Author: महेन्द्रनगर पोष्ट

धनगढी: सुदूरपश्चिमका चाडपर्व (दसैं तिहार) नजिकिएसँगै जुवा पनि ह्वात्तै बढेको पाइएको छ। प्रहरीको रिपोर्ट अनुसार केही दिन यता सुदूरपश्चिमका विभिन्न जिल्लामा जुवाखालहरु बढेका छन् भने जुवाडेहरु सक्रिय भएका छन्। उनीहरूलाई समात्न सुदूरपश्चिम प्रदेश प्रहरीले निर्मम भएर लाग्न पनि भनेको छ। तर यसपालि कैलाली तथा कञ्चनपुरमा अधिक जुवा भैरहेको बताइएको छ। यी दुई जिल्लामा प्रतिष्ठित होटलहरु, रेस्टुरेन्टहरु तथा जंगलमा समेत जुवा हुने गरेका छन्। प्रहरीले पछिल्लो समय जंगल, जुवाडेकै घर तथा होटलबाट जुवाडेहरुलाई समातिरहेको छ। स्रोतका अनुसार दुई जिल्लाका ठूला होटल, राष्ट्र बैंककै गेष्ट हाउससहित प्रहरी तथा सशस्त्रकै ब्यारेकभित्र समेत जुवा भैरहेका छन्। यस अगाडिका वर्षहरुमा पनि यसैगरी सेटिङमा जुवा हुने…

Read More

कञ्चनपुरः कञ्चनपुरमा स्रोत नखुलेको रकमसहित एक जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–९ ब्रम्हदेवबाट स्रोत नखुलेको २५ लाख ५१ हजार ८ सय ३८ नगदसहित एक जना भारतीय नागरिक पक्राउ परेका हुन्। सशस्त्र प्रहरीको ब्रम्हदेवस्थित बिओपीले मंगलबार साँझ उक्त रकम बरामद गरेको हो। सशस्त्र प्रहरीको झलारी स्थित ३५ नम्बर गणका एसपी खगेन्द्रबहादुर चन्दका अनुसार भारत उत्तराखण्डको चम्पावत जिल्लास्थित टनकपुरका स्थानीय अभिशेक गुप्ताबाट १२ लाख ७४ हजार २२० भारु र ५ लाख १३ हजार नेपाली रुपैयाँ बरामद गरिएको हो। बरामद गरेर सो रकम अहिले राजश्व अनुसन्धान विभागमा पठाउने तयारी छ। यस्तै बरामद गरिएको रकम, भारतीय नम्बरको स्कुटर र भारतीय नागरिकलाई कोहोलपुरस्थित राजश्व अनुसनधान…

Read More

काठमाडौं: प्रहरी अधिकृत आधारभूत तालिममा प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा अरूण जोशी सर्वप्रथम भएका छन्। यस्तै सर्वद्वितीय प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. संजिब खड्का, सर्वतृतीय प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. बिनिता बस्नेत बने। यसरी उत्कृष्ट प्रहरी अधिकारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा मंगलबार आयोजित प्रहरी अधिकृत आधारभूत तालिम ३२औं समूहको दीक्षान्त समारोहमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले तालिमका विजयीलाई पुरस्कार वितरण गरे। यस्तै, अध्ययन प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. मृगेन्द्र कुमार सिंह यादव, कवाज एवम् शारीरिक व्यायाम प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. विजय सुनार, चाँदमारी प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा। विशाल थापा र प्रहरी कारबाही तथा युक्ति…

Read More

काठमाडौं: नाबालिकालाई प्रवेश दिएको आरोपमा प्रहरीले ठमेलका दुई डिस्कोका कर्मचारीलाई पक्राउ गरेको छ। सिनेट र फायर क्लबमा छापा हानी काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई पक्राउ गरेको हो। सनिप महर्जन र सन्देष थापालाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ। पक्राउ परेकाविरुद्ध बालबालिकासम्बन्धि ऐनअनुसार कारबाही गरिने प्रहरीले कारबाही अघि बढाएको छ। ती क्लबका सञ्चालक भने पक्राउ परेका छैनन्। क्लबमा १८ वर्षभन्दा कम उमेरका किशोर किशोरी प्रवेश गराउन नहुने प्रावधान छ। तर, डिस्कोमा उमेर खुलाएर प्रवेश गराउने प्रणाली छैन।

Read More

काठमाडौं: नेपाल प्रहरीका ३ जना एसएसपी यताउता भएका छन्। प्रहरी प्रधान कार्यालय नक्सालका प्रवक्ता डीआईजी दानबहादुर कार्कीले ३ जना एसएसपीको सरुवा गरिएको जानकारी दिए। उनका अनुसार दिल्लीस्थित दूतावासमा रहेका एसएसपी उमाप्रसाद चतुर्वेदी नेपाल आएका छन्। उनलाई उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौं ल्याएकोमा एसएसपी सन्जिव शर्मा दास दिल्ली गएका छन्। यस्तै अर्का एसएसपी दीपककुमार बस्नेतलाई भने नेपाल प्रहरी प्रदेश कार्यालय नेपालगन्ज सुर्खेत पठाइएको छ। उनी यस अगाडि प्रदेश समन्वय विभागमा थिए। गृहमन्त्रीस्तरीय निर्णयबाट आज उनीहरूको सरुवा गरिएको हो।

Read More

काठमाडौं: आर्थिक प्रशासन महाशाखाका कायम मुकायम सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होमबहादुर ज्ञवाली उच्चस्तरीय व्यवस्थापन तालिममा सर्वोत्कृष्ट भएका छन्। राष्ट्रिय सशस्त्र प्रहरी बल, प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा भएको सि.सं.५ उच्चस्तरीय व्यवस्थापन तालिममा एसएसपी ज्ञवाली प्रशासनतर्फका अधिकृतहरुलाई समेत उछिन्दै सर्वोत्कृष्ट भएका हुन्। उनलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सर्वोत्कृष्टको प्रमाणपत्र प्रदान गरे। सो तालिम गत भदौ १६ देखि २१ असोजसम्म भएको थियो। सिसं ३ सशस्त्र प्रहरी निरीक्षक बेसिकका ज्ञवालीले सेवा प्रवेशकालको आधारभूत तालिम होस् वा पेशागत रुपमा प्रदान गरिने उन्नत सबै तालिममा उत्कृष्ट स्थान हासिल गर्न सफल भए।

Read More

कैलाली: कैलालीको अत्तरियामा आयोजना हुने प्रदर्शनी बजार सञ्चालनमा नआउँदै तोडफोड गरिएको छ।अत्तरिया उद्योग वाणिज्य संघका महासचिव शंकर खड्कालगायत समूहले प्रदर्शनी बजारको मुल गेट र केही स्टल तोडफोड गरेको आयोजक सुदूरपश्चिम च्याम्बर अफ कमर्शले दावी गरेकाे छ। ‘यसपालिको दसैं तिहारमा सुदूरपश्चिमकै लगाउने सुदूरपश्चिमकै खाने’ भन्ने नाराका साथ आज मंगलबारदेखि सुदूरपश्चिम प्रदेशका उत्पादित वस्तुहरूको विक्री वितरण प्रवर्द्धन र प्रदर्शनी बजार सुरु हुँदैछ। दसैं तिहारको अवसरमा कैलालीको अत्तरियामा, कैलाली चेम्बर अफ कमर्स, नेपाल चेम्बर आफ कमर्स सुदूरपश्चिम प्रदेश र समृद्ध सुदूरपश्चिम अभियानको आयोजनामा बजार सुरु हुन लागेको हो । तर सुरु हुनु अगावै मुल गेट र केही स्टलमा तोडफोड गरिएको छ । यस…

Read More

धनगढीः कञ्चनपुरमा नौं जना जुवाडे पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले शुक्लाफाँटा नगरपालिका– ७ कालापानीस्थित मानसिंह ठगुन्नाले संचालन गरेको धामी कटेजमा छापा हानेको थियो । सो क्रममा जुवा खेलिरहेको अवस्थामा सोही ठाउँका २४ वर्षीय विपिन सिंहसहित नौं जनालाई पक्राउ गरिएको छ । उनीहरुको साथबाट ८१ हजार चार सय ६० रुपैयाँ बरामद भएको हो ।

Read More

धनगढी: कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–१ मनहरामा मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ का ४० वर्षीय भरत भाटको मृत्यु भएको छ। भाटले चलाएको सु.प.प्र.०१ ००८ प ८९९७ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर पल्टिएको थियो।दुर्घटनामा भाटको टाउको, हात र खुट्टामा चोट लागेको थियो भने अवस्था गम्भीर थियो। जिल्ला प्रहरी कार्यालयका अनुसार मोटरसाइकलमा सवार १७ वर्षीया अनिशा भाटको हात र खुट्टामा चोट लागेको थियो। उनीहरु दुबै जनालाई उपचारका लागि धनगढीको माया मेट्रो अस्पतालमा पुगाइएकोमा सोमबार राति भरत भाटको मृत्यु भएको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा थारू समुदाय बाहुल्य बस्तीमा सखिया नाचको रौनक छाएको छ। यहाँ थारू समुदायका युवकयुवती रातको समयमा बडघरमा जम्मा भएर नाचमा रमाउने गरेका छन्। मादलको तालमा कम्मर मर्काउँदै थारू युवतीले प्रस्तुत गर्ने आकर्षक नाच हेर्न थारूलगायत अन्य समुदायका व्यक्तिसमेत झुम्ने गरेका छन्। युवाले मादल बजाउने, युवतीले नृत्य र गीत पस्कने गर्छन्। स्थानीय राजेन्द्र चौधरीले दसैँ नजिकिँदै जाँदा दिनप्रतिदिन यहाँका बस्तीमा नाचको रौनक थपिँदै गएको बताए। थारू समुदायमा दसैँका समयमा सखिया नाचलाई विशेष आकर्षणका रूपमा हेरिने गरिन्छ। जोनापुर गाउँका थारू बडघर सुरेश चौधरीका अनुसार पहिला फुर्सद हुने भएकाले कृष्ण जन्माष्टमीका दिनदेखि दसैँको टीकासम्म एक महिनासम्म नाच देखाइन्थ्यो। हाल सबै जना आआफ्नो…

Read More