Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीमा लडेर एकजनाको मृत्यु भएको छ। बिहीबार जिल्लाको चुरे गाउँपालिका वडा न.०५ बस्ने राम धामीको छोरा अन्दाजी १७ वर्षीय अनिल धामीको लडेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर बिष्टले धामीको सोही क्षेत्रस्थित राष्ट्रिय बनको अम्रेनि भीर भन्ने ठाँउमा लडेर मृत्यु भएको जानकारी दिए। मृतक बाख्रा चराउन गएकोमा अचानक भीरबाट लडेको बताइएको छ। यस्तै आजै उता भजनीमा भने थ्रेसरमा परेर एक महिला घाइते भएकी छन्। भजनी नगरपालिका ०९ पहलवान बस्ने २२ वर्षीया सुस्मा चौधरी आफ्नै घर पछाडी खेतमा धान थ्रेसरमा लगाउने क्रममा दोपट्टा बेरिएर घाइते भएकी हुन्। अहिले उनको भजनीमै उपचार जारी छ।

Read More

काठमाडौं: अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को ९२ औं महासभामा भाग लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक स्कटल्याण्ड जाने भएका छन्। उनीहरुको भ्रमण गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको जनाइएको छ। यसपटक इन्टरपोलको महासभा ४ देखि ७ नोभेम्बर (१९/२३ कात्तिक) मा हुँदैछ। स्कटल्याण्डको ग्लास्गो सहरमा हुने महासभामा भाग लिन नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल जान लागेका हुन्।

Read More

धनगढी: कैलालीको घोडाघोडी नगरपालिका–१, जनकपुरमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ। सडकमा हिँडिरहेको अवस्थामा सुप प्र ०१०१० प १७४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ७८ वर्षीय मणीराम सापकोटाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक दीपेन्द्रकुमाल पालले जानकारी दिए। बिहीबार अपराह्न ४ बजेतिर मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका सापकोटालाई घोडाघोडी अस्पतालमा पुर्‍याइएलगत्तै मृत घोषणा गरिएको थियो। मोटरसाइकल चालक घोडाघोडी–१, बेलारका २५ वर्षीय खडक रेग्मी प्रहरीको नियन्त्रणमा रहेका पालले जानकारी दिए। यस्तै कैलालीमै सवारी दुर्घटनामा परेर अर्की एक महिलाको पनि मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका–७ खरौलास्थित सुदूरपश्चिम प्रदेश ०१००२ त ६८३५ नम्बरको ट्याक्टरमा सुदूरपश्चिम प्रदेश ०१००९ प १९८१…

Read More

धनगढीः नेपालीलाई आफ्नै देश फर्किदा सास्ती हुन थालेको छ। पश्चिमी सीमा नाका क्षेत्र भएर भारतबाट नेपाल फर्किने नेपालीहरुलाई सास्ती भइरहेको हो। सशस्त्र प्रहरी बलले आवश्यक सहजीकरण नगर्दा गड्डाचौकी र गौरिफन्टामा समस्या भएको स्वदेश फर्किनेहरुको गुनासो छ। कैलालीको गौरीफन्टा नाकामा चेकजाँचका नाममा भारतीय सुरक्षाकर्मीबाट सुरु हुने अनावश्यक सास्तीलाई आफ्नै भूमिमा नेपाली सुरक्षाकर्मीले पनि निरन्तरता दिने गरेका छन्। सुर्खेतको चौकुने गाउँपालिकाका काशीराम सोनी श्रीमती र छोरीसँगै दशैँ मनाउन भारतको गुजरातबाट घर फर्किंरहेका थिए। बुधबार बिहान गौरीफन्टा नाकामा उत्रिएका सोनी सुर्खेत जाने गाडीको खोजीमा थिए। सीमा नाकामा भारतीयदेखि नेपाली सुरक्षाकर्मीले दिएको दुःख सम्झँदा सोनी दम्पती दुखी थियो। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारीका रमेश चौधरीले…

Read More

कञ्चनपुरः भारतका विभिन्न सहरमा लुटिने नेपाली श्रमिकको संख्या बढ्दो छ। चाडपर्वको समयमा घर फर्किने क्रममा लठ्याउने औषधि दिएर नेपाली श्रमिकलाई भारतीय भुमिमै लुटपाट गर्ने गरिएको छ। यसैक्रममा भारतको हिमाञ्चलमा मजदुरी गरेर दशैँतिहार मनाउन घर फर्किँदै गरेका कैलालीको घोडाघोडीका रविलाल बराल पनि लुटिएका छन्। उनी भारतको हरिद्वारमा लुटिएका हुन्। भारतको मैनालीबाट बसको एकै सिटमा बसेर आएका व्यक्तिले नै हरिद्वारको बसपार्कमा विश्राम गरिरहेको बेला लठ्याउने औषधि दिएर लुटेको बरालको भनाइ छ। करिब ५ महिना काम गरेर दसैं मनाउन घर फर्किरहेका उनको कमाई बाटोमै लुटिएको छ। हिमाञ्चलदेखि घर फर्किने क्रममा हरिद्वारमा लुटिएर अलपत्र परेका बराल बुधबार जेनतेन गड्डाचौकी नाकामा पुगेका थिए। बुधबार बिहान…

Read More

धनगढीः कैलालीबाट ४ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–२ तेघरी सामुदायिक वनको जंगलमा जुवातास खेलि रहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन्। पक्राउ पर्नेमा गोदावरी–२ तेघरीका ४१ वर्षीय जगुराम चौधरी सहित ४ जना पक्राउ परेको प्रहरीले जनाएको छ। उनीहरुलाई २२ हजार ९५५ रुपैँया र ३ गड्डी तास सहित प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतिबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। दशैँ नजिकीएसगैँ जुवा खेल्ने र खेलाउने बढेका छन। बिहीवार ९हिजो० मात्रै कैलालीका विभिन्न ठाउँमा २० जना जुवाडे पक्राउ परेका थिए।

Read More

काठमाडौं: विवादित इन्सपेक्टर बिनुकुमारी शाहीमाथि छानबिन गर्न बनाइएको समितिले छानबिन सकाएको छ। छानबिन सकाएको समितिले कारबाहीका लागि सिफारिस गरेको जनाइएको छ। ललितपुरस्थित भैंसेपाटी प्रहरी प्रभागमा इन्चार्ज रहेकी बिनुकुमारी हालै छानबिनमा तानिएकी थिइन्। त्यस अगाडि पनि कञ्चनपुरमा विवादित बनेकी उनीमाथि छानबिन गर्न डीएसपीको नेतृत्वमा समिति बनाइएको थियो। सोही क्रममा उनलाई गृहमन्त्रालयले पनि पदबाट निलम्बन गरेको थियो। उनीमाथि मिलेमतोमा भएको हनि ट्रयापिङ घटनामा सघाएको आरोप छ। सोही आरोपमा छानबिन गर्न गठन भएको समितिले प्रतिवेदन बुझाएको हो।डिएसपी नरहरी अधिकारी नेतृत्वको समितिले बुधबार ललितपुरका प्रहरी प्रमुख एसएसपी शेखर खनाललाई प्रतिवेदन बुझाएको जनाइएको छ। स्रोतका अनुसार समितिले निलम्बित इन्स्पेक्टर बिनुकुमारीलाई फौजदारी मुद्दा नै चलाउनुपर्ने सिफारिस…

Read More

धनगढीः कञ्चनपुरमा एकैदिन ३७ जुवाडे पक्राउ परेका छन्। छुट्टाछुट्टै दुई स्थानमा प्रहरीले बुधबार राति छापा हान्दा ३७ जना पक्राउ परेका हुन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले बिहीबार विहान जारी गरेको बुलेटिनअनुसार बेलौरी नगरपालिकाबाट २७ र कृष्णपुर नगरपालिकाबाट १० जना गरी ३७ जना पक्राउ परेका हुन्। बेलौरी नगरपालिका–५ शोभा तालस्थित शंकर चौधरीले अधिया गरी बसेको चामु चौधरीको बाझो घरको कोठामा जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ परेका हुन्। लालझाडी गाउँपालिका वडा नम्बर ६ चान्देउ बस्ने ३२ वर्षीय जीवन चौधरीसहित २७ जनालाई त्रफाउ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। उनीहरुको साथबाट ५१ हजार एक सय २८ नगद पनि बरामद गरिएको छ। प्रदेश प्रहरी…

Read More

काठमाडौँः भारतका औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन भएको छ। ८६ वर्षको उमेरमा मुम्बईमा रतन टाटाको बुधबार राती निधन भएको हो। यसअघि सोमबार उनलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना गरिएको थियो। पछि उनले आफैं आईसीयूमा भर्ना भएको दाबीलाई अस्वीकार गरेका थिए। तर, बुधबार उनलाई फेरि अस्पताल भर्ना गरिएको थियो। भारतीय मिडियाहरुका अनुसार मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा रतन टाटाको उपचारको क्रममा निधन भएको हो। रतन टाटाको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंहले दुख प्रकट गरेका छन्। आफ्नो सादगी र सरल स्वभावका लागि परिचित रतन टाटाले उदारीकरणको युगपछि टाटा समूहलाई आजको उचाइमा पुर्याउन ठुलो योगदान रहेको छ।

Read More

धनगढीः कैलालीबाट आठ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका–१ चौमाला बजारस्थित न्यु साउद होटलबाट आठ जना जुवाडे पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–१ गोप्काका ३४ वर्षीय टेकबहादुर बुढा, ४० वर्षीय पदमबहादुर चन्द, ३६ वर्षीय रामबहादुर बुढा, ३५ वर्षीय चक्र भुल रहेका छन्। यस्तै गौरीगंगाकै ४१ वर्षीय टंक साउद,५४ वर्षीय बड्डो भुल, र ४२ वर्षीय बलबहादुर बुढा पक्राउ परेका छन्। उनीहरुलाई ८१ हजार ९४१ रुपैँया, एक गड्डी ताससहित पक्राउ गरेको प्रहरीले जनाएको छ। होटल सन्चालक निरज साँउद समेत गेर आठ जना पक्राउ परेको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी नायव निरीक्षक राजेन्द्रबहादुर कुमालले बताए। आज बिहान धनगढीमा पनि १२ जना…

Read More