काठमाडौं : निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ परेकी छन्। उनलाई सर्वोच्च अदालतको गेटबाट प्रहरीले पक्राउ गरेको हो।
रावलले आफ्ना पति गिरीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी छिन्। सो मुद्दाको सुनुवाइ नजिकिँदै गर्दा उनी सर्वोच्चको गेटमा प्रदर्शन गर्न पुगेकी थिइन्।
सर्वाच्चको गेटमा प्रदर्शन गर्न खोजेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
Facebook Comments Box