Author: महेन्द्रनगर पोष्ट

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले विद्यार्थीले २०८० सालमा सञ्चालन हुने एसइई परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताएका छन् । नेशनल प्याप्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसइईमा सम्मिलित हुने विद्यार्थीका लागि आयोजित परीक्षा मार्गनिर्देशन कार्यक्रममा उनले २०८० मा एसइई परीक्षा हुँदैन भन्ने भ्रममा नपर्न विद्यार्थीलाई आग्रह गरे । बोर्डका अध्यक्ष डा शर्माले भने, “एसइईमा अब एनजी (कुनै विषयमा ३५ प्रतिशत अङ्क नल्याएमा ननग्रेड हुन्छ) प्रणाली लागू हुँदैछ । यस वर्षकै एसइई परीक्षाबाट नयाँ ग्रेडिङ प्रणाली लागू गर्ने भएकाले अब उच्च शिक्षा अध्ययन गर्नका लागि विद्यार्थीले एसइईमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने हुन्छ ।” कार्यक्रममा प्रसिद्ध उत्प्रेरक…

Read More

म्याग्दी : म्याग्दीमा नदीमा दुई जनाको शव फेला परेको छ। यही पुस ३ गते बिहानदेखि सम्पर्कविहीन भएकी धवलागिरि गाउँपालिका–७ हिलापोखरीकी ७६ वर्षीया मनकुमारी पुनको शव म्याग्दी खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बिहीबार दिउँसो खोर्बाङस्थित म्याग्दी नदीमा पुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अशोककुमार झाले जानकारी दिए। सम्पर्कविहीन भएपछि घरपरिवार, स्थानीय र प्रहरीले खोजी गर्ने क्रममा नदीमा पुनले लगाएको कपडा फेला परेपछि थप खोजी गर्दा नदीमा शव फेला परेको थियो। बिहीबार नै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ घर भई वडा नं २ भुरुङ तातोपानीमा बसोबास गर्ने ३१ वर्षका सुजन घर्तीसमेत कालीगण्डकी नदीको खोचमा मृत अवस्थामा फेला…

Read More

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकार र मन्त्रालयका महत्वपूर्ण काम छाडेर अन्यत्र काममा व्यस्त नहुन मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । ऊर्जा मन्त्रालयमा आज मन्त्रालय र मातहतका उच्च कर्मचारीको बैठकलाई सम्बोधन गर्दै उनले जनताको कामलाई प्रभावकारी रुपमा स्म्पादन गर्न र कुनै गुनासो नआउने वातावरण बनाउन आग्रह गरे । मन्त्री बस्नेतले भने, ‘मन्त्रालयको काममा व्यस्त हुनुस् । अनावश्यक भेटघाट बन्द गर्नुस् ।’ नीतिगत, कानुनी एवम् संरचनागत रुपमा के कस्ता समस्या परे, त्यसको वस्तुनिष्ठ जानकारी दिन आग्रह गर्दै उनले मातहतका सबै निकाय इमान्दार भएर लागेको खण्डमा परिणाम निस्कने बताए । मन्त्री बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नियमितरुपमा १०…

Read More

धनगढी : कैलालीको धनगढीमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा पाँच वर्षीया शान्ति भट्टको ट्याक्टरको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । भगवती टोलका देवकर भट्टकी पाँच वर्षीया छोरी शान्तिलाई बिहीबार हसनपुर–स्याउले सडक खण्डमा से १ त ६२०४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा बालिकाको मृत्यु भएको हो । उनको धनगढीको निर्सग अस्पतालमा मृत्यु भएको हो। बालिकाको शव सेती अस्पतालका शव गृहमा राखिएको छ। ट्याक्टर र ट्याक्टर चालक भजनी नगरपालिका वडा नम्बर ६ का ३५ वर्षीय रामजनम चौधरी प्रहरीको नियन्त्रणमा छन्।

Read More

धनगढी: कैलालीमा पक्राउ परेका प्रहरी प्रहरी धरौटीमा छुटेका छन्। एक महिलामाथि आर्थिक लेनदेनका क्रममा अभद्र व्यवहार गरेको आरोपमा समातिएका प्रहरी जवान धरौटी तिरेर छुटेका हुन्। जिल्ला प्रशासन स्रोतका अनुसार धनगढीकै चौधरी थरकी महिलासँग रकम लेनदेनको विषयमा विवाद हुँदा पक्राउ परेर थुनामा बसेका बैतडी घर भएका प्रहरी जवान दमनबहादुर बिष्ट आज छुटेका हुन्। उनलाई बिहीबार (आज) १० हजार धरौटी तिराएर छोडिएको बताइएको छ। उनलाई केही दिन अगाडि सार्वजनिक मुद्दा अन्तरगत अभद्र व्यवहारमा थुनामा राखिएको थियो। बिष्टविरुद्ध महिलाले जाहेरी दर्ता गराएपछि प्रहरीले उनलाई पक्राउ गरेर थप अनुसन्धान गरेको थियो। उनै बिष्टलाई आज जिल्ला प्रशासन कार्यालयले धरौटीमा छोडेको हो। उनी डोटीमा कार्यरत प्रहरी…

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको भ्रमण मण्डलले अमेरिका र चीन भ्रमणमा चार करोड ७४ लाख दुई हजार रुपैयाँ खर्च गरेका छन् । प्रधानमन्त्री प्रचण्ड अमेरिकाको न्यूयोर्कमा भएको संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन गएको भदौ ३० गते अमेरिका भ्रमणमा गएका थिए । संयुक्त राष्ट्रसंघको ७८औँ महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधनपश्चात् प्रधानमन्त्री दाहाल असोज ५ गते न्यूयोर्कबाटै चीनको औपचारिक भ्रमणका लागि हाङजाउ पुगेका थिए । भ्रमणपछि प्रधानमन्त्री दाहाल असोज १३ गते नेपाल फर्किएका थिए । यसरी भ्रमणमा जाँदा उनको भ्रमण टोलीले गरेको खर्च अर्थ मन्त्रालयले निकासी गरेको छ । मुलुकमा आर्थिक संकटसँग जुधिरहेका बेला दुई साता लामो घुमफिरमा निस्किएको भन्दै प्रधानमन्त्रीको…

Read More

काठमाडौं : इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीका परिवारलाई सरकारले जनही १० लाखका रूपैयाँ राहत दिएको छ । अर्थ मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को २२ असोजको मन्त्रिपरिषद्को निर्णय अनुसार इजरायल घटनामा परी निधन भएका नेपाली नागरिकका परिवारलाई राहत स्वरुप प्रतिपरिवार १० लाखका दरले आर्थिक सहायता उपलब्ध गराइएको हो । यसका लागि मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई रकम निकासा दिएको मन्त्रालयको विवरणमा उल्लेख छ । चालु आर्थिक वर्षमा मन्त्रालयले आर्थिक सहायता वितरणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलको उपचारका लागि समेत ९ लाख ९५ हजार रुपैयाँ निकासा दिएको मन्त्रालयले जनाएको छ । असोजमा प्यालेस्टाइनको हमास लडाकुले इजरायलमा अप्रत्यासित आक्रमण गर्दा १० जना…

Read More

कैलाली : कैलालीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका १ अत्तरियाका सुरेश बुढामतवालालाई प्रहरीले लागु औषध सहित पक्राउ गरेको हो । बिशेष सुचनाको आधारमा प्रहरीले बुढामतवालालाई नीजकै घर नजिकै हिडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा निजको साथ बाट ५७० मिलिग्राम लागु औषध (खैरो हेरोईन) जस्तो देखिने धुलो पदार्थसहित पक्राउ गरेको हो। बुढामतलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

Read More

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य उपचारका लागि सरकारले थप करिब १० लाख रूपैयाँ उपलब्ध गराएको छ । २०८० साउन महिनादेखि मंसिरसम्मको आर्थिक सहायता विवरणअनुसार राष्ट्रपतिको उपचारमा ९ लाख ९६५ हजार ९ सय ३५ रूपैयाँ उपलब्ध गराइएको उल्लेख छ । अर्थ मन्त्रालयले राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमी तथा सुविधासम्बन्धी ऐन २०७४ अनुसार यो रकम उपलब्ध गराएको जनाएको छ । अर्थ मन्त्रालययबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यो रकम निकासा गरी राष्ट्रपतिको उपचारमा खर्च गरिएको उल्लेख छ । गत आर्थिक वर्षमा राष्ट्रपतिको उपचारको लागि ५५ लाख रूपैयाँ सरकारले उपलब्ध गराएको थियो ।

Read More

काठमाडौँ : नेपाली काँग्रेस मधेश प्रदेशको प्रथम सम्मेलनमा आसन ग्रहणको मर्यादाक्रमबारे विवाद देखिएको छ । जनकपुरधामको तिरहुतिया गाछीमा आज काँग्रेस मधेश प्रदेश सम्मेलनको उद्घाटन सभापति शेरबहादुर देउवाले गरेका हुन् ‌। तर सभापति देउवा सहभागी पार्टीको प्रदेश सम्मेलनमै किचलो देखिएको छ । प्रदेश सम्मेलन उद्घाटन समारोह आसन ग्रहणकै मर्यादाक्रम नलिएको भन्दै नेता डा। शेखर कोइराला र उनका पक्षधर नेताहरुले बहिष्कार गरे । सम्मेलनमा पुगेका नेता बिमलेन्द्र निधिले भने आसन ग्रहण गर्न मानेनन् । आसन ग्रहणका लागि पूर्व उपसभापति समेत रहेका नेता निधिलाई पटक पटक मञ्चमा बोलाए पनि दर्शकदीर्घामै बसिरहे । स्रोतका अनुसार उनी पनि आसन ग्रहणको मर्यादाक्रममा असन्तुष्ट छन् । सम्मेलनमा…

Read More