Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश खारेज गर्नुपर्ने माग गरेका छन्। मंगलवार बुटवलमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। उनले संघीय प्रणाली असाध्यै खर्चिलो भएको र संघीय प्रणाली बोक्नुमा नेताहरूमात्रै नभई नेपाली जनता पनि उत्तिकै दोषी रहेको बताए। उनले भने, ‘यहाँका नेता, शासक र प्रशासकहरूमा संघीयताको पक्षमा मनोवृत्ति छैन। यहाँको भूगोल त्यही किसिमको छ। छिमेका ठूला देश छन्। अर्थतन्त्र कमजोर छ, संघीय प्रणाली असाध्यै खर्चिलो छ। संघीयतामा जान पार्टी मात्रै दोषी छैनन्, यसमा अन्तरराष्ट्रिय शक्तिले दबाब दिए, फसे। जनताले पनि बुझ्न सक्नुभएन।’ उनले संघीयताका कारणले ८८४ जना सांसद र १३८ जना मन्त्री पाल्नु बाध्य भएको बताए।

Read More

धनगढी : कैलालीको द वर्कआउट जोन जिम क्लबले रक्तदान गरेको छ। जिल्लाको गोदावरी नगरपालिका-२ वनखेतस्थित सो जिमले सोमबार बिहान रक्तदान कार्यक्रमको आयोजना गरेको हो। जिमको पहिलो स्थापना दिवसका अवसरमा गरिएको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेको क्लबका सञ्चालक भीम खडायतले जानकारी दिए। जिम क्लबले यसअघि पनि जाजरकोटका भूकम्पपीडितका लागि रक्तदान गरेको थियो भने ५५ हजार ५ सय ५५ रुपैयाँ राहत रकम संकलन गरी भेरी नगरपालिकाको प्रकोप व्यवस्थापन खातामा पठाएको थियो।

Read More

काठमाडौं : कृषि ज्ञान केन्द्र कालिकोटमा भएको भ्रष्टाचार प्रकरणको मुद्दामा ज्ञान केन्द्रका तत्कालीन प्रमुखसहित १३ जनाले सफाइ पाएका छन्। ६६ लाख बराबरको भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्ने प्रमाण नपुगेको भन्दै विशेष अदालतले १३ जना प्रतिवादीलाई सफाइ दिएको हो। विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर तथा न्यायाधीशहरु राम बहादुर थापा र मुरारीबाबु श्रेष्ठको सोमबारको इजलासले उनीहरुलाई सफाइ दिएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७९ चैत ६ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो। कलिकोटको सिमनाथ कृषि विकास सहकारी संस्था लिमिटेडले उच्च प्रविधियुक्त नर्सरी स्थापनाको लागि उपलब्ध गराएको सरकारी अनुदानको पेस्की रकममा सम्झौताअनुसार काम नगरी हिनामिना गरेको दाबी अभियोगपत्रमा गरिएको थियो। अख्तियारले कृषि…

Read More

अछाम: बाजुराबाट छुटेको जीप अछाममा दुर्घटना भएको छ। मंगलबार जिल्लाको मंगलसेन नगरपालिका–७ सिन्जाडाँडामा भे १ च २५७६ नम्बरको जीप दुर्घटना भएको हो। दुर्घटनामा जीपमा सवार १४ जनामध्ये १३ जना घाइते भएका छन्। घाइतेहरुलाई जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। दुर्घटनामा परि एक जना सामान्य घाइते छन्। प्रहरीका अनुसार बाजुराबाट सुर्खेततर्फ गइरहेको जिप उकालोमा ब्रेक फेल भएर दुर्घटना भएको हो।

Read More

महेन्द्रनगर: डडेल्धुराको भित्रीमधेश क्षेत्र परशुराम नगरपालिका–७ का ५३ वर्षीय रामदत्त भट्टले साँदनी गाउँमा व्यापार थालेको दुई दशक भयो। गाउँमै सामान्यस्तरको व्यापारबाट घर गुजारा चलाइरहेका उनी हिजोआज भने बस्तीमा क्रमिक रुपमा हुँदै गएको विकासले हर्षित मात्रै होइन, व्यापार बढाउन हौसिएका छन्। परशुराम नगरपालिकाभित्र भौगोलिक रुपले विकास साँदनी गाउँ आवातजावत गर्न विगतमा भोग्नुपरेको बाध्यता हटेसँगै गाउँमा खुसीयाली छाएको छ। विसं २०२८ मा बैतडीको पुर्चौडी क्षेत्रबाट साँदनी सरेका भट्टले विगतमा दिनभर हिँडेर कञ्चनपुरको महेन्द्रनगर, भारतको टनकपुर झरेर कुटानीपिसानी गरेर जीविका चलाएको विगत सुनाए। तर हालै परशुराम –६ चन्दनी र ७ को बीचमा पर्ने साँदनी खोलामा पक्की मोटेरेवल पुल बनेपछि गाउँको विकासको ढोका खुलेको…

Read More

काठमाडौं : एनसेलको शेयर बिक्री रोक्न माग गर्दै दायर गएको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी रहेको छ। उक्त रिट निवेदनमाथि मङ्गलबार सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा सुनुवाइ भइरहेको छ। प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले एनसेल शेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको शेयर खरिदबिक्री भएको सांसद सिंहले रिट निवेदनमा उल्लेख गरेका थिए। यसअघि पेसी तोकिए पनि उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा पर्दै आएको थियो ।

Read More

काठमाडौं : ललितपुरको भैंसेपाटीस्थित निर्माणाधीन मन्त्री निवास बनाउन मजदुरहरु बस्ने गरेको टहरामा आगलागी भएको छ। आज बिहान एघार बजेतिर खाना पकाउने क्रममा आगो लागेको थियो। आगो १०/१५ मिनेटमै नियन्त्रणमा आएको ललितपुर प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलले कानुन विपरीत कुनै काम गरेको छ भने हदैसम्म कारबाही हुने बताएका छन्। राज्य व्यवस्था तथा सुशासन समितिमा एनसेल प्रकरणमको बारे जवाफ दिदैँ उनले वैदेशिक लगानी समेत रहेको एनसेलको खरिदविक्रीमा करछलिसम्बन्धमा सम्पूर्ण कागजात संकलन र अध्ययन गरिरहेको बताए। अध्ययन र छानबिन समितिको राय प्राप्त गरेपछि सरकारले आवश्यक कदम चाल्ने स्पष्ट पारे।

Read More

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) सन् २०२४ को अक्सन आज हुँदैछ। अक्सन नेपाली समय अनुसार दिउँसो सवा एक बजे दुबईमा शुरु हुनेछ। अक्सनमा कुल तीन सय ३३ खेलाडी सहभागी हुनेछन्। त्यसमा दुई सय १४ जना भारतीय, एक सय १९ विदेशी र दुई एसोसिएट देशका खेलाडी छन्। एसोसिएट देशबाट नेदरल्यान्ड्सका पाउल भान मार्केन र नामिबियाका डेविड विजा रहेका छन्। ३० विदेशीसहित कुल ७७ खेलाडी अक्सनमा बिक्न सक्नेछन्। नेपालबाट भने अक्सन लिष्टमा कुनै पनि खेलाडी परेका छैनन्। आउँदो वर्ष हुने आईपीएलको १६ औँ संस्करणको आधिकारिक मिति तय भइसकेको छैन।

Read More

काठमाडौं: नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ। महासङ्घका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार २५० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घटेको छ। आज चाँदी तोलाको १४ सय ५०रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Read More