Author: महेन्द्रनगर पोष्ट

अछाम : अछाममा करेन्ट लागेर एक महिला घाइते भएकी छिन्। जिल्लाको साँफेबगर नगरपालिका–११ बैद्यनाथकी १९ वर्षीया विन्द्रा सुनार घाइते भएकी हुन्। उनलाई डालेघाँस काट्ने बेला रुखमा छुनगई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। घाइते महिलाको न्यायहेल्थ अस्पताल वयलपाटामा उपचार भइरहेको छ।

Read More

काठमाडौं : नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै आज पृथ्वी जयन्ती मनाइँदै छ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ । यस वर्ष पृथ्वी जयन्तीको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। यस वर्ष पनि राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले विविध कार्यक्रम गरी पृथ्वी जयन्ती मनाउँदै छन् । 

Read More

काठमाडौँ: हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ राति कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

Read More

प्यूठान : रुसी सेनामा भर्ती भएका प्यूठानका एक युवकको मृत्यु भएको छ । रुस युक्रेनको युद्धमा परेर प्यूठान नगरपालिका ४ काठेवरका सोनु सुनारको मृत्यू भएको हो । प्यूठान नगरपालिकाका उपप्रमुख देबेन्द्र बर्माले सुनारको रुस युक्रेन युद्धमा परी मृत्यु भएको खबर आएको जानकारी दिए । रोजगारीको शिलशिलामा कतार पुगेका सुनार उतैबाट दुई महिना गरी रुस गएर त्यहाँको सेनामा संलग्न भएका थिए । दुई साताअघि नै सुनारको युद्धमा परी मृत्यू भएको र हिजोमात्रै सुनारको मृत्युको खबर प्राप्त भएको छिमेकी खगेश्वर थापाले बताए । उनीसँगै घाईते भएका अन्य एक नेपाली युवाले सुनारको मृत्यू भएको खबर परिवारलाई दिएको थापाले जानकारी दिए ।

Read More

काठमाडौं : नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोलीले विश्वपक अघिको वार्म अप खेलमा नामिबिया यू–१९ टिममाथि जित हात पारेको छ ।दक्षिण अफ्रिकामा भएको खेलमा नेपालले नामिबियालाई ६ रनले हराएको हो । नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको नामिबियाले २९ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १३५ रन बनायो । नामिबियाका लागि बुसिङ भोसेन्कले ५० रनको अर्धशतकीय पारी खेले । त्यस्तै मोफितले १८ रनको योगदान गरे ।नेपालका लागि आकाश चन्द र गुलशन झाले समान तीन–तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनाएको थियो । नेपालका लागि दिपक डुम्रेले सर्वाधिक ३२ रन…

Read More

काठमाडौं : एसियाली क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा एसीसी प्रिमियर कप आगामी अप्रिलमा ओमानमा हुने भएको छ । एसीसीले बिहीबार वर्ष २०२४ को क्यालेन्डर सार्वजनिक गर्दै प्रिमियर कप ओमानमा हुने जनाएको छ । प्रतियोगिता अप्रिल १० देखि २३ सम्म हुनेछ । प्रतियोगितामा साविक विजेता नेपालसहित एसियाका १० एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । यस पटक प्रिमियर कप टी-२० फर्म्याटमा हुनेछ । जुनमा अमेरिका र वेष्ट इन्डिजमा टी-२० विश्वकप हुने भएकोले प्रिमियर कप पनि सोही फर्म्याटमा हुन लागेको हो । जसमा साविक विजेता नेपालसहित युएई, ओमान, हङकङ, कुवेत, मलेसिया,बहराइन, कतार र एसीसी च्यालेन्जर कपबाट छनोट भएर आउने दुई टोली हुनेछन् । जनवरी…

Read More

काठमाडौं : पशुपतिमा गाँजाको व्यापार गरेर शान्ति सुरक्षामा असर पुर्‍याएको भन्दै लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) काठमाडौंको टोलीले छापा मारेको छ । पशुपति क्षेत्रमा बसेर गाँजा बेचेको आरोपमा एनसीबीको टोलीले ५ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट ८ सय ३८ ग्राम लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ । ब्यूरोका अनुसार, गौशालाको ओरालोबाट गाँजा विक्री गर्दै गरेको अवस्थामा केहीलाई पक्राउ गरिएको थियो भने केहीलाई शव दाहगृह नजिकैबाट समातिएको हो । पक्राउ परेकाहरुलाई प्रहरी वृत्त, गौशाला बुझाइएको जनाइएको छ । गाँजाको विक्रीबारे अनुसन्धान गरिदिन भन्दै पशुपति क्षेत्र विकास कोषले ब्यूरोलाई अनुरोध गरेको थियो ।

Read More

काठमाडौं : बलात्कार मुद्दामा दोषी ठहर्‍याइएका क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले आठ वर्ष कैद सजाय सुनाएको भोलिपल्ट सांसद चन्द्र भण्डारीले सामाजिक सञ्जालमार्फत त्यसमा प्रतिक्रिया दिए । सन्दीपको नाम नजोडी उनले ‘कुन अवस्थालाई बलात्कार मान्ने भन्नेबारे कानुनको व्याख्या आवश्यक रहेको’ प्रतिक्रिया दिए । उनले फेसबुक र ट्विटर दुवैतिर लेखेका छन्, ‘कस्तो अवस्थालाई प्रेम ? र कस्तो अवस्थालाई बलात्कार ? बलात्कार भनेको के हो ? अनि प्रेम के हो ? प्रेम बलात्कारमा परिणत हुन्छ कि हुदैन ? परिभाषाको आवश्यकता ।’ सन्दीपलाई आठ वर्ष कैद सजाय ठहर भएको भोलिपल्ट प्रतिक्रिया व्यक्त गरेकाले उनको संकेत यही विषयमा हो भनी बुझ्न कठिन छैन ।…

Read More

डडेल्धुराः जापानमा बस्दै आएका समाजसेवी विनय प्रकाश मल्लले विश्व हिन्दु युवा संघ डडेल्धुरालाई २५ हजार सहयोग गरेका छन्। मकर संक्रान्तिको अवसरमा परशुराम धाममा हुने आध्यात्मिक प्रवचन तथा सांस्कृतिक कार्यक्रमका लागि मल्लले संघलाई २५ हजार सहयोग गरेका हुन्। बिहीबार समाजसेवी मल्लकी आमाले संघका जिल्ला अध्यक्ष मोहन ऐर ‘रोहन’लाई उक्त रकम हस्तान्तरण गरिन्। सहयोग गरेबाफत मल्लकी आमालाई अध्यक्ष ऐरले खादा र सौउल ओढाएर सम्मान व्यक्त गरे। हिन्दु युवा संघ डडेल्धुराको आयोजनामा यही पुस २९ र माघ १ गते परशुराम धाममा आध्यात्मिक प्रवचन तथा सांस्कृतिक कार्यक्रम हुँदैछ। धार्मिक आस्था उजागर गर्ने र परशुराम धामलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा प्रचारप्रसार गर्ने उद्देश्यले कार्यक्रमको आयोजन…

Read More

धनगढीः राष्ट्रिय सभा सदस्य पदका उम्मेदवार नारायणदत्त भट्टको उम्मेदवारी कायम भएको छ। सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी दिएका नेपाली काँग्रेसका नारायणदत्त भट्ट विरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेकोमा उनको उम्मेदवारी कायम गरिएको हो। सत्तारूढ गठबन्धनकातर्फबाट अपाङ्गतातातर्फ आइतवार उम्मेदवारी दिएका भट्टविरुद्ध एमालेका उम्मेदवार रामचन्द्र जोशीले उजुरी दिएका हुन्। तर, भट्टको उम्मेदवारी कायम गरिएको निर्वाचन कार्यालय, कैलालीका प्रमुख प्रेम भट्टले बताए। उनका अनुसार नारायणदत्त भट्टको उम्मेदवारी निर्वाचन अधिकृतले कानुन सम्मद रहेको भनेका हुन्। नेपाली काँग्रेस कैलालीका जिल्ला सभापति समेत रहेका भट्टविरुद्ध शारीरिक अपाङ्गताको विषयलाई लिएर उजुरी दर्ता गरिएको थियो। किर्ते अपाङ्गता परिचय पत्र लिएको भन्दै उम्मेदवारी खारेज हुनुपर्ने मागसहित उजुरी परेको…

Read More