Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ३०० रुपैयाँले बढेको छ। महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख २२ हजार रुपैयाँ र तेजाबी सुन एक लाख २१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ७०० रुपैयाँ र तेजाबी सुन एक लाख २० हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेकाे छ । आज चाँदी तोलाको १४ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Read More

काठमाडौं : संविधान बमोजिम सङ्घले अधिकार नदिएको र असहयोग गरेको भन्दै सातै प्रदेश सरकारका मुख्यमन्त्रीहरूले सङ्घीय सरकारलाई दबाब दिने भएका छन्। सातै प्रदेशका मुख्यमन्त्रीहरू बिहीबार बाग्मती प्रदेशको राजधानी हेटौँडामा भेला हुँदै छन् भने भेलाले सङ्घीय सरकारसँग संविधान बमोजिम अधिकार प्रत्यायोजनको लागि माग गर्ने जनाइएको छ। यसअघि गत असारमा पोखरामा बैठक बसेर मुख्यमन्त्रीहरूले प्रदेशलाई प्रत्यायोजन गर्नुपर्ने सम्पूर्ण अधिकार छ महिनाभित्र प्रत्यायोजन गरिसक्न माग गरेका थिए। तर त्यतिका समय बितिसक्दा पनि सङ्घीय सरकारले आफूहरूका माग पूरा नगरेको भन्दै मुख्यमन्त्रीहरूले फेरि मोर्चाबन्दी कस्न लागेका हुन्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीय सरकारसँग अधिकार माग्न अझै थप दबाब दिनुपर्ने अवस्था देखिएपछि बैठक बस्न लागेको…

Read More

कञ्चनपुर : आफूले उपभोग गर्दै आएको जमिनको जग्गाधनी पुर्जासमेत छैनभन्दा आश्र्चय लाग्न सक्छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलवासी विना जग्गाधनी पुर्जा जीवन यापन गर्न विवस छन् । भौगोलिक विकटतासँगै अभाव र अधिकारको प्रवाह नगरी पाँच दशकभन्दा बढी समय सीमा बस्तीमा स्थानीयसित जग्गाधनी पुजा नपाएको दशकौँ वितिसक्यो । जोगबुढा नदी पारी, नेपाल–भारत सीमासित जोडिएको बडुवाल टोलसित अभाव, गरिबी र आफूले पाउनुपर्ने अधिकारबाट वञ्चित हुनुपरेको पीडा स्थानीयवासीसित छ । स्थानीय तहको निर्वाचनमा बडुवाल टोलबाट वडा सदस्य पदमा निर्वाचन जितेकी दोधारा चाँदनी –३ का महिला वडासदस्य लक्ष्मी रानाले सीमाको पहरेदारीमा बसेका बडुवाल टोलमा साढे तीन सय परिवारमा बीस प्रतिशतले मात्रै जग्गाधनी…

Read More

काठमाडौँ : क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै छ । बुधवार जाहेरी पक्षका वकिलहरूले बहस सकेसँगै आज बिहीबार सन्दीप पक्षका वकिलको बहस हुनेछ । आइतबारबाट सुरु भएको बहसमा उक्त दिन वादी नेपाल सरकारका तर्फबाट सरकारी वकिलहरू जिल्ला न्यायाधिवक्ता सीताराम अर्याल र सहायक जिल्ला न्यायाधिवक्ता सुरबहादुर परियारले बहस गरेका थिए । त्यस्तै बुधवार अधिवक्ताहरू आस्मा आचार्य, नारायण चौलागाई, शशी अधिकारी, शान्ति काफ्ले, मोहना अन्सारी, अञ्जना अर्याल, प्रतिमा खरेल र ल्याक नेपालकी अध्यक्ष अनिता थपलिया गरी १० जनाले बहस गरेका थिए । बादी पक्षको बहस सकिएपछि बुधवार नै प्रतिवादीका तर्फबाट अधिवक्ता मुरारी सापकोटाले बहस सुरु गरेका थिए । सापकोटाले आज पनि बहसलाई…

Read More

धनगढीः कैलालीमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। भजनी नगरपालिका–३ मोरीयाघाटबाट ३ ग्राम ४० मिलीग्राम खैरो हेरोइनसहित कैलालीको लम्कीचुहा नगरपालिका–१ भुरुवाका २२ वर्षीय दिनेश चौधरीसहित दुई जना बुधवार साँझ पक्राउ परेका हुन्। मोटरसाइकलको टुल बक्सभित्र लुकाई राखेको अवस्थामा लागुऔषध फेला पारी मोटरसाइकलसहित दुवै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यस्तै कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाडाँबाट २२० मिलीग्राम खैरो हेरोइनसहित कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ गजरौलाका २६ वर्षीय राजेश लुहार बुधबार दिउँसो पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले लुहारलाई लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

अछाम : अछाममा आगोमा जलेर घाइते भएका पुरुषको मृत्यु भएको छ। साँफेबगर नगरपालिका–३ का ३६ वर्षीय सुरेश कुँवरको आगोमा जलेर मृत्यु भएको हो। मृगी रोगबाट पीडित कुँवर घरभित्र भान्साकोठाको आगोमा जलेर घाइते भएका थिए। उनको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचारका क्रममा मंगलबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More

बैतडी : बैतडीमा जंगली बँदेलको आक्रमणबाट एक जना घाइते भएका छन्। मेलौली नगरपालिका –२ का अन्दाजी ३५ बर्षीय रामबहादुर चन्दलाई जंगली बँदेलले आक्रमण गरी घाइते बनाएको हो।  चन्दलाई बुधबार साँझको समयमा गाउँमै पसेको बँदेलको बथानले आक्रमण गरेको बताइएको  छ। स्यालढुंगा भन्ने गाउँमा जंगली बँदेलको बथान आएको र चन्दको बँदेलको आक्रमणबाट घाइते भएका स्थानीयहरुले बताएका छन्।  बँदेलको आक्रमणबाट घाइते भएका चन्दको खुट्टामा गहिरो घाउ छ भने शरीरका अन्य भागमा समेत चोट रहेको छ। घाइते चन्दको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि डडेल्धुरा अस्पताल पठाइएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले जानकारी दिए।

Read More

कञ्चनपुरः संविधानमा भएका दलितसम्बन्धी व्यवस्था पूर्णरुपमा कार्यान्वयन गराउनका लागि कञ्चनपुरमा दबाबमूलक अभियान सञ्चालन गरिएको छ। ‘हामी हाम्रा लागि पटक–पटक लड्यौँ, अरूका लागि अब उठौँ लडौँ’ भन्ने मुल नारासहित कञ्चनपुर जिल्लाव्यापी अभियान सञ्चालन गरिएको छ। निर्णायक तहमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नका लागि जिल्लाका नौवटै स्थानीय तहमा अभियान सञ्चालन गरिएको दलित अगुवा शिवी लुहारले बताए। ‘अभियानअन्तर्गत नौवटै स्थानीय तहमा समिति गठनको कार्य अगाडि बढाएका छौँ’, उनले भने, ‘पालिकास्तरमा समिति गठनको कार्य पूरा भएपछि जिल्ला समिति र प्रदेशस्तरीय समिति गठन गर्छौ।’ उनका अनुसार पालिकास्तरमा गठन भएका समितिले दलित समुदायको हकअधिकारका लागि जागरण ल्याउन बैठक, छलफल, अन्र्तक्रियासँगै दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने छन्। पालिकामा गठन…

Read More

धनगढी : कैलालीको धनगढीमा लागुऔषध दुर्व्यसनीलाई राख्न आसरा सुधार केन्द्र सञ्चालनमा आएको छ। कैलाली र कञ्चनपुरका २२ वटा स्थानीय तहहरूको सहयोगमा फूलबारीमा आसरा सुधार केन्द्र सञ्चालनमा बुधबारदेखि आएको हो। केन्द्रको प्रहरी महानिरीक्षक वसन्त कुँवरले उद्‍घाटन गरेका थिए। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीका अन्य सुधार केन्द्र जस्तै यस शाखाले पनि आफ्नो विशिष्ट र प्रभावकारी पहिचान बनाउँदै सामाजिक सेवामार्फत नेपाल प्रहरीको पहिचानलाई अझै प्रगाढ बनाउन थप मद्दत पुर्‍याउने बताए। लागूऔषध दुर्व्यवसनीले व्यक्ति, परिवारसँगै समुदायलाई नै असर गर्ने उल्लेख गर्दै लागूऔषधको प्रयोगमा संलग्न व्यक्तिलाई रचनात्मक दिशातर्फ अग्रसर गराउन समाजका सबै तहतप्का र वर्गको साथ र सहयोग आवश्यक रहेको उनले…

Read More

काठमाडौँ : नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) सरुवा गर्न छलफल सुरु गरिएको छ। समय नपुग्दै प्रदेश प्रहरी कार्यालयका प्रमुख सहितका डीआईजीहरु सरुवा गर्नेगरी छलफल भइरहेको हो। गण्डकी प्रदेशका डीआईजी बुद्धिराज गुरुङ र कर्णाली प्रदेशका डीआईजी भीम प्रसाद ढकाल बाहेक अन्यको कार्यावधि ९ महिना मात्रै भएको हो। तर, आईजीपी वसन्त कुँवरले कार्यावधि पूरा नहुँदै प्रदेशका डीआईजी सरुवा गर्न प्रस्ताव अघि बढाउन लागेका छन्। आईजीपीको प्रस्तावमा गृहमन्त्रीले डीआईजीको सरुवा सम्बन्धी निर्णय गर्ने कानुनी व्यवस्था छ। १३ वैशाखमा भरत बहादुर बोहरालाई सुदूरपश्चिम प्रदेशमा पदस्थापन गरिएको थियो। पदस्थापन गरेको ९ महिनामा नै उनीहरूलाई हटाउन लागिएको छ। सुदूरपश्चिम प्रदेशमा सुरेन्द्र प्रसाद मैनालीलाई पठाउने बारे छलफल भइरहेको…

Read More