Author: महेन्द्रनगर पोष्ट

धनगढी: सुदूरपश्चिम विश्वविद्यालयले एक वर्षे बीएड सञ्चालन गर्ने भएको छ। चालू आर्थिक वर्षदेखि नै विश्वविद्यालयले एक वर्षे बीएड सञ्चालन गर्ने जनाएको छ। जसमा दुई सेमेस्टर हुनेछन्। तर यसको शिक्षा सम्बन्धि सरोकारवालाले भने आलोचना गरेका छन्। त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयले इन्जिनियरिङ, चिकित्साजस्ता प्राविधिक कोर्सहरू काठमाडौं, वीरगञ्ज, नेपालगञ्ज, सुर्खेतका विद्यार्थीलाई पढाउन सम्बन्धन दिएको आरोप पनि लागेको छ। सुदूरपश्चिम विश्वविद्यालयले सुदूरपश्चिम प्रदेशभन्दा बाहिर प्राविधिक विषयहरुका ३२ वटा भन्दा बढी क्याम्पसहरु लाई केही दिन अघिमात्रै सम्बन्धन दिएको बताइएको हो। कमिसन लिएर विश्वविद्यालयबाट कोर्सहरु बेचिएको बताइएको छ भने त्यसको विद्यार्थी संगठनहरुले पनि विरोध गरिरहेका छन्।

Read More

काठमाडौं: बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका तरुण नेता सन्दीप जंग शाहले एक पत्रकार र युवकलाई धम्की दिएका छन्। आफूलाई नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी तथा हालकी परराष्ट्र मन्त्री आरजु राणा देउवाको कार्यकर्ता बताउने शाहले फोनमार्फत धम्की दिएका हुन्। उसो त शाह तरुण दलको नगर सभापति हुन्। उनै शाहले स्थानीय पत्रकार आशिष मल्ल ठकुरी र भारतको दिल्लीमा रहेका उत्सव वलीलाई धम्की दिएका हुन्। उनीहरुले राप्ती सोनारी गाउँपालिका वडा नं ५ विनौनामा भएको घटना र वडाध्यक्षलाई फसाइएको विषयमा लेखेको र बोलेको भन्दै शाहले धम्की दिएका हुन्। स्रोतका अनुसार धम्की दिने शाह हात हतियार तथा खर खजाना सम्बन्धि मुद्दाका प्रतिवादी समेत हुन्। अहिले उनको…

Read More

धनगढी : कैलालीको अत्तरियामा यौनधन्दामा संलग्न ५ जना पक्राउ परेका छन् । अत्तरियाका विभिन्न होटलहरुमा अनैतिक क्रियाकलाप भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीले छापा मारेरको थियो । सोही क्रममा प्रहरीको अपराध अनुसन्धान शाखाबाट खटिएको टोलीले सार्थक होटल र बिजय होटलबाट ३ पुरुष र २ महिलालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ परेकामध्ये होटल सञ्चालकसमेत रहेका छन्। उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ। पछिल्लो समय अत्तरिया बजार क्षेत्रका होटलहरुमा अनैतिक क्रियाकलाप हुने गरेको गुनासो आएपछि प्रहरीले अनुगमनलाई कडा बनाउँदै आएको जनाएको छ।

Read More

धनगढी : अमेरिकामा बेपत्ता नर्स  ममता काफ्ले भट्टको हत्या उनकै श्रीमान् कञ्चनपुरका नरेश भट्टले गरेको प्रहरीको दाबी छ। अदालतमा पेश गरेको कागजातमा उनको घरकै बेडरुममा हत्या गरेर शव बाहिर कतै घिसारेको प्रतिष्ठित समाचार संस्था सीएनएनले उल्लेख गरेको छ।  सीएनएनले प्राप्त गरेका ती काजातमा घरकै बेडरुममा हत्या गरेको प्रमाणस्वरुप बेडरुम र बाथरुममा रगत देखिएको बताइएको छ।  अदालतले नर्स ममताको शव लुकाएको आरोप भट्टलाई लगाएको छ। उनको घरमा खोजी वारेन्ट जारी गरेपछि बिहीबार भट्टलाई पक्राउ गरिएको थियो र शुक्रबार अदालतमा उपस्थित भएका थिए। भट्टको अभियोग पत्रमा उजुरीमा भनिएको छ,  ‘जुलाई ३०, २०२४ मा आरोपी नरेश भट्टले आफ्नी श्रीमती ममता भट्टको हत्या गरेका थिए।’…

Read More

काठमाडौँ : नेकपा (एमाले) का नेता तथा सांसद तारा लामा तामाङले देश बनाउनको लागि कांग्रेस र एमाले मिलेर सरकार बनाएको स्पष्ट पारेका छन् । तर, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले भने सरकारको विरुद्धमा बाहिरी शक्तिलाई पनि गुहारेको भन्दै लामाले गम्भीर टिप्पणी गरे ।  शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले वर्तमान सरकारले देशलाई समृद्धिको दिशामा डोर्‍याएको र जनतामा आशाको किरण छर्न थालेपछि केही शक्तिहरू आत्तिएको र सरकारविरुद्ध तथानाम बोलेर हिँड्न थालेको टिप्पणी गरे ।  उनले भने,‘अहिले देश समृद्धितर्फ जाने देखेपछि, नेपालभित्रकै केही तप्का छटपटाएर तथानाम बोलेर हिँडिरहेको छ । यसलाई नेपाली जनताले चिर्नेछ । यसको…

Read More

धनगढीः हिजो राति धनगढीमा ट्राफिक प्रहरी र एक पत्रकारबीच विवाद भएको घटनापछि प्रहरी विवादमा तानिएको छ। विवाद भएको भन्दै ट्राफिक प्रहरीले पत्रकारलाई हतकडी लगाएर थुनामा पठाएपछि प्रहरी विवादमा तानिएको हो। सवारी चालकसँग कागजात भए/नभएको हेर्ने र कैफियत देखिएमा जरिमाना काट्ने अधिकार पाएको ट्राफिक प्रहरीले व्यक्तिगत रिसिइबी साध्न हतकडी लगाएर हिरासतमा पठाएको आरोप लागेको छ। शुक्रवार राति करिब ९ बजेको समयमा धनगढीका पत्रकार रमेश अयडीलाई प्रहरीले थुनेको थियो। ट्राफिक प्रहरी हवलदार विजय बमले अयडीसहित अर्का एक जना युवकसँग विवाद भएपछि हतकडी लगाएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा पठाएका थिए।बमले शुक्रवार साँझ कागजपत्र नभएको भन्दै पत्रकारलाई हतकडी लगाएर जिल्ला प्रहरीको हिरासतमा पठाएका थिए। तर…

Read More

काठमाडौं: हिजो बिहान तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनाका मृतकहरुको शव भारत लगिएको छ। आज अपरान्ह भरतपुर विमानस्थलबाट भारतीय वायुसेनाको विमानमा राखेर मृतक २७ मध्ये २५ को शव मुम्बई लगिएको छ।  भरतपुर अस्पतालमा पोस्टमार्टम सकाएपछि भारतीय वायुसेनाको कल साइन केसी ३८१० विमान हिजो दुर्घटनामा मृत्यु भएका भारतीयहरुको शव बोकेर ५ बजे मुम्बइतर्फ प्रस्थान गरेको बताइन्छ। शव बुझ्न भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्से चितवन पुगेकी हुन्। उक्त विमानबाटै राज्यमन्त्री खड्से पनि मुम्बइ फर्किएकी छन्। बाँकी दुई वटा शव स्थलमार्गबाट सुनौली नाका हुँदै गोरखपुर लगिएको छ।  दुर्घटनाका घाइते १६ जनाको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। बिहान काठमाडौं आइपुगेपछि भारतीय…

Read More

धनगढी: कैलालीमा बस्ने बझाङकी एक महिलाको घरबाट १६ किलोग्राम बढी चरेस बरामद भएको छ। प्रहरीले आज १६ किलो १८० ग्राम लागू औषध (चरेस) सहित महिलालाई पक्राउ गरेको हो। जिल्लाको गोदावरी नगरपालिका वडा नं. ०२ तेघरी खानेपानी टोलस्थित बस्दै आएकी बझाङ बुंगल नगरपालिका वडा नं. ०२ दहबगर मल्ली बत्थी घर भएकी आइते धामीको श्रीमती ४५ वर्षीया मंगली देवी धामी समातिएकी हुन्। उनको घरमा लागु औषध (चरेस) को ओसार पसार तथा कारोबार भईरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले छापा हानेको थियो। सो क्रममा चरेस बरामद गरिएको हो। उनले घरको कोठाभित्र सेतोमा रातो धर्सेदार रंगको बोराभित्र भुसामा लुकाएर चरेस राखेकी थिइन्।

Read More

धनगढी: कैलालीमा सर्पले डसेर दुई बालिकाको मृत्यु भएको छ। जिल्लाको गौरीगङ्गा नगरपालिका–७ महुलियामा सर्पले डसेर एकै घरमा दिदी बैनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। ४ वर्षीया काजल र ७ वर्षीया निता घर्तीमगरलाई शुक्रबार राति सुतिरहेको अवस्थामा सर्पले डसेको थियो। सर्पले डसेपछि स्थानीय अस्पतालबाट थप उपचारको लागि धनगढी ल्याइएको थियो। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनीहरु दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिए। सोही समयमा बालिकाकी हजुर आमा मेनुका घर्तीमगरलाई पनि सर्पले डसेको छ। उनको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : तनहुँमा भएको बस दुर्घटनामा घाइते यात्रुलाई भेट्न भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे आज काठमाडौं आउने भएकी छिन् । दुर्घटनाका घाइतेलाई भेट्न र मृतक शवहरू लिएर जान उनी काठमाडौं आउन लागेकी हुन् । स्रोतका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा उनी आज बिहान साढे १० बजे काठमाडौं आउने कार्यतालिका छ । उनको साथमा महाराष्ट्र जलगांवका एक जना विधायक पनि आउने छन् । शुक्रबार पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । दुर्घटनामा १६ जना घाइते भएको र उनीहरुलाई शुक्रबार नै हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको…

Read More