Author: महेन्द्रनगर पोष्ट

काठमाण्डौ । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा भोलि शनिवारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले जेठ ५ गते शनिवारदेखि जेठ ७ गते सोमवारसम्म रेलसेवा पूर्ण रुपमा बन्द रहने जानकारी दिनुभएको हो । भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधुबनी संसदीय क्षेत्रमा ७ गते लोकसभाको चुनाव हुने भएकोले शनिवारदेखि सोमवारसम्म ७२ घण्टाका लागि नेपाल रेल्वे सेवा पूर्ण रुपमा बन्द गर्न लागिएको हो । रेल्वे सेवा जेठ ८ गतेदेखि नियमित रुपमा सञ्चालन हुने कम्पनीले जनाएको छ ।

Read More

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलको बैठक बोलाएका छन् ।    राप्रपा, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, लोसपा, जनमोर्चा लगायतका विपक्षलाई छलफल लागि बोलाइएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।  पछिल्लो राजनीतिक घटनाक्रम, संसद्मा बिहीबार घटेको घटना र सरकारको काम कारबाहीबारे विपक्षी दलहरूबिच छलफल हुने बताइएको छ । 

Read More

धनगढी: कञ्चनपुरको सीमावर्ती क्षेत्र बेलडाँडिबाट सशस्त्र प्रहरीले ठूलो परिणाममा भन्सार छलिका सामान बरामद गरेको छ। प्रहरीले बिहीबार बेलडाँडी गाउँपालिका–३ वनपुर्वाबाट ७ लाख २८ हजार बराबरको भन्सार छलीको सामान बरामद गरेको हो। जसअन्तरगत भन्सार छली गरि नेपाल भित्राइएको ३६१ बोरा गहुँ, १ सय जोर स्कूल ड्रेस जुत्ता, कन्भर्स सुज ६४ जोर ,फेसन सुज १४ जोर ,सेल्फी सुज १० जोर, चप्पल ८ जोर रहेको सशस्त्र प्रहरी ३५ नम्बर गण झलारी कञ्चनपुरका प्रमुख एसपी खगेन्द्र चन्दले जानकारी दिए। उनले बरामद गरिएका सामान आवश्यक कारवाहीको भन्सार कार्यालय पठाइएको जनाए। सामान ढुवानीमा संलग्न भने फरार भएको बताइन्छ।

Read More

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठक शुरु हुनासाथ प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरोध गरेपछि बैठक आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो । प्रतिपक्षको अवरोध भइरहेका बेला सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाउनु भएको थियो । उहाँले गृहमन्त्री रवि लामिछानेलाई बोल्नका लागि समय दिएपछि बैठकमा धकेलाधकेल भएको थियो । सहकारीमा ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्ने काँग्रेसले माग राखेको छ । यस विषयमा दलहरूबिच सहमति नजुटेकाले आजको बैठक पनि सञ्चालन हुने वा नहुने अनिश्चित छ ।

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ ७ गते  साेमबार विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन् । जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसदको कार्यसूचीमा राख्न प्रधानमन्त्री दाहालले संघीय संसद सचिवालयका महासचिवलाई सम्बोधन गरेर पत्र पठाइएको सभामुखको सचिवालयले जनाएको छ । यस विषयमा प्रधानमन्त्री दाहालले सभामुख देवराज घिमिरेलाई जानकारी गराइसकेका छन् । जनता समाजवादी पार्टी नेपालले २०८१ वैशाख ३१ गते संविधानको धारा ७६ को उपधारा (२ं) बमोजिमको प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । प्रधानमन्त्री दाहालले चौथौ पटक विश्वासको मत लिन…

Read More

धनगढी: नेपाल प्रहरीका ३ जना कर्मचारीविरुद्ध कैलाली जिल्ला अदालतमा कुटपिटको मुद्दा दर्ता गरिएको छ। हालै प्रहरीका बरिस्ठ सई रमेश खड्का र सईद्वय अनिल बिष्ट र दिपेन्द्र किमाडीविरुद्ध अदालतमा मुद्दा दर्ता भएको हो। पूर्व सई मदन धामीले उनीहरूविरुद्ध कुटपिटको मुद्दा दर्ता गरेको जानकारी दिएका छन्। उनका अनुसार धनगढीमा खड्का, बिष्ट र किमाडीले गत वर्षको पुस ५ गते धनगढीको त्रिनगरस्थित प्रहरी चौकीमै लगेर कुटपिट गरेका थिए। धामीले आफूलाई पुस ५ गतेका दिन बिहान ८ बजेको समयमा घरबाट बोलाई चौकीमा लगेर कुटेको दाबी गरेका छन्। तर प्रहरीले भने नकुटेको बताउँदै आएको छ। पुस ५ कै दिन धामीलाई थुनामा पनि राखिएको उनलाई तत्कालीन समयमा २४…

Read More

धनगढीः कैलालीमा ट्याक्टरमा च्यापिएर चालकको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका-६ हरैयाको शिवशक्ति बालुवा प्रसोधन केन्द्रमा गिट्टी र बालुवा सफा गरिरहेका बेला चालक गोदावरी नगरपालिका-८ बस्ने १९ वर्षीय दिनेश बुढाको बिहीवार मृत्यु भएको हो। सुदूरपश्चिम प्रदेश ००–१००२ त ४०२१ नम्बरको ट्याक्टरमा रहेको पानी ट्याङ्कीमा पानीले ट्याक्टरको पछाडीको भाग भारी हुँदा ट्याक्टर अचानक पछाडी सर्दा बुढाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। ट्याक्टरको पछाडी रहेको पानी ट्याङ्की र मेसिनको बिचमा च्यपिएर बुढाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Read More

धनगढी : वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओड धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कञ्चनपुरले आज उनलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले जानकारी दिए ।

Read More

काठमाडौं : सुनसरीमा लागूऔषध नियन्त्रण ब्यूरोले गोली चलाएर दुई जना लागूऔषध कारोबारीलाई समातेको छ । ब्यूरोका अनुसार, सप्तरीको सप्तकोशी नगरपालिका–५ बस्ने ३५ वर्षीय श्यामसुन्दर मण्डल र सुनसरीको इटहरी नगरपालिका–५ बस्ने ४० वर्षीय श्याम निरौलालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमध्ये मण्डलले प्रहरीलाई आक्रमण गर्न खोजेपछि खुट्टामा गोली हानेर नियन्त्रणमा लिइएको ब्यूरोका अधिकृतहरुको दाबी छ । प्रहरीका अनुसार, सुनसरीको रामधुनी नगरपालिका–६ मा लागूऔषध कारोबारीलाई समात्न जिल्ला प्रहरी कार्यालयसँग मिलेर संयुक्त अपरेशन चलाइएको थियो । त्यसक्रममा एक जना पक्राउ परे भने अर्का भाग्न खोज्दा गोली चलाउनुपरेको ब्यूरोका अधिकृतहरु बताउँछन् । ब्यूरोका एसएसपी गोविन्द थपलिया प्रहरी टोलीमाथि आक्रमण हुने स्थितिमा न्यूनतम बल प्रयोग…

Read More

काठमाडौं : नेपाल प्रहरीका २१ जना प्रहरी नायव निरीक्षकहरुलाई वरिष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस गरिएको छ । बिहीबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार प्राविधिक प्रहरी समूहका २१ सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस गरिएको हो । बढुवा सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप नियम (४) अनुसार प्रकाशित गरिएको छ । यस्तै एकजना प्रहरी सहायक निरीक्षकलाई पनि प्रहरी नायव निरीक्षक पदमा बढुवा गर्न सिफारिस गरिएको छ । cn_7048_to_7054_technical_si_to_ssi_and_asi_to_si_20810203Download

Read More