई दुर्गा भवानीलाई खीर तथा नरिवल चढाउने गर्दछन्। बडादसैँको आठौँ दिन माता पार्वतीको रूप मानिने महागौरीको विशेष पूजा गरिन्छ ।…

Read More

धनगढी: कैलालीमा लडेर एकजनाको मृत्यु भएको छ। बिहीबार जिल्लाको चुरे गाउँपालिका वडा न.०५ बस्ने राम धामीको छोरा अन्दाजी १७ वर्षीय अनिल धामीको लडेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर बिष्टले धामीको सोही क्षेत्रस्थित राष्ट्रिय बनको अम्रेनि भीर भन्ने ठाँउमा लडेर मृत्यु भएको जानकारी दिए। मृतक बाख्रा चराउन गएकोमा अचानक भीरबाट लडेको बताइएको छ। यस्तै आजै उता भजनीमा भने थ्रेसरमा परेर एक महिला घाइते भएकी छन्। भजनी नगरपालिका ०९ पहलवान बस्ने २२ वर्षीया सुस्मा चौधरी आफ्नै घर पछाडी खेतमा धान थ्रेसरमा लगाउने क्रममा दोपट्टा बेरिएर घाइते भएकी हुन्। अहिले उनको भजनीमै उपचार जारी छ।

Read More

काठमाडौं: अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को ९२ औं महासभामा भाग लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक स्कटल्याण्ड जाने भएका छन्। उनीहरुको भ्रमण गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको जनाइएको छ। यसपटक इन्टरपोलको महासभा ४ देखि ७ नोभेम्बर (१९/२३ कात्तिक) मा हुँदैछ। स्कटल्याण्डको ग्लास्गो सहरमा हुने महासभामा भाग लिन नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल जान लागेका हुन्।

Read More

धनगढी: कैलालीको घोडाघोडी नगरपालिका–१, जनकपुरमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ। सडकमा हिँडिरहेको अवस्थामा सुप प्र ०१०१० प १७४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ७८ वर्षीय मणीराम सापकोटाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक दीपेन्द्रकुमाल पालले जानकारी दिए। बिहीबार अपराह्न ४ बजेतिर मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका सापकोटालाई घोडाघोडी अस्पतालमा पुर्‍याइएलगत्तै मृत घोषणा गरिएको थियो। मोटरसाइकल चालक घोडाघोडी–१, बेलारका २५ वर्षीय खडक रेग्मी प्रहरीको नियन्त्रणमा रहेका पालले जानकारी दिए। यस्तै कैलालीमै सवारी दुर्घटनामा परेर अर्की एक महिलाको पनि मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका–७ खरौलास्थित सुदूरपश्चिम प्रदेश ०१००२ त ६८३५ नम्बरको ट्याक्टरमा सुदूरपश्चिम प्रदेश ०१००९ प १९८१…

Read More

धनगढीः नेपालीलाई आफ्नै देश फर्किदा सास्ती हुन थालेको छ। पश्चिमी सीमा नाका क्षेत्र भएर भारतबाट नेपाल फर्किने नेपालीहरुलाई सास्ती भइरहेको हो। सशस्त्र प्रहरी बलले आवश्यक सहजीकरण नगर्दा गड्डाचौकी र गौरिफन्टामा समस्या भएको स्वदेश फर्किनेहरुको गुनासो छ। कैलालीको गौरीफन्टा नाकामा चेकजाँचका नाममा भारतीय सुरक्षाकर्मीबाट सुरु हुने अनावश्यक सास्तीलाई आफ्नै भूमिमा नेपाली सुरक्षाकर्मीले पनि निरन्तरता दिने गरेका छन्। सुर्खेतको चौकुने गाउँपालिकाका काशीराम सोनी श्रीमती र छोरीसँगै दशैँ मनाउन भारतको गुजरातबाट घर फर्किंरहेका थिए। बुधबार बिहान गौरीफन्टा नाकामा उत्रिएका सोनी सुर्खेत जाने गाडीको खोजीमा थिए। सीमा नाकामा भारतीयदेखि नेपाली सुरक्षाकर्मीले दिएको दुःख सम्झँदा सोनी दम्पती दुखी थियो। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारीका रमेश चौधरीले…

Read More

कञ्चनपुरः भारतका विभिन्न सहरमा लुटिने नेपाली श्रमिकको संख्या बढ्दो छ। चाडपर्वको समयमा घर फर्किने क्रममा लठ्याउने औषधि दिएर नेपाली श्रमिकलाई भारतीय भुमिमै लुटपाट गर्ने गरिएको छ। यसैक्रममा भारतको हिमाञ्चलमा मजदुरी गरेर दशैँतिहार मनाउन घर फर्किँदै गरेका कैलालीको घोडाघोडीका रविलाल बराल पनि लुटिएका छन्। उनी भारतको हरिद्वारमा लुटिएका हुन्। भारतको मैनालीबाट बसको एकै सिटमा बसेर आएका व्यक्तिले नै हरिद्वारको बसपार्कमा विश्राम गरिरहेको बेला लठ्याउने औषधि दिएर लुटेको बरालको भनाइ छ। करिब ५ महिना काम गरेर दसैं मनाउन घर फर्किरहेका उनको कमाई बाटोमै लुटिएको छ। हिमाञ्चलदेखि घर फर्किने क्रममा हरिद्वारमा लुटिएर अलपत्र परेका बराल बुधबार जेनतेन गड्डाचौकी नाकामा पुगेका थिए। बुधबार बिहान…

Read More

धनगढीः कैलालीबाट ४ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–२ तेघरी सामुदायिक वनको जंगलमा जुवातास खेलि रहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन्। पक्राउ पर्नेमा गोदावरी–२ तेघरीका ४१ वर्षीय जगुराम चौधरी सहित ४ जना पक्राउ परेको प्रहरीले जनाएको छ। उनीहरुलाई २२ हजार ९५५ रुपैँया र ३ गड्डी तास सहित प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतिबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। दशैँ नजिकीएसगैँ जुवा खेल्ने र खेलाउने बढेका छन। बिहीवार ९हिजो० मात्रै कैलालीका विभिन्न ठाउँमा २० जना जुवाडे पक्राउ परेका थिए।

Read More

काठमाडौं: विवादित इन्सपेक्टर बिनुकुमारी शाहीमाथि छानबिन गर्न बनाइएको समितिले छानबिन सकाएको छ। छानबिन सकाएको समितिले कारबाहीका लागि सिफारिस गरेको जनाइएको छ। ललितपुरस्थित भैंसेपाटी प्रहरी प्रभागमा इन्चार्ज रहेकी बिनुकुमारी हालै छानबिनमा तानिएकी थिइन्। त्यस अगाडि पनि कञ्चनपुरमा विवादित बनेकी उनीमाथि छानबिन गर्न डीएसपीको नेतृत्वमा समिति बनाइएको थियो। सोही क्रममा उनलाई गृहमन्त्रालयले पनि पदबाट निलम्बन गरेको थियो। उनीमाथि मिलेमतोमा भएको हनि ट्रयापिङ घटनामा सघाएको आरोप छ। सोही आरोपमा छानबिन गर्न गठन भएको समितिले प्रतिवेदन बुझाएको हो।डिएसपी नरहरी अधिकारी नेतृत्वको समितिले बुधबार ललितपुरका प्रहरी प्रमुख एसएसपी शेखर खनाललाई प्रतिवेदन बुझाएको जनाइएको छ। स्रोतका अनुसार समितिले निलम्बित इन्स्पेक्टर बिनुकुमारीलाई फौजदारी मुद्दा नै चलाउनुपर्ने सिफारिस…

Read More

धनगढीः कञ्चनपुरमा एकैदिन ३७ जुवाडे पक्राउ परेका छन्। छुट्टाछुट्टै दुई स्थानमा प्रहरीले बुधबार राति छापा हान्दा ३७ जना पक्राउ परेका हुन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले बिहीबार विहान जारी गरेको बुलेटिनअनुसार बेलौरी नगरपालिकाबाट २७ र कृष्णपुर नगरपालिकाबाट १० जना गरी ३७ जना पक्राउ परेका हुन्। बेलौरी नगरपालिका–५ शोभा तालस्थित शंकर चौधरीले अधिया गरी बसेको चामु चौधरीको बाझो घरको कोठामा जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ परेका हुन्। लालझाडी गाउँपालिका वडा नम्बर ६ चान्देउ बस्ने ३२ वर्षीय जीवन चौधरीसहित २७ जनालाई त्रफाउ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। उनीहरुको साथबाट ५१ हजार एक सय २८ नगद पनि बरामद गरिएको छ। प्रदेश प्रहरी…

Read More