Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : यूएईमा जारी एसिसी यू–१९ एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले खराब सुरुवात गरेको छ। नेपालले २२ रन जोड्दा ६ विकेट गुमाइसकेको छ। नेपालले छैटौँ विकेटको रूपमा गुलशन झालाई गुमाएको हो। उनी ४ रनमै एल्बीडब्लू धरापमा परे। नेपालले पाँचौं विकेटको रूपमा दीपकप्रसाद डुम्रेलाई शून्यमै गुमायो। उनी शून्यमै बोल्ड भए। नेपालले चौथो विकेटको रूपमा कप्तान देव खनाललाई गुमाउन पुग्यो। उनी २ रनमै आउट भए। नेपालले तेस्रो विकेटको रूपमा अर्जुन कुमाललाई गुमायो। उनी आराध्या शुक्लाको बलमा क्उाच आउट हुन पुगे। नेपालले दोस्रो विकेटको रूपमा उत्तम थापा मगरलाई गुमायो। उनी राज लिम्बानीको बलमा शून्यमै बोल्ड भए। नेपालले पहिलो विकेटको रूपमा दीपक बोहरालाई एक…

Read More

काठमाडौं : अभियन्ता ईः भनेर चिनिने इशान अधिकारी आज ललितपुर महानगरपालिकाको कार्यालय अगाडि १०८ मिनेट उभिने भएका छन्। महानगरपालिकाको फुटपाथ पसल हटाउने निर्णयविरुद्ध उनी आज दिउँसो ३ बजेदेखि १ घण्टा ४८ मिनेट उभिने भएका हुन्। महानगरपालिकाले पैदल यात्रु, सवारी आवागमन तथा ऐतिहासिक महत्त्वका स्थानहरूमा अवरोध भएको भन्दै यही मंसिर २४ गतेदेखि लगनखेल–मंगलबजार रुटमा फुटपाथ पसल राख्न निषेध गरेको थियो। यसअघि काठमाडौँ महानगरपालिकाले फुटपाथबाट व्यापारीहरूलाई हटाएको विरोधमा अभियन्ता ईःले राष्ट्रिय सभागृह अगाडि १९९ घण्टासम्म उभिएर विरोध जनाएका थिए।

Read More

काठमाडौं : सुनको भाउ आज पनि घटेको छ । तोलामा आज सुन सात सय रुपैयाँले घटेर १ लाख १६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख १७ हजार रुपैयाँ थियो । आज चाँदीको भाउ भने स्थिर छ । हिजो जस्तै चाँदी आज तोलामा एक हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More

काठमाडौंः नेकपा एमालेको सङ्कल्प यात्रालाई अवरोध गर्न आह्वान गरेको बन्दका क्रममा खोटाङको हलेसीबाट तीन जना पहिचानवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा राजेश राईको नाम खुलेको भए पनि अन्यको नाम खुलेको छैन। खोटाङका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले तीन जना पक्राउ परेको पुष्टि गरे।

Read More

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–४ सिकलपट्टिका दुई सय बढी बासिन्दाको घर–घरमा विद्युत्का मिटर जडान गरिएका छन्। नियमितरूपमा प्रत्येक महिनाको अन्त्यमा स्थानीय बासिन्दाले विद्युत्को महसुल पनि तिर्दै आएका छन्। विद्युत् शक्ति (भोल्टेज) कम हुँदा एक दशकदेखि विद्युत् सेवा भने सहजरूपमा पाउन सकेका छैनन्। एक बल्वबाहेक अन्य विद्युतीय उपकरण नचल्ने गरेको वीरबहादुर चन्दले गुनासो गरे। ‘पङ्खा चल्दैन, खेतमा सिँचाइ गर्ने विद्युतीय मोटर चल्दैन, टिभी राखेका छौँ, कम भोल्टेजकै कारण हेर्न पाएका छैनौं’, उनले भने, ‘यस समस्याबारे पटक–पटक वडादेखि विद्युत् कार्यालयसम्म पुगे पनि सुनवाइ हुनसकेको छैन।’ दुई वर्षअघि वडामा गाउँका सबै जनाको संयुक्त हस्ताक्षर गरी निवेदन दिए पनि बेवास्ता गरिएको उनले बताए। ‘पोलमा विद्युत्का…

Read More

काठमाडौं : एसीसी यू–१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगितामा मंगलबार नेपालले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । भारतले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो। समूह ‘ए’ अन्तर्गतको उक्त खेल यूएईको दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ।

Read More

धनगढी : प्रहरीले कैलालीमा २ ग्राम ३ सय ६० मिलिग्राम ब्राउनसुगरसहित १ जनालाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–२ फन पार्कबाट उक्त परिमाणको ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थसहित कैलालीकै गोदावरी नगरपालिका–१ का २५ वर्षीय बिजय बिष्टलाई सोमबार दिउँसो पक्राउ गरिएको हो । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त टोलीले शंका लागेर चेकजाँच गर्दा विष्टको साथबाट उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

Read More

बाँके: बाँकेमा ४० जना पुरुषले घरेलु हिंसामा परेको भन्दै न्यायका लागि प्रहरी कार्यालयमा उजुरी दिएका छन् । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ४० जना पुरुषले न्यायका लागि उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रमुख प्रहरी निरीक्षक महेश्वरी विष्टले जानकारी दिइन् । उनका अनुसार पुरुषको तर्फबाट पनि हिंसामा परेको उजुरी आइरहेका छन् । तर पुरुषले दिने उजुरीको तुलनामा महिलाको सङ्ख्या अत्यधिक छ । ‘अधिकांश हिंसामा परेको उजुरी महिलाको तर्फबाट आउने गरेका छन्,’ प्रहरी निरीक्षक विष्टले भनिन्, ‘कतिपय अवस्थामा पुरुषको तर्फबाट पनि उजुरी आइरहेका छन्, हामीले आवश्यक कारबाही गरिरहेका छौं ।’ जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्कअनुसार…

Read More

धनगढी: कैलालीमा एक बृद्धा महिला मृत भेटिएकी छन् । जिल्लाको टिकापुर नगरपालिका–५ झन्झटपुरस्थित रानीकुलोमा सोही ठाँउ बस्ने ८५ बर्षिय धनसरा देबी शाह सोमबार दिउँसो मृत भेटिएको  प्रहरीले जनाएको छ । शाह मृत भेटिएको घटनाको अनुसन्धान भइरहेको छ ।

Read More

काठमाडौं : चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगन्ज चिकित्सा क्याम्पसमा विभिन्न पदमा दरखास्त आह्वान भएको छ । बढीमा एक वर्षका लागि करार सेवामा नियुक्ति गर्नेगरी क्याम्पसले मंगलबार दरखास्त आह्वान गरेको हो ।  जसअनुसार विभिन्न विषयका लागि २८ जना उपप्राध्यापकहरु माग भएको छ । 

Read More