Author: महेन्द्रनगर पोष्ट

काठमाडौं :  टी-२० विश्वकपमा नेपाल, दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डस् रहेको समूह डीमा परेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले आज शुक्रबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले वेष्ट इण्डिजमा विश्वकप खेल्ने छ। टी-२० विश्वकप आउँदो जुनमा अमेरिका र वेष्ट इण्डिजमा हुँदै छ। भारत र पाकिस्तान भने एउटै समूहमा परेका छन्। उनीहरु रहेको समूह एमा आयरल्याण्ड क्यानडा र अमेरिका छन्। समूह एको खेल अमेरिका हुने छ। समूह बीमा इंग्ल्याण्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्याण्ड र ओमान छन्। यस्तै समूह सीमा न्यूजिल्याण्ड, घरेलु टोली वेष्ट इण्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्युगिनी छन्। हरेक समूहमा रहेका देशले ४–४ खेल खेल्ने छन् र समूहका शीर्ष…

Read More

काठमाडौं:  नेकपा एमालेले राष्ट्रियसभाको निर्वाचनमा १९ सिटमै उम्मेदवारी दर्ता गराउने भएको छ। पार्टी कार्यालय च्यासलमा शुक्रबार बसेको एमाले सचिवालय बैठकले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारका बारेमा छलफल गर्दै पुष २३ गते १९ वटै सिटमा उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको हो। बैठकपछि एमाले महासचिव शंकर पोखरेलले प्रत्येक क्लस्टरमा तीन जनाको नाम मागिएकोमा सिफारिस भएर आएका नामबारे प्रारम्भीक छलफल भएको जानकारी दिए। उनले सिफारिस भएर आएका नामलाई टुङ्गो लगाएर १९ वटै उम्मेदवारको नाम सार्वजनिक गर्ने तयारी गरेको बताए। त्यस्तै, बैठकले भारतसँग भएका केही सहमतिप्रति पनि असन्तुष्टि जनाएको छ। राष्ट्रियताका प्रश्नमा सत्ताले प्रतिपक्षलाई विश्वास लिएर मात्रै काम गर्नुपर्नेमा त्यसो हुन नसकेकाले भारतसँग भएका सम्झौतका…

Read More

धनगढी : बाजुरेली सेवा समाजको आयोजनामा धनगढीमा भुवा प्रतियोगिता हुने भएको छ । बाजुरेली सेवा समाजको आयोजनामा पुष २६ गतेदेखि धनगढी रङ्गशालामा भुवा प्रतियोगिता हुने बाजुरेली सेवा समाजले जानकारी दिए । धनगढीमा एक पत्रकार सम्मेलन कार्यक्रम गर्दै बाजुरेली सेवा समाजले पुष २० गते देखि २५ गते सम्म प्रतियोता टिम दर्ता गराउन आग्रह गरेको छ । भुवा पर्वका लागि १० वटा टीम सहभागी हुनसक्ने अनुमान गरिएको बाजुरेली सेवा समाजका अध्यक्ष बजिर सिह धामीले बताए । प्रतियोगिता सहभागी हुने टिम दर्ता शुल्क ९ सय ९९ रुपैयाँ रहेको बताइएको छ । प्रतियोगितामा प्रथम, दृतिय, तृतिय हुने टिमलाई पुरस्कार दिइने आयोजकले बताएको छ ।

Read More

काठमाडौं : चेकजाँच गर्ने बहानामा एक चिकित्सकले युवतीलाई दुर्व्यवहार गरेको आरोप लागेको छ । ग्रान्डी अस्पतालका डाक्टर जसवन शाक्यविरुद्ध जिल्ला अदालत काठमाडौंमा उजुरी दर्ता भएको हो । उनले स्वास्थ्य परीक्षण गर्न एक नाबालिगमाथि यौन दुर्व्यवहार गरेको उजुरीमा उल्लेख छ । असोज ३ गते परामर्श र स्वास्थ्य परीक्षणका लागि जाँदा उनले महिला नर्स वा अन्य सहायक कर्मचारी अनुपस्थितिमा नाबालिगको भित्री वस्त्र तानेर गुप्ताङग नियाली भद्दा र अश्लील टिप्पणी गरेको उजुरीमा उल्लेख छ । डा. शाक्यको व्यवहारविरुद्ध पीडितले ग्रान्डी अस्पतालमा जानकारी गराएपछि अस्पतालले शाक्यलाई निकालिसकेको छ । उजुरीमा गरिएको दाबी अदालतबाट पुष्टि भएमा शाक्यमाथि तीन वर्षसम्म कैद सजायको फैसला हुनसक्छ ।

Read More

बैतडी : प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट अन्तरगत इलाइट च्याम्पियनसिपमा अछामले सान्त्वना जित निकालेको छ। सान्त्वना जित निकाल्ने क्रममा अछामले शुक्रबार खेलेको अन्तिम खेलमा बझाङलाई ५१ रनले हरायो। जितका लागि पाएको १४० रनको सामान्य लक्ष्य पछ्याएको बझाङ २५.२ ओभरमा ८८ रनमा समेटियो। उसका सनम बुढाथोकीले २१, सुशील रावल र अशोक धामीले १५र१५ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन समेत जोड्न सकेनन् । अछामका रोहित खड्काले ४ र युवराज खत्रीले ३ विकेट हात पारे। यसअघि फाप्ला मैदानमा बिहान ९ बजेदेखि शुरू हुने भनिएको ५० ओभरको खेल बाक्लो हुस्सु लागेकाले निर्धारित समयभन्दा ढिला सुरू हुँदा ३५ ओभरमा…

Read More

दार्चुला: नेकपा एमाले दार्चुला जिल्लाको अध्यक्षमा ज्ञानेन्द्र बहादुर घर्ती निर्वाचित भएका छन्। शुक्रवार सम्पन्न ९ औँ जिल्ला अधिवेशनले घर्तीको अध्यक्षतामा ९० सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । पुरै कमिटी सर्वसम्मत निर्वाचित भए। उपाध्यक्षमा प्रमानन्द जोशी, सचिवमा उमेश जोशी, उपसचिव कर्ण बहादुर खडायत र उपसचिव ९महिला०मा कमला पन्त विष्ट निर्वाचित भएका छन्। बमबुधबार एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले अधिवेशनको उद्घाटन गरेका थिए।

Read More

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश राजधानीको विषय चाँडै टुंगो लाग्ने बताएका छन्। शुक्रबार नेपाल प्रेस युनियन डडेल्धुराले जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अब सुरु हुने सदनको अधिवेशनमा राजधानीको विषय टुंगो लाग्ने बताएका हुन्। ‘आउने प्रदेशसभा बैठकमा अहिले तोकिएकै क्षेत्रमा राजधानी बनाउनका लागि सबै प्रक्रिया पूरा गर्नुपर्छ भन्नेमा हामी लाग्छौं,’ मुख्यमन्त्री शाहले भने, ‘त्यो सम्भव भएन भने अन्य विकल्वबारे छलफल सुरु गर्छौं।’ कैलालीको गोदावरी क्षेत्रमा राजधानी नबने कहाँ बन्छ भन्ने पत्रकारहरूको प्रश्नमा उनले उपयुक्त जुनसुकै क्षेत्रका विषयमा पनि छलफल गर्न सकिने बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अहिले तोकिएको क्षेत्रमा राजधानी बनाउनका लागि सबै प्रक्रिय पूरा गरिदिन…

Read More

काठमाडौं : रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखा कार्यालयको निर्देशकमा मैयाँ कँडेल नियुक्त भएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कँडेललाई ईपीएसको निर्देशकमा नियुक्त गरेको हो। निर्देशक नियुक्त भएसँगै उनी कार्यभार सम्हाल्न ईपीएस कार्यालय पुगेकी छिन्। वैदेशिक रोजगार विभागका महानिर्देशन डण्डुराज घिमिरेले मन्त्रालयले कँडेललाई निर्देशकमा नियुक्त गरेसँगै कार्यालयमा हाजिर भइसकेको बताए। यसअघि ईपीएस कोरिया शाखाको निर्देशकमा रहेका गुरुदत्त सुवेदीलाई पुस १३ गते निलम्बन गरेको थियो। ईपीएस कोरियाका लागि आवेदन फारम भर्न पाउनुपर्ने माग राख्दै भएको आन्दोलनको क्रममा २ जनाको ज्यान गएको थियो। उक्त घटनापछि सरकारले निर्देशक सुवेदीसहितकालाई निलम्बन गरेको थियो।

Read More

बैतडी: बैतडीमा घरेलु हातहतियार प्रयोग गरेर महिलाको हत्या गरेको अभियोगमा पक्राउ परेका तेजबहादुर चन्दलाई  पुर्पक्षका लागि कारागार चलान गरिएको छ। गएको मंसिर २६ गते सुर्नया गाउँपालिका –३ बिजुलकी ५६ बर्षीया हरिना बिष्टको हत्या भएको थियो। सोही ठाउँका तेजबहादुर चन्दले एक्कासी घरमा पसेर हसिया लगायतका घरेलु हतियारको प्रयोग गरेर उनको हत्या गरेका थिए। गएको मंसिर २६ गते नै चन्दलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको थियो। कर्तव्य ज्यान मुद्दामा चन्दमाथि अनुसन्धान गरेर उनलाई अदालत पेश गरिएको र अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए। पौष दोश्रो साता उनलाई अदालतले पुर्पक्षका लागि कारगार चलान…

Read More

काठमाडौं : बुढासुब्बा डिजिटल प्रालिले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भनी प्रकाशित गरेको सूचनाप्रति पशुपति क्षेत्र विकास कोषले आपत्ति जनाएको छ। विकास कोष सञ्चालक परिषद्का कार्यकारी निर्देशक लक्ष्मी पुनले आज एक सूचना प्रकाशित गरी बुढासुब्बा डिजिटल प्रालीद्वारा प्रकाशित उक्त सूचनामा कोषको गम्भीर ध्यानाकर्षण भएको बताएकी हुन्। “बुढासुब्बा डिजिटल प्रालिले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न सख्त मनाही छ। यहाँ खिचिएका भिडियो सामग्री फेसबुक, इन्स्टाग्राम, टिकटक तथा युट्युबमा व्यावसायिक प्रायोजनका लागि राखिएमा डिजिटल कपिराइट ऐनअन्तर्गत कारबाही हुने जानकारी…

Read More