Author: महेन्द्रनगर पोष्ट

धनगढी : राष्ट्रपति रामचन्द्र पौडेल बिहीबार अछाम आउने भएका छन् । बिहीबारदेखि २५ गते सम्म वैद्यनाथ धाममा लाग्ने कोटिहोमको उद्घाटन गर्न राष्ट्रपति पौडेल यहाँ आउन लागेका हुन् । कोटीहोम मुल आयोजक समितिका अनुसार भोलि बिहान राष्ट्रपति पौडेल ११ वजे कोटिहोम (महाकुम्भ) को समुद्घाटन गर्ने छन् । नेपालका चार धाम मध्येको एक पौराणिक, धार्मिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको वैद्यनाथ क्षेत्रमा १४४ वर्षमा कोटिहोम लाग्न लागेको हो । जसको सम्पूर्ण तयारी भइसकेको कोटिहोम मुल आयोजक समितिले जनाएको छ । साँफेबगर नगरपालिका–१ मा रहेको वैद्यनाथ मन्दिरमा यहि भोलिदेखि २५ गते शिवरात्रीसम्म कोटिहोम महायज्ञ सञ्चालन हुनेछ । वैद्यनाथ धामको धार्मिक,सांस्कृतिक एवम्…

Read More

धनगढी : नेकपा एमाले कैलालीको जिल्ला अधिवेशन मार्फत केही पदका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।  लेखा समितिको उपाध्यक्षमा पार्वती बराइली (रेसु) निर्विरोध निर्वाचित हुँदा सचिवमा गणेश बहादुर बोहरा पनि निर्विरोध भएका छन् । एक एक पदको उपाध्यक्ष र सचिवमा उनीहरु दुई जनाको मात्रै उम्मेदवारी परेको थियो । त्यस्तै अध्यक्षमा जनक राज जोशी र रामचन्द्र जोशी बिच प्रतिस्पर्धा हुने भएको छ भने चार सदस्यको लागि पाँच जनाको उम्मेदवारी परेको छ । बुद्धिजीवी तर्फ हरिप्रसाद सापकोटा र मजदुर तर्फबाट जितबहादुर मल्ल,चन्द्रप्रकाश गैरे र हिरा देवी विष्ट पनि निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा यज्ञराज ढुङ्गाना, दुर्गाप्रसाद जोशी, डेजी पाण्डे चुनावी मैदानमा…

Read More

काठमाडौं : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरभित्रको बेथिति र विवादबारे छानबिन थालिएको छ। प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिम, धनगढीले एसएसपी प्रज्वल महर्जनको नेतृत्वको ४ जनाको टोलीले छानबिन थालेको हो। तत्कालीन समयमा एसपी कमल थापा कञ्चनपुर प्रहरीको प्रमुख हुदाँ महेन्द्रनगरपोष्टले त्यहाँ उनी आफू विवादित हुनेदेखि कार्यालयभित्रका अनेकन विवादका घटनाहरु बाहिर ल्याएको थियो। जसक्रममा एसपी थापाले मुद्दा शाखा प्रमुख बनाएकी प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनु कुमारी शाहीले थुनाकक्षमा प्रहरी जवानलाई टर्चर दिएकोदेखि एसपी थापा आफैंले तस्कर, विवादित व्यापारीसँग साँठगाँठ गरेको समेत खुलेको थियो। तत्कालीन समयमा एसपी थापाले सिनियरलाई जिम्मेवारी दिनुपर्नेमा जुनिएर बिनुलाई मुद्दा शाखामा राखेको, एक महिला हवल्दारलाई दुस्ख दिएको लगायतका घटनाहरु सतहमा आएका थिए।…

Read More

काठमाडौं : रूसी सेनामा भर्ती भएका थप एक नेपालीको मृत्यु भएको छ । करिब ६ महिनाअघि रूसी सेनामा भर्ती भएका बागलुङको ताराखोला गाउँपालिका-२ का ३६ वर्षीय जितबहादुर विकको मृत्यु भएको हो । गाउँमा सवारीचालकका रूपमा काम गर्दै आएका विक गत असोजमा दलालमार्फत सेनामा भर्ती हुन रूस पुगेका थिए । रूसी सेनामा भर्ती भएलगत्तै युक्रेनी सेनाको गोली लागेर गम्भीर घाइते भएका विकको रूसको रोस्तोभमा उपचारका क्रममा मृत्यु भएको हो । विकको गत माघ २० गते मृत्यु भए पनि परिवारले दुईतीन दिनअघि मात्रै जानकारी पाएको ताराखोला गाउँपालिका(२ का वडा अध्यक्ष भद्रबहादुर घर्तीले जानकारी दिए । मृतक विकका दलालले उनको मृत्युको खबर पोर्चुगलमा…

Read More

काठमाडौँ : फोटोग्राफर विवेक कुँवरले खिचेको तस्बिरले ‘सोनी वर्ल्ड फोटोग्राफी अवार्ड–२०२४’ जितेको छ । कपनस्थित फेल्ट बलको बिचमा सुतेर मुस्कुराइ रहेकी एक बालिकाको तस्बिर विजेता बनेको हो । फेल्ट बल उत्पादन गर्ने कम्पनीको डकुमेन्ट्री बनाउने क्रममा खिँचेको तस्बिर राम्रो लागेर कुँवरले सोनी वर्ल्ड फोटोग्राफी अवार्डका लागि दिएका थिए । फोटोले अवार्ड जितेपछि फोटोग्राफीप्रति थप प्रेरणा र ऊर्जा मिलेको उनको भनाइ छ । विगत ११ वर्षदेखि विश्वभरका युवा, विद्यार्थी, फोटो पत्रकार तथा फोटोग्राफरका लागि सोनी वर्ल्ड फोटोग्राफी अवार्ड आयोजना हुँदै आएको छ । विजेतालाई पाँच हजार डलर पुरस्कारसहित सोनीका उत्पादन प्रदान गरिँदै आएको छ । सो अवार्डका लागि ५४ देशका विजेता…

Read More

धनगढी : दैलेखमा बिरामी पाडोको मासु खाँदा २५ जना स्थानीय बिरामी परेका छन्। जिल्लाको ठाटीकाँध गाउँपालिका–१ मा बिरामी पाडोको मासु खाँदा दलित समुदाय रहेको जाडेखेतका २५ स्थानीय बिरामी परेका हुन्। ठाटीकाँध गाउँपालिका –१ का वडा अध्यक्ष चक्र कामीका अनुसार मासु खाएपछि स्थानीयमा पेट र टाउको दुख्ने, मचमची हुने लगायतका लक्षण देखा परेको थियो। अहिले उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र, लकान्द्रमा उपचार भइरहेको उनले जानकारी दिए। ‘एम्बुलेन्स मार्फत बिरामीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो। उपचारपछि केही सन्चो भएर घर फर्किेसकेका छन्।’ अध्यक्ष कामीले भने।

Read More

धनगढीः नेपाल टेलिकम दूरसञ्चार निर्देशनालय, अत्तरियाको कबाडसहितका २ वटा ट्रक राजस्व अनुसन्धान कार्यालय, कोहलपुर, बाँके पठाइएको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीले फाइल अख्तियारमा र २ वटा ट्रकसहितको कबाड राजस्व अनुसन्धान कार्यालय, कोहलपुर पठाएको हो। कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले कैलाली प्रहरीलाई नेपाल टेलिकम दूरसञ्चार निर्देशनालय, अत्तरियाले विक्री गरेको कबाडको अनुसन्धान गर्न निर्देशन दिएका थिए। तर, प्रहरीले फाइल अख्तियार र ट्रकसहितको कबाड राजस्व अनुसन्धान कार्यालय पठाएको छ। टेलिकमको अभिलेखको तौल र ट्रकमा रहेको कबाडको तौल फरक परेको पुस्टि भएपछि कारबाहीका लागि फाइल अख्तियारमा गएको हो भने ट्रकसहितको कबाड कोहलपुर पठाइएको हो। टेलिकमले विक्री गरेको कबाड १५ हजार ६ सय ७९…

Read More

काठमाडौं : नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार संयुक्त बैण्ड कन्सर्ट कार्यक्रम सम्पन्न भएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी संगीत विद्यालयका म्युजिसियन र बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌का म्युजिसियनबाट संयुक्त रूपमा उक्त कन्सर्ट सम्पन्न भएको हो । सो अवसरमा नेपाल प्रहरी संगीत विद्यालयका तर्फबाट प्रहरी नायव उपरीक्षक भुला राज खनाल समेतको टोली र बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌का तर्फबाट क्याप्टेनको टोलीद्वारा विभिन्न सुमुधर धुन प्रस्तुत गरिएको थियो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले र बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌को तर्फबाट क्याप्टेन Defence Attache, Colonel, Paul Smith र बैण्ड अफ द ब्रिगेड अफ…

Read More

धनगढी : कैलालीको चुरेस्थित भाँसुभीर नजिकै विस्फोटक पदार्थ विस्फोट भएको छ। आज (बुधबार) जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ३ सहजपुर क्षेत्रमा विस्फोट भएको हो। जेसिबीले भीमदत्त राजमार्ग अन्तर्गत सडक-बाटो मर्मत एवं चौडा गर्ने क्रममा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख (एसपी) पदमबहादुर बिष्टले जानकारी दिए। उनका अनुसार सो विस्फोटक पदार्थ माओवादी काल (जनयुद्ध) को हुनसक्ने अनुमान गरिएको छ। उक्त विस्फोटबाट एकजना चालकसहित ४ जना घाइते भएका छन्। उनीहरूमध्ये २ जना सिकिस्त रहेको प्रहरीले जनाएको छ। घाइते हुनेमा जेसिबी चालकसहित कैलालीका ४५ वर्षीय वसन्त खडायत, सुर्खेतका २२ वर्षीय हिरा थापा र कञ्चनपुरका नवीन देव अवस्थी रहेका छन् । चालकबाहेक घाइते…

Read More

धनगढी : टेलिसिरियलमा ’म्याकुरी’ पात्रले चर्चामा आएका कमेडी कलाकार पवन खतिवडामाथि घरेलु हिंसाको आरोप लागेको छ । अन्य युवतीसँग सम्बन्ध राखेर आफूलाई अलपत्र पारेको भन्दै श्रीमती सुम्निमा खालिङले मिडियामा ’हारगुहार’ गरेपछि उनी विवादमा परेका हुन् ।  पवनले आफूमाथि ज्यादती गरेको र जबर्जस्ती सम्बन्धविच्छेद गर्न बाध्य पारेको सुम्निमाले बताएकी छन् । हिजोको पत्रकार सम्मेलनमा उनले श्रीमान पवनले १० महिनासम्म जबजस्ती सुधार केन्द्रमा राखेर डिभोर्सको लागि बाध्य पारिएको गुनासो गरिन् । ’एकदिन उसले बूढा–बूूढी रमाइलो गरौँ न त भनेर बियर ल्यायो र खायौँ । खाएपछि म बहुलाएर थाहा पाइनँ । उसले सुधार केन्द्रको मान्छे बोलाएर सुधार केन्द्रमा लगेर राख्यो’, सुम्निमाले भनिन्, ’मैले…

Read More