Author: महेन्द्रनगर पोष्ट

दार्चुला : दार्चुलाको व्यासँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमको सरुवा भएको छ । उनको महेन्द्रनगर स्थित भिमदत्त नगरपालिकामा सरुवा भएकोे हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बमलाइ भिमदत्त नगरपालिकामा सरुवा गरेको जनाएको छ । गत बैशाखमा मात्रै व्यासँ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएका बमको ८ महिनामै व्यासँ गाउँपालिकाबाट सरुवा गरेको छ । यस अघि लिखु गाउँपालिका नुवाकोट जिल्लामा कार्यरत रहेका बमलाई संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दार्चुलाको व्यासँ गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा खटाएको थियो । सरुवा भएर गएका बमले विदाई कार्यक्रममा बोल्दै मन्त्रालयले दिएको जिम्मेवारी आफूले कुशलतापूर्वक विताएको प्रतिक्रिया दिएका छन ।…

Read More

बैतडी : बैतडीमा जारी प्रधानमन्त्री कप पुरूष एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट अर्थात् प्लेट च्याम्पियनसिपको उपाधि बझाङले हात पारेको छ । उपाधिसँगै बझाङ इलाइट च्याम्पियनसिपका लागि पनि छनोट हुन सफल भएको छ । प्लेट च्याम्पियनसिपको अन्तिम खेलमा आज डोटीलाई छ विकेटले हराउँदै बझाङ छनोट भएको हो । जितका लागि पाएको ८६ एक सय रनको लक्ष्य बझाङले २९ ओभरमा चार विकेटको क्षतिमा पूरा ग¥यो । त्यसमा सनम बुढाथोकीले अर्धशतकीय पारी खेल्दै ७२ रनको योगदान गरे । सनम खेलका म्यान अफ द म्याच घोषित भएको स्कोरर दीपेन्द्रबहादुर बोहराले बताए । यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा टस हारेर ब्याटिङको निम्ता पाएको डोटीले…

Read More

काठमाडौं : जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोपमा दोषी ठहरिएसँगै उनी जेल जाने भएका छन् । तर, उनले जेलबाहिरै रहेर पुनरावेदन गर्न सक्नेछन् । कानून अनुसार १० वर्षभन्दा कम जेल सजाय भएको अवस्थामा जेलबाहिरै रहेर पुनरावेदन गर्न सकिन्छ । सन्दीपलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ को १, २ र ३ (ङ) अनुसार सजाय गर्ने फैसला न्यायाधीशले गरेका छन् । ३ (ङ) को व्यवस्था १८ वर्षभन्दा माथिको युवतीलाई जबरजस्ति करणी गर्दा आकर्षित हुन्छ । यसमा ७ देखि १० वर्षसम्म जेल सजाय हुन सक्ने कानूनी व्यवस्था छ । सजाय निर्धारणका लागि २५ गते अर्को पेशी तोकिएको छ ।…

Read More

काठमाडौं : जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोपमा दोषी ठहर गरेको छ । सन्दीपलाई बलात्कार आरोपमा दोषी ठहर गर्दै जिल्ला अदालत काठमाडौंले उनलाई सजायको आदेश दिएको छ । मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ (ङ) अनुसार सजाय गर्ने फैसला न्यायाधीशले गरेका छन् । यो व्यवस्थामा बलात्कार अभियुक्तलाई ७ देखि १० वर्ष जेल सजाय हुने उल्लेख छ । कति वर्ष सजाय भन्ने अहिले निर्धारण भएको छैन । अदालतले गौशाला २६ लाई बालिग ठहर्याएको छ । उमेरले बालिग भएपनि जबरजस्ति करणी गरेको भन्दै अदालतले सन्दीपलाई सजाय सुनाएको हो । सजाय निर्धारणका लागि २५ गते पेशी तोकिएको छ ।

Read More

काठमाडौं : सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बालकुमारीमा मन्त्रीको गाडी जलाइनु अराजकता भएको टिप्पणी गरेकी छिन् । बिहीबार मन्त्रालयमा मन्त्रिपरिषद्ले गरेका निर्णयहरु सार्वजनिक गर्ने क्रममा बोल्दै मन्त्री शर्माले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडी आन्दोलनकारीहरुबाट जलाइनु अराजकता भएको टिप्पणी गरेकी हुन् । उनले उक्त घटनामा प्रदर्शनकारीको मृत्यु हुनुलाई दुखद भनेकी छिन् । ‘भौतिक पूर्वाधार मन्त्रीको गाडी जलेको, त्यहाँ वैदेशिक रोजगारमा जानेहरुको आन्दोलन भइरहेको र त्यहाँ मन्त्रीज्यु काम विशेषले त्यो बाटो हिँड्नु हुँदा गाडी जलाइएको भन्ने सुनिएको छ । त्यसको यथार्थ विवरण आउन बाँकी छ । यथार्थ विवरण आएपछि सबै जानकारी गराउँला । तर जे…

Read More

काठमाडौं : नेकपा एमालेले बालकुमारी घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फाराम भर्न नपाएको भन्दै आन्दोलनमा उत्रिएका युवा र प्रहरीबीचको झडपमा दुई जनाको मृत्यु भएकोप्रति एमालेले दुःख व्यक्त गरेको हो । एमालेका महासचिव शंकर पोखरेलले सरकारलाई संयमता नगुमाउन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘बालकुमारी घटना अत्यन्त दुःखद । सरकार समयम् नगुमाउ । बल प्रयोग समस्याको समाधान होइन । घटनाको निस्पक्ष छानबिन गर ।’

Read More

काठमाडौं : फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा राष्ट्रिय पर्व मनाउने र सार्वजनिक विदा दिने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । प्रचण्ड प्रधानमन्त्रीत्वको सरकारले गत वर्ष फागुन १ गतेदेखि जनयुद्ध दिवस मनाउने र सार्वजनिक विदा दिने निर्णय गरेको थियो । द्वन्द्वकालमा पिता मारिएका माओवादी पीडित तथा अधिवक्ता रामेछापका ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीसहितले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले फागुन १ लाई जनयुद्ध दिवस मानेर सार्वजनिक बिदा दिने निर्णयमा रोक लगाएको हो । न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले शुक्रबार सो आदेश दिएको हो । रिट निवेदकले माओवादीले युद्ध थालेको दिनलाई राष्ट्रिय दिवस…

Read More

काठमाडौं : रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयलाई लिएर शुक्रबार केही युवाहरु बालकुमारी सडकमा आन्दोलन गर्न उत्रिए । आन्दोलनमा भौतिक पूर्वाधकार तथा यातयात मन्त्री प्रकाश ज्वालाको गाडी जलाईयो । त्यसपछि घटनाले उग्ररुप लियो । सुरक्षाकर्मीको तैनाथ गरियो । आन्दोलनलाई साम्य बनाउन प्रहरीले बल प्रयोगसँगै गोली चलायो ।सोही क्रममा दैलेखको महाबु गाउँपालिका– ६ का २३ बर्षीय सुजन राउत माथि बज्रियो प्रहरीको लाठि । गत वर्ष उच्च रक्तचापका कारण बुवाको मृत्युपछि परिवारको जिम्मेवारी धान्न सुजन काठमाडौं आएका थिए । काठमाडौं आएर उनी कोरिया जान भाषा परीक्षा पढ्न थाले । गाउँबाट ऋण काढेर काठमाडौं आएका उनको सपना विधवा आमालाई खुशी बनाउनु थियो ।…

Read More

काठमाडौं : काठमाडौंको कागेश्वरी मनहरास्थित गोठाटारमा रहेको एउटा सोफा फ्याक्ट्रीमा आगलागी भएको छ । उक्त साेफा हव इन्द्र थपलियाले सञ्चालन गर्दै आएका थिए ।करिब दुई घन्टा अगाडिदेखि आगलागी सुरु भएको हो । अहिले तीनवटा दमकलले आगो निभाउने प्रयासमा छन् । क्षतिको विवरण आइसकेको छैन ।

Read More

काठमाडौं : रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयलाई लिएर आन्दोलनमा उत्रिएका दुई विद्यार्थीको निधन भएसँगै विद्यार्थी सङ्गठनहरूले प्रदर्शन गरेका छन् । शुक्रबार काठमाडौंको बालकुमारीमा इपीएस परीक्षाका लागि आन्दोलन गर्ने क्रममा प्रहरीसँगको मुठभेडमा दुई विद्यार्थीको निधन भएसँगै उनीहरूले प्रदर्शन गरेका हुन् । अमृत साइन्स क्याम्पसलगायतका विद्यार्थीहरू आन्दाेलित भएका हुन् । उनीहरूले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेका छन् । आन्दोलनमा प्रहरीसँग झडप हुँदा दैलेख घर भएका २३ वर्षीय सुजन राउत र डोटी घर भएका २२ वर्षीय वीरेन्द्र शाहले ज्यान गुमाएका छन् । सोही प्रकरणमा शुक्रबार साँझ अनेरास्ववियुका विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।

Read More