Author: महेन्द्रनगर पोष्ट

धनगढी: नेपाल प्रहरीका ३ जना कर्मचारीविरुद्ध कैलाली जिल्ला अदालतमा कुटपिटको मुद्दा दर्ता गरिएको छ। हालै प्रहरीका बरिस्ठ सई रमेश खड्का र सईद्वय अनिल बिष्ट र दिपेन्द्र किमाडीविरुद्ध अदालतमा मुद्दा दर्ता भएको हो। पूर्व सई मदन धामीले उनीहरूविरुद्ध कुटपिटको मुद्दा दर्ता गरेको जानकारी दिएका छन्। उनका अनुसार धनगढीमा खड्का, बिष्ट र किमाडीले गत वर्षको पुस ५ गते धनगढीको त्रिनगरस्थित प्रहरी चौकीमै लगेर कुटपिट गरेका थिए। धामीले आफूलाई पुस ५ गतेका दिन बिहान ८ बजेको समयमा घरबाट बोलाई चौकीमा लगेर कुटेको दाबी गरेका छन्। तर प्रहरीले भने नकुटेको बताउँदै आएको छ। पुस ५ कै दिन धामीलाई थुनामा पनि राखिएको उनलाई तत्कालीन समयमा २४…

Read More

धनगढीः कैलालीमा ट्याक्टरमा च्यापिएर चालकको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका-६ हरैयाको शिवशक्ति बालुवा प्रसोधन केन्द्रमा गिट्टी र बालुवा सफा गरिरहेका बेला चालक गोदावरी नगरपालिका-८ बस्ने १९ वर्षीय दिनेश बुढाको बिहीवार मृत्यु भएको हो। सुदूरपश्चिम प्रदेश ००–१००२ त ४०२१ नम्बरको ट्याक्टरमा रहेको पानी ट्याङ्कीमा पानीले ट्याक्टरको पछाडीको भाग भारी हुँदा ट्याक्टर अचानक पछाडी सर्दा बुढाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। ट्याक्टरको पछाडी रहेको पानी ट्याङ्की र मेसिनको बिचमा च्यपिएर बुढाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Read More

धनगढी : वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओड धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कञ्चनपुरले आज उनलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले जानकारी दिए ।

Read More

काठमाडौं : सुनसरीमा लागूऔषध नियन्त्रण ब्यूरोले गोली चलाएर दुई जना लागूऔषध कारोबारीलाई समातेको छ । ब्यूरोका अनुसार, सप्तरीको सप्तकोशी नगरपालिका–५ बस्ने ३५ वर्षीय श्यामसुन्दर मण्डल र सुनसरीको इटहरी नगरपालिका–५ बस्ने ४० वर्षीय श्याम निरौलालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमध्ये मण्डलले प्रहरीलाई आक्रमण गर्न खोजेपछि खुट्टामा गोली हानेर नियन्त्रणमा लिइएको ब्यूरोका अधिकृतहरुको दाबी छ । प्रहरीका अनुसार, सुनसरीको रामधुनी नगरपालिका–६ मा लागूऔषध कारोबारीलाई समात्न जिल्ला प्रहरी कार्यालयसँग मिलेर संयुक्त अपरेशन चलाइएको थियो । त्यसक्रममा एक जना पक्राउ परे भने अर्का भाग्न खोज्दा गोली चलाउनुपरेको ब्यूरोका अधिकृतहरु बताउँछन् । ब्यूरोका एसएसपी गोविन्द थपलिया प्रहरी टोलीमाथि आक्रमण हुने स्थितिमा न्यूनतम बल प्रयोग…

Read More

काठमाडौं : नेपाल प्रहरीका २१ जना प्रहरी नायव निरीक्षकहरुलाई वरिष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस गरिएको छ । बिहीबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार प्राविधिक प्रहरी समूहका २१ सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस गरिएको हो । बढुवा सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप नियम (४) अनुसार प्रकाशित गरिएको छ । यस्तै एकजना प्रहरी सहायक निरीक्षकलाई पनि प्रहरी नायव निरीक्षक पदमा बढुवा गर्न सिफारिस गरिएको छ । cn_7048_to_7054_technical_si_to_ssi_and_asi_to_si_20810203Download

Read More

काठमाडाैं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको सशस्त्र प्रहरी बल नेपालको टोलीले दुई महिनाको अवधिमा ५२ किलो भन्दा बढी सुन बरामद गरेको छ ।  २०८० चैत र २०८१ वैशाख महिनामा विमानस्थलबाट ६ करोड ८७ लाख ७८ हजार ७३५ बराबरको ५२.७२९ किलो सुन बरामद गरी सशस्त्र प्रहरीले भन्सार दाखिला गरेको हो । उक्त अवधिमा अवैध सुन ओसारपसार गर्ने २२ जनालाई पक्राउ गरिएको सशस्त्रले जनाएको छ । सशस्त्र प्रहरीले चैत र वैशाखमा विशेष सूचनाको आधारमा अवैध ओसार–पसारमा संलग्न १७ वटा ठूला र १५ वटा साना गरी ३२ वटा सवारी साधन नियन्त्रणमा लिइ राजस्व अनुसन्धान विभाग र कार्यालयहरूमा पठाएको छ । सोही अवधिमा राजस्व अनुसन्धान…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने दुई सांसदलाई नागरिक उन्मुक्ति पार्टीको संसदीय दलले कारबाही गर्ने भएको छ। सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिएका आफ्नो दुई जना प्रदेश सभा सदस्यलाई कारबाही गर्ने जनाएको हो। नागरिक उन्मुक्ति पार्टी (नाउपा)का प्रदेश सभा सदस्यहरू कैलाश चौधरी र टीका थापालाई कारबाही गर्ने दलले जनाएको छ। मन्त्रीसमेत रहेका दुवै जनाले आफ्नो पार्टीको दलको निर्णय विपरीत मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिएका हुन्। मुख्यमन्त्रीलाई विश्वासको मत नदिनका लागि उन्मुक्तिले ह्विप जारी गरेको थियो। दलको ह्विपलाई अटेर गरेर विश्वासका मत दिएका दुवै जनालाई कारबाही गरिने मुख्य सचेतक खुशीराम डङ्गौरा थारुले बताएका छन्।…

Read More

काठमाडौँ : नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदीय अराजकता मच्चाएको बताएका छन् । बिहीबार साँझ बसेको प्रतिनिधि सभाको बैठकमा भएको तनावका बारेमा बोल्दै उनले कांग्रेसले अलोकतान्त्रिक र अधिनायकवादी चरित्र प्रदर्शन गरेको बताएका हुन् । प्रमुख सचेतक बर्तौलाले आफ्नो दलको अध्यक्षमाथि गरेको अपमानजनक व्यवहारको भत्सर्ना समेत गरेका छन् । उनले भने,‘कांग्रेसले सदन अवरुद्ध गरेर महत्त्वपूर्ण समयलाई बन्धकी बनाइरहेको छ । आजको बैठकमा कांग्रेसले हौसिएर, मात्तिएर सरकारको लाइनमा आयो । जब सभामुखले गृहमन्त्रीलाई बोल्न समय दिनुभयो, कांग्रेसका प्रमुख नेताहरू आएर सरकारको लाइनमा आएर अवरोध गर्ने, उपसभामुखको कुर्सीमा आएर बस्ने यसप्रकारको असंसदीय गैरराजनीतिक व्यवहार गर्नुभयो ।’ उनले अगाडि…

Read More

धनगढी : सुदूरपश्चिम सरकारको विवाद पूर्ण इजलासले टुंग्याएको छ। न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना, कुमार चूडाल र सुनीलकुमार पोखरेलको इजलासले मुख्यमन्त्री दीर्घबहादुर सोडारीको नियुक्तिविरूद्धको रिट खारेज गरिदिएको छ। नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सांसद लक्ष्मणकिशोर चौधरीले रिट दायर गरेका थिए। यसअघि न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासले जटिल विवाद निहित रहेकाले पूर्ण इजलासबाट टुंगो लगाउनु उचित हुने भन्दै सुनुवाइका लागि अर्को दिन पेसी चढाउन आदेश गरेको थियो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई काम गर्नबाट रोक्न माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले वैशाख १० गते अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।

Read More

काठमाडौं : प्रतिनिधिसभा बैठकमा सत्तापक्ष नेकपा एमाले र प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुबीच धकेलाधकेल भएको छ । सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसको नाराबाजीका बीच गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि विवाद भएको हो । सभामुखले गृहमन्त्रीलाई समय दिँदा कांग्रेस सांसदहरुले वेल घेराउ गरिरहेका थिए । त्यही बेला सत्तारुढ सांसदहरु उठेर गृहमन्त्रीलाई बोल्न दिनुपर्ने माग गरे । कांग्रेस सांसदहरु गृहमन्त्री रोष्ट्रम जाने बाटो छेक्न उनको कुर्सी नजिकै पुगेर नाराबाजी गर्न थाले । त्यही बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अरु सांसदहरुले लामिछानेलाई रोष्ट्रममा जान आग्रह गरे । एमाले अध्यक्ष ओलीले नाराबाजी गरिरहेका कांग्रेस उपसभापति धनराज गुरुङलाई केही भनेको भिडियोमा देखिन्छ…

Read More