धनगढी : धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले उपमहानगरपालिकाले चलाँउदै आएको सरकारी सवारी साधनको दुरुपयोग गरेका छन ।
उप–महानगरपालिकाले चलाँउदै आएका निजी नम्बर प्लेटका सवारी साधनको अधिकृत श्रेष्ठले दुरुपयोग गरेको भेटिएको हो । सार्वजनिक बिदा एबम् शनिबारका दिन श्रेष्ठले मनमर्जी रुपमा सरकारी सवारी साधनको दुरुपयोग गरेका छन् ।
अधिकृत श्रेष्ठ लगायत तिन जना कर्मचारी उपमहानगरपालिकाको सवारी साधन सहित गोदावरीको एक होटेलमा मदिरा सेवन गर्न पुगे ।
उपमहानगरले भाडामा प्रयोग गर्दै आयको प्रदेश ७ –०१००१ च ४०५९ नम्बरको टाटाइभि कार धनगढी देखि गोदावरीको एक होटलसम्म मदिरा सेवन गर्न प्रयोग गरे ।
गाडिमा उपमहानगरपालिकाका प्रशासकीय अधिकृत श्रेष्ठ लेखा अधिकृत र अर्का एक कर्मचारी रहेको जनाइएको छ ।
उनीहरुले नगरले भाडामा लिएको सवारी साधनलाई मदिरा सेवनको लागी प्रयोग गरेको थिए ।
यता धनगढी उप–महानगरपालीकाका प्रमुख गोपाल हमालले आफुलाई सो बारे जानकारी नभएको बताए । उनले भने ‘हामीले तिस दिनको लागी मासीक ७५ हजार भाडामा गाडी लिएका छौ तर त्यस्तो नहुनु पर्ने ।’
उनका अनुसार प्रशासकिय अधिकृत ७ गतेबाट अवकाश हुदै छन । उनले भने ‘सायद लिनु भयो कि म बुझ्छु’ मेयर हमालले भने ‘शनिबार धनगढी उप–महानगरपालिकाले प्रयोग गर्दै आएको प्रदेश ७ –०१००१ च ४०५९ नम्बरको टाटाइभि कार र प्रमुख प्रशासकिय अधिकृत सहित ३ जना गोदावरीको एक होटलमा मदिरा सेवन गर्न लागेकोे भिडियो छ ।’