Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- काठमाडौं रेजर्स र धनगढी एफसीले सोमबार नेपाल सुपर लिग २०२३ मा रोमाञ्चक बराबरी खेलेको छ । दशरथ रंगशालामा भएको खेल १–१ को बराबरीमा टुंगिएको हो । यो खेल पछिल्लो संस्करणको फाइनल पुनरावृत्तिका रूपमा भएको हो । धनगढीका लागि अहमद हिजाजीले १५ औं मिनेटमा गरे । काठमाडौंका डिफेन्डर आन्द्रेस निआले गरेको भुलमा बल लेवानानी फरवार्ड हिजाजीले नियन्त्रणमा लिँदै गोल गरे । दोस्रो हाफको ६६औं मिनेटमा काठमाडौंका लागि किंगु ओलिभरले हेडबाट गरे । उनले टोजी डिनोभको कर्नरलाई गोलमा परिणत गरेका हुन् । शीर्ष स्थानमा रहेको धनगढीको यो नतिजापछि ६ खेलबाट १२ अंक भएको छ । काठमाडौं भने ६ खेलबाटै ९ अंकमा…

Read More

धनगढी : पशु कल्याणको अवस्था सुधारका लागी सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले गाई भैँसी कल्याणसम्बन्धी मापदण्ड कार्यान्वयनमा ल्याएको छ । गाई भैँसीप्रति हुने निर्दयी व्यवहार रोक्न र व्यावसायिक गाई भैँसी फार्मलाई पशु कल्याणको अवस्था सुनिश्चित गर्न मापदण्ड जारी गरिएको हो । मन्त्रालय, स्नेहाज केयर र नेपाल फार्मर्स एडभाईजरी काउन्सिल प्रा.लि. को संयुक्त प्रयासमा सरोकारवालाहरूबिच समग्र पशु कल्याण र विशेष गरी गाईभैंसी कल्याणका विषयहरूमा विस्तृत छलफल पछि मापदण्ड जारी गरिएको हो । मन्त्रालयले जारी गरेको व्यावसायिक फर्महरूले अवलम्बन गर्नुपर्ने गाई भैँसी कल्याण सम्बन्धी मापदण्ड, ले पशु कल्याणका क्षेत्रमा भोक, प्यास र कुपोषण हुन नदिने, डर, त्रास तथा तनाव…

Read More

काठमाडौँ : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई महाधिवेशनको निम्तो दिएका छन् । पुस २६ देखि २८ सम्म आयोजना हुन लागेको नाउपाको प्रथम महाधिवेशनको लागि प्रधानमन्त्री ‘प्रचण्ड’लाई भेटेरै निम्तो दिइएको संरक्षक चौधरीले जानकारी दिए । पहिलो महाधिवेशनले २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन गर्ने जनाएको छ । नाउपामा अध्यक्ष, सहध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित हुनेछन् । यस अघि पनि संरक्षक रेशम चौधरी र पार्टी अध्यक्ष समेत रहेकी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठले प्रधानमन्त्री ‘प्रचण्ड’लाई भेटेर राष्ट्रिय सभा निर्वाचनको विषयमा छलफल गरेका थिए ।…

Read More

काठमाडौँ : भारतीय राष्ट्रिय कंग्रेसले नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकारमाथि संसद् र लोकतन्त्रमाथि आक्रमणको आरोप लगाएको छ । सोमबार लोकसभाका थप ३३ सदस्यलाई निलम्बन गरिएपछि कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले मोदी सरकारले संसद् र लोकतन्त्रमाथि निरन्तर हमला गरिरहेको बताएका हुन् । अध्यक्ष खड्गेले भनेका छन्, ‘पहिला घुसपैठीले संसद्‍मा आक्रमण गरे । त्यसपछि मोदी सरकारले संसद् र लोकतन्त्रमाथि आक्रमण गरिरहेका छन् ।’ यसअघि पनि भारतीय लोकसभाका १३ र राज्यसभाका १ सदस्यलाई शीतकालीन सत्रको बाँकी समयका लागि निलम्बित गरिएको छ । कंग्रेस अध्यक्ष खड्गेले तानाशाही मोदी सरकारले सांसदहरूलाई निलम्बन गरेर सबै लोकतान्त्रिक मूल्य मान्यतालाई डस्टबिनमा फ्याँकिदिएको पनि बताएका छन् । सोमबार निलम्बन हुने…

Read More

काठमाडौं : सशस्त्र प्रहरी बल प्रधान कार्यालयले बरिष्ठ हवल्दार पदमा बढुवाका लागि ४० जनाका नाम सिफारिस गरेको छ । साधराण समूहतर्फ रिक्त रहेका एवं माथिल्लो पदमा बढुवा भएपछि रिक्त हुन आउने सशस्त्र प्रहरी बरिष्ठ हवल्दाकार लागि नियम ३८ को उपनियम ९३० बमोजिम ४० जना सशस्त्र प्रहरी हलल्दारहरुलाई सशस्त्र प्रहरी बरिष्ठ हवल्दारका लागि बढुवा सिफारिस गरेको हो । सिफारिस भएका उम्मेदवारविरुद्ध सात दिनभित्र उजुरी दिन सकिने पनि सूचनामा उल्लेख गरिएको छ । halda_rDownload

Read More

ताप्लेजुङ : प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पछिल्लो पटक ९८ तोलाभन्दा बढी सुन सङ्कलन भएको छ । पछिल्लो १५ महिनाको अवधिमा भक्तजनले चढाएको ९८ तोला ४१ लाल सुन सङ्कलन गरि तौल गरिएको तौल मूल्याङ्कन तथा ‘रिफाइन’ उपसमितिका अध्यक्ष शम्भुप्रसाद गौतमले बताए । उनका अनुसार उक्त सुन ‘रिफाइन’ गरिएको छैन । यस्तै सोही अवधिमा नै ९२ किलो छ सय ५० ग्राम चाँदी सङ्कलन भएको छ । चाँदीसमेत रिफाइन गरिएको छैन । गत वर्षको भदौ ७ देखि गएको मङ्सिर १६ गतेसम्म मन्दिरमा सङ्कलित उक्त रिफाइन नगरी तौल भएको सुन, चाँदी रिफाइन गर्ने तयारी गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । यसअघि दुई…

Read More

धनगढी: चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सुदूरपश्चिमको गेटामा मेडिकल विश्वविद्यालय उपयुक्त नहुने बताएका छन् । सोमबार धनगढीको कृष्णमन्दिर धर्मशालामा अनसन तोडेपछि पत्रकारहरुसँग कुरा गर्दै उनले सुदूरपश्चिममा ३०० शय्याको अस्पताल र मेडिकल कलेज उपयुक्त हुने बताए । विशेषज्ञ सेवासहितको ३०० शय्याको अस्पताल र मेडिकल कलेज सञ्चालन गर्ने भनी सरकारले आफूसँग १६ महिनाअघि सहमति गरेको तर अझै रोकेर राखेको केसीले बताए । केसीले विगतमा आफूसँग भएका सहमति कार्यान्वयनलगायतका विभिन्न माग राखेर गत शुक्रबार गेटा अस्पतालमा अनसन बस्न खोज्दा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले अवरोध गरेको थियो । उक्त संघर्ष समितिले गेटामा विश्वविद्यालय बनाउने माग राख्न केसीलाई आग्रह…

Read More

काठमाडौँ : जीतपुरसिमरा उपनगरपालिकाको वडा नम्बर ३ का वडाध्यक्ष तारा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । आयोगको कार्यालय हेटौँडाको टोलीले कार्कीलाई ५ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । वडाध्यक्ष कार्कीलाई जीतपुर स्थित जैशवाल होटेलबाट पक्राउ गरिएको आयोगको कार्यालय हेटौँडाका सूचना अधिकारी (उपसचिव) गोविन्द प्रसाद गौतम जानकारी दिए । वडाबाट हुने सिफारिसका लागी उनले स्थानीय राजन उप्रेतीसँग घुसबापत ५ लाख नगद रकम लिएको प्रवक्ता गौतमले बताए । तर सडक (बाटो) बनाउन सिफारिसका लागी घुस लिएको बुझिएको छ ।

Read More

काठमाडौं : चिकित्सा शिक्षा सुधारका लागि अनसन सुरु गरेका डा गोविन्द केसीले ७२ घण्टापछि अनसन तोडेका छन्। गत शुक्रबार धनगढीमा अनसन सुरु गरेका उनले सोमबार धनगढी उपमहानगरपालिका–७ कि रेनुका चौधरी र धनगढी–१ कि अञ्जली नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन्। धनगढीको कृष्णमन्दिरको धर्मशालामा अनसन बसेका डा केसी अनसन स्थगित गरेर डाक्टर केसी सेति प्रादेशिक अस्पतालमा भर्ना भएका छन्। डा केसीले विभिन्न माग राखेर ७२ घण्टा अनसन बस्ने घोषणा गरेका थिए।

Read More

काठमाडौं : नेपाली सेनाका दुई तारे जर्नेल (उपरथी) हरुको सरुवा भएको छ । सात जना उपरथीको सरुवा नियुक्ति तथा अतिरिक्त कार्य काज नियुक्ति गरिएको हो । सरुवाको पहिलो नम्बरमा मध्यपूर्वी पृतना हेडक्वार्टरका उपरथी प्रेमध्वज अधिकारी रहेका छन् । ब्याच नम्बर १७६२ भएका उनको युध्दकार्य विभागको विभागीय प्रमुखमा पदस्थापन भएको छ । उपरथी दिपककुमार बानियाँ कार्यरथी विभाग पुगेका छन् । उनले कार्यरथीसँगै अतिरिक्त निमित्त निरीक्षणाधिकृतको समेत जिम्मेवारी सम्हाल्ने छन् । ब्याच नम्बर १७७० भएका उनी पश्चिम पृतना हेडक्वार्टरमा कार्यरत थिए । सैनिक ईन्टेलिजेन्स महानिर्देशनालयको महानिर्देशकमा विजय थापा आएका छन् । सुदूरपश्चिम पृतना हेडक्वार्टरबाट सरुवा भएका उनको ब्याच नम्बर १७७५ रहेको छ…

Read More