Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : हिजो एक कार्यक्रमा धर्मबारे विवादित अभिव्यक्ति दिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको अहिले चौतर्फी आलोचना भइरहेको छ । काठमाडौँमा आयोजित उपत्यकाव्यापी संयुक्त बृहत् ख्रीष्टमस महोत्सव २०८० कार्यक्रममा उनले उनले क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधानलाई मान्दिनँ भन्नु सरह भएको बताएका थिए । उनले संविधान मान्दिनँ भन्नेहरू देशद्रोही भएको समेत बताएका थिए । सोही अभिव्यक्तिपछि उनी आलोचित बन्न पुगेका छन् । उक्त अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा विभिन्न दलका शीर्ष नेतादेखि जनताले विरोध गरिरहेका छन् । जिम्मेवार व्यक्तिले धर्मबारे विवादस्पद अभिव्यक्ति दिनू गैरजिम्मवार भएको बताउँदै बर्खास्त गर्नसमेत माग गरिएको छ । आफ्नो आलोचना भएपछि तिनै मन्त्रीले सामाजिक सञ्जालमार्फत स्पष्टिकरण…

Read More

केरला : भारतको केरलामा कोभिड-१९ को नयाँ भेरियन्ट जेएन वानबाट ३ जनाको मृत्यु भएको छ । भारत भरमा सबैभन्दा धेरै संक्रमित केरलामा नै रहेका भारतीय सञ्चार माध्यमले जनाएका छन् । केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार बुधबार केरलामा कोभिड-१९ को ३०० संक्रमित फेला परेका छन् । केरला बाहेक भारतभरमा जम्मा ५८ जनामा ​​संक्रमण देखिएको छ केरलामा सक्रिय सङ्क्रमितको संख्या बढेर २ हजार ३४१ पुगेको छ। केरला बाहेक, अन्य सबै राज्यहरूमा सक्रिय सङ्क्रमितको संख्या ३२८ मात्र छ ।

Read More

काठमाडौं: नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ। महासंघका अनुसार बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ। आज चाँदी तोलाको १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Read More

बझाङ : बझाङमा जीप दुर्घटना हुँदा चालक घाइते भएका छन्। जिल्लाको बुंगल नगरपालिका-२ गिरौ सुगर बगर स्थित भित्री कच्चि सडक खण्डमा जीप दुर्घटना भएको हो। बुंगल नगरपालिका-१ गोइचन बस्ने हर्क बहादुर बोहराले चलाएको से१ज७९४ नम्बरको जीप गरी ब्याक गर्ने क्रममा एक्कासी सडकबाट १०० मिटर तल खसी दुर्घटना हुँदा चालक बोहरा घाइते भएका हुन्। चालक बोहराको टाँउकोमा चोट लागेको र उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र देउरा पठाएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। घाइते बोहराको अवस्था मध्यम रहेको छ। आज बिहीबार बिहान साढे ६ बजेको समयमा दुर्घटना भएको र स्थानीयले जानकारी गराएपछि अस्थायी प्रहरी पोष्ट बिजगडाबाट ३ जनाको प्रहरी टोली घटना…

Read More

धनगढी: कैलालीमा एक प्रहरी नै प्रहरीको खोरमा थुनिएका छन्।महिलामाथि आर्थिक लेनदेनका क्रममा दुर्व्यवहार गरेको आरोपमा एक प्रहरी जवान पक्राउ परेर थुनिएका हुन्। स्रोतका अनुसार धनगढीकै चौधरी थरकी महिलासँग रकम लेनदेनको विषयमा विवाद हुँदा बैतडी घर भएका प्रहरी जवान दमनबहादुर बिष्टलाई पक्राउ गरेर थुनामा राखिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले सार्वजनिक मुद्दामा प्रहरी जवान बिष्टलाई थुनामा राखिएको जानकारी दिए। बिष्टविरुद्ध महिलाले जाहेरी दर्ता गराएपछि प्रहरीले उनलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ। यस्तै उनलाई आज जिल्ला प्रशासन कार्यालयमा पेस गरिने पनि बताइएको छ। उनी डोटीमा कार्यरत थिए।

Read More

काठमाडौं : पोखराबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजको इमर्जेन्सी ढोका खुलेपछि उडान रोकिएको छ । बिहान ९ बजे पोखराबाट काठमाडौंका लागि उड्न लागेको यूफोर६५२ कलसाइनको जहाजको इमर्जेन्सी ढोका खुलेको थियो । इमर्जेन्सी ढोका नजिकै बसेका यात्रुको खुट्टाले लागेर ढोका खुलेको बताइएको छ । ती यात्रुलाई अहिले प्रहरीले सोधपुछ गरिरहेको छ । जहाजको इमर्जेन्सी ढोका यात्रुबाट के कति कारणले खुल्न गएको हो भन्नेबारेमा पोखरा टर्मिनलका सुरक्षाकर्मीले बुझिरहेको बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णले बताए ।

Read More

दार्चुलाः दार्चुलामा अवैध मदिरा बरामद गरिएको छ। जिल्लाको लेकम गाउँपालिका वडा नम्बर–३ ऐरपाली र वडा नम्बर–६ रिठाचौपाताबाट अवैध मदिरा बरामद गरिएको हो। रम ३७ बोतल, ह्विस्की २३ बोतल, खुकुरी रम–१ बोतल, ५२ क्वाटर ९भर्जिन, जलजला सौफी र ओरेन्ज० बुधवार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। इलाका प्रहरी कार्यालय लाली र इलाका प्रहरी कार्यालय रिठाचौपाताबाट खटिएको प्रहरी टोलीले लुकाई छिपाई राखेको अबस्थामा उक्त मदिरा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् हेरफेर गर्ने तयारीमा जुटेका छन्। मन्त्रिपरिषद् हेरफेर गर्नुअघि उनले सत्तारूढ दलका शीर्ष नेतासँग परामर्शसमेत थालेका छन्। कार्यसम्पादनमा मन्त्रीहरूको काम सन्तोषजनक नपाएका प्रचण्ड मन्त्रीहरूको कामका आधारमा सत्तारूढ दलका साथै सर्वसाधारणबाट समेत आलोचना हुन थालेपछि मन्त्रिपरिषद् हेरफेर गर्ने निष्कर्षमा पुगेका हुन्। प्रधानमन्त्री नियुक्त भएको एक वर्ष पुग्दै गर्दा आगामी वर्ष सरकारको कामलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् हेरफेरको तयारी भइरहेको बालुवाटार स्रोतको दाबी छ। कार्यसम्पादन मूल्यांकनअनुसार बितेको एक वर्षमा केही मन्त्रीको ‘रिपोर्ट कार्ड’ निकै कमजोर देखिएको समीक्षासँगै प्रचण्डले दोस्रो वर्षको सुरुवात नयाँ मन्त्रीबाट गर्न खोजेका हुन्। मन्त्रिपरिषद् हेरफेर हुन लागेको संकेतसमेत प्रधानमन्त्री प्रचण्डले एक सार्वजनिक कार्यक्रममार्फत गरिसकेका…

Read More

काठमाडौं : नेपाल सुपर लिगमा झापा एफसी शीर्ष चारमा पुगेको छ। आज दशरथ रंगशालामा भएको खेलमा द‍ोस्रो स्थानको धनगढी एफसीलाई २-० गोलले पराजित गर्दै झापा चौथो स्थानमा उक्लिएको हो। धनगढीले लिगमा पहिलो हार बेहोरेको हो। झापाको जितमा अन्जन बिष्टले ५३ र समिराज थोकरले ७७ मिनेटमा गोल गरे। जितसँगै झापाले ७ खेलबाट १० अंक बटुल्दा धनगढीको १२ अंक छ।

Read More

बैतडी : बैतडीको सिगास गाउँपालिकालाई काठमाडौं महानगरपालिकाले एम्बुलेन्स उपलब्ध गराउने भएको छ। महानगरपालिकाले एक सूचना जारी गर्दै सिगास गाउँपालिकलाई छनौट गरेर एम्बुलेन्स उपलब्ध गराउने जनाएको हो। महानगरपालिकाले गत असोज ४ मा प्रकाशन गरेको सूचना अनुसार सिगास गाउँपालिकाले एम्बुलेन्स माग गरेको र गाउँपालिका एम्बुलेन्सका लागि छनौट भएकाले महानगरपालिकाले जनाएको छ।  सिगास गाउँपालिकालाई (ख) वर्गको एम्बुलेन्स उपलब्ध गराइने भएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट राजस्व छुट गराई आवश्यक प्रक्रियामा आउन गाउँपालिकालाई महानगरले आग्रह गरेको छ। राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ बमोजिमका सबै प्रक्रिया अपनाउन समेत महानगरको पत्रमा उल्लेख गरिएको छ।

Read More