Author: महेन्द्रनगर पोष्ट

धनगढी : बैतडीमा एक युवक मृत फेला परेका छन् । जिल्लाको पाटन नगरपालिका वडा नम्बर ६ को मुख्य बजारको पछाडी रिङरोडको तल २१ बर्षीय दिपेन्द्र घर्तीमगर मृत फेला परेका हुन् । दाङ घर भइ लामो समयदेखि सरसरफाईको क्षेत्रमा काम गर्दै आएका पुस्तल घर्तीमगर (जोकर) का छोरा दिपेन्द्रको शव आइतबार दिउँसो फेला परेको प्रहरीले जनाएको छ ।  स्थानीयको जीर्ण घरमा बस्दै आएका उनको शव घरको पछाडी घोप्टो परेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए ।  घटनास्थलमा इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी टोली खटिएको र थप जानकारी आउन बाँकी रहेको उनले बताए ।  घटनाका बिषयमा…

Read More

धनगढी: सशस्त्र प्रहरी बलका आइजीपी राजु अर्याल सुदूरपश्चिम आउने भएका छन । आइजीपी अर्याल अहिले साझ धनगढी आउने कार्यक्रम रहेको छ । यस्तै उनले भोलि सशस्त्रको वनवेहडास्थित शिक्षालयको वार्षिकोत्सब तथा झलारीस्थित एपीएफ स्कुलको उद्घाटन गर्ने कार्यक्रम छ। यस्तै उनले सुदूर पहाडको दार्चुला पनि पुग्ने कार्यक्रम रहेको बताइन्छ।

Read More

धनगढी : शनिबार कैलालीको भजनी नगरपालिका-९ पचमुडियाका एक सय ७४ थारू समुदायका घर परिवार बिहानैदेखि खुला चौरमा गई बसे । लहरै खाना पकाउनका लागि चुलो बनाइएको छ भने खाने कुरा पनि राखिएका थिए । बिहानै गएका उनीहरु बेलुका अबेर घर फर्किए । शनिबार नै कैलालीको घोडाघोडी नगरपालिका-८ दीपनगरका थारू समुदाय पनि नदी छेउमा गई बसे । बिहानै गएका उनीहरु त्यहीँ खानपिन गरेर बेलुका घर फर्किए । गएको मङ्गलबारदेखि बिहीबारसम्म घोडाघोडी नगरपालिका-११ सिसैयाका ६२ थारू परिवार पनि कन्द्रा नदी किनारमा खुला आकाशमुनि त्यसैगरी बसेर फर्के । खानेकुरासहित दुई रात बास बसेर उनीहरु घर फर्के ।यसरी नदी छेउ गएर खुलाचौरमा उनीहरु कुनै…

Read More

धनगढीः धनगढीमा साढे पाँच लाखका अवैध मोबाइलसहित भारतीय नागरिक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–४ ओमशान्ति टोलबाट भारतको लखिमपुर खिरीका २३ वर्षीय आयुष गुप्ता भन्सार छलीका मोबाइलसहित पक्राउ परेका हुन्। कैलाली प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा सरल सिंहको घरको कोठाबाट पाँच लाख ३२  हजार आठ सय १० का मोबाइलसहित गुप्तालाई पक्राउ गरिएको हो। प्रहरी सहायक निरिक्षक गजेन्द्रबहादुर चन्दको टोलीले सामसुङ कम्पनीका ५८ थान मोबाइल, नोकिया कम्पनीका ५२ थामन, गलास २६ प्याकेट, क्यामेरा गलास ३२८ पिस, पाँच रोल चार्जर, सादा मोबाइलका डिस्पिले ३७९ पिस, ६ डिब्बा मोबाइल पार्ट, ३३९ फोल्डर बरामद गरिएको हो। गुप्तासहित भन्साल छलीको सामान कारबाहीका लागि कैलाली भन्सार कार्यालय पठाइएको…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँलाई प्रदेश निर्वाचन कार्यालय धनगढीले बझाङ उपनिर्वाचनको परिणाम सहितको प्रतिवेदन पेश गरेको छ । प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख मियाँलाई प्रदेश सभा उपनिर्वाचन २०८१ को परिणाम सहितको प्रतिवेदन पेश गरेका हुन् । उक्त प्रतिवेदनमा वैशाख १५ गते बझाङमा सम्पन्न उपनिर्वाचनमा विजयी भएका र उम्मेदवार रहेका सबैको मत परिणाम उल्लेख गरिएको छ । प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शैलेस ढुङ्गाना, प्रमुख स्वकीय सचिव सविर अली लगायतको उपस्थितिमा प्रतिवेदन हस्तान्तरण गरिएको हो । मत परिणाम सहितको प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख मियाँले निष्पक्ष, स्वच्छ र विश्वसनीय निर्वाचन सम्पन्न गरेको…

Read More

धनगढी : कैलालीको बर्दगोरिया गाउँपालिकाले ईलाका प्रहरी कार्यालय सुख्खडका नयाँ डिएसपी दिपेन्द्र कुमार पाललाई स्वागत गरेको छ । आईतबार गाउँपालिका कार्यालय परिषरमै नयाँ सरुवा भएर आएका डिएसपि पालको स्वागत गरिएको हो । ईलाका प्रहरी कार्यालयमा सरुवा भएर आएको १ महिनापछि गाउँपालिका कार्यालयले पालको स्वागत गरेको हो । आईतबार पालिका अध्यक्ष कर्ण बहादुर कुवँर सहितको टिमले डिएसपी पाललाई स्वागत गरेको थियो । स्वागत कार्यक्रममा बोल्दै डिएसपी पालले शान्ति सुरक्षामा आफु कटिबद्ध रहेको बताइए । उनले शान्ति सुरक्षा अमन चयनमा पालिकाको समेत महत्वपूर्ण भूमिका रहने भएकोले सहयोग र सहकार्य गर्न पनि आग्रह गरे ।

Read More

बाजुरा :  बाजुरामा हेलिकोप्टरमार्फत सुत्केरी र गर्भवतीको उद्धार गरिएको छ । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी भएर उपचार गराइरहेकी बुढीनन्दा नगरपालिका–१ की २६ वर्षीया इश्वरी कार्की र स्वामीकार्तिक खापर गाउँपालिका–२ सुपानीकी ३० वर्षीया अनिता महतरालाई सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । दश दिनकी सुत्केरी कार्कीलाई उच्च ब्लड प्रेसरका कारण कोल्टीबाट रिफर गरिएको डाक्टर प्रतिक न्यौपानेले बताए । गर्भवती महतराको पहिलो सन्तान पाउँदा अप्रेसन गरेको र दोस्रो सन्तान समेत अप्रेसन गर्नुपर्ने हुँदा जटिल प्रकृतिको समस्या भएकाले रिफर गरिएको बताइएको छ । सुत्केरी र गर्भवतीको अवस्था जटिल भएका कारण कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट पत्र आएपछि महिला तथा बालबालिका मन्त्रालय अन्तरगत राष्ट्रपति महिला…

Read More

धनगढी : कैलाली र कञ्चनपुरबाट अबैध सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका–१० चकमेलीघाट, धनगढी उपमहानगरपालिका–१५ कनरी र टीकापुर नगरपालिका–१ नयाँबस्तीबाट करिब ३४ हजार ५४० मुल्य बराबरको प्राउन, पेय पदार्थ, बोइलर कुखुरा, माछा लगायतका सामान फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिका–४ ‘घ’ गाँउ बाट करिब २४ हजार ६ सय मुल्यको पेय पदार्थ, बोइलर कुखुरा, माछा लगायतका अबैध सामान इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं : जापानी विदेशमन्त्री योको कामिकावा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं उत्रिएकी छन्। श्रीलंकाको दुईदिने भ्रमण सकेर उनी एकदिने नेपाल भ्रमणमा आएकी हुन्। उनलाई स्वागत गर्न परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले विमानस्थल पुगेकी थिइन्। परराष्ट्र मन्त्रालयका अनुसार योकोले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नेछिन्। उनले परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ। योको आजै स्वदेश फर्किने मन्त्रालयले जनाएको छ।

Read More

काठमाडौं : नेपाल सरकारले एक सयको नोटमा नेपालको चुच्चे नक्सा राख्ने निर्णयमा भारतले असन्तुष्टि जनाएको छ।  चुनावी अभियानका क्रममा भुवनेश्वर पुगेका  भारतीय विदेशमन्त्री एस जयशंकरले सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने नेपाल सएकल निर्णयको अर्थ छैनरकारको निर्णयप्रति असन्तुष्टि जनाएका हुन्।  पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नको जवाफ दिँदै उनले आफूले नेपाल सरकारको निर्णय सुनेको तर यस विषयमा भारतको स्पष्ट धारणा रहेको बताए। उनले भने‘ ‘सीमा क्षेत्र र नक्साका विषय दुई देशीय विषय भएकाले नेपालले गरेको एकल निर्णयको अर्थ छैन। धरातलीय यथार्थताका आधारमा निर्णय गर्नुपर्छ। यसमा हामी प्रष्ट छौं।’ गत बिहीबार बसेको मन्त्रिपरिषदले एक सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेको थियो। एक…

Read More