दार्चुला: नेकपा एमाले दार्चुलाको नवौँ जिल्ला अधिवेशन उद्घाटन गरिएको छ ।बुधबार आज जिल्ला सदरमुकाम स्थित दार्चुला विकास संगठनको प्राङ्गगणमा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नवौँ जिल्ला अधिवेशनको उद्घाटन गरेका हुन् ।
एमाले दार्चुलाका अध्यक्ष प्रेम सिह धामीको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन कार्यक्रमलाई नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायत पार्टीका केन्द्रीय सचिव सुदुरपश्चिम प्रदेश इन्चार्ज छबिलाल विश्कर्मा, लगायत सुदुरपश्चिम प्रदेश अध्यक्ष कृष्ण जौशी लगायतका नेताहरुले नवौँ जिल्ला अधिवेशनको उद्घाटन गरेका हुन ।
उद्घाटन कार्यक्रमलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवंम पोलिट ब्युरो सदस्य पुर्वमन्त्री कैलाली जिल्ला इन्चार्ज गणेश सिह ठगुन्ना नेकपा एमाले केन्द्रिय सदस्य एवंम् दार्चुला जिल्ला ईन्चार्ज सहदेब बोगटी, सुदुरपश्चिम प्रदेश अध्यक्ष कृष्ण जौशी, केन्द्रीय सचिव सुदुरपश्चिम प्रदेश इन्चार्ज छबिलाल विश्कर्मा, र एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
बुधबार आज उद्घाटन सत्र गरेको एमालेको बन्दसत्रबाट जिल्लाको नयाँ नेतृत्व छनोट हुने बताइएको छ । आजै बेलुका ५ बजेदेखि बन्द सस्त्रसुरु भएको एमाले दार्चुलाले जनाएको छ । एमालेले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न छलफल परामर्श गदैँ आएको छ । सर्वसम्मत हुन नसकेमा मात्रै निर्वाचनको विधि अवलम्बन हुने एमाले दार्चुलाका अध्यक्ष प्रेम सिह धामीले बताए ।
नेकपा एमालेको समृद्ध नेपाल, सुखी नेपालीको नारालाई पूरा गर्ने, देश विकासलाई जनतामार्फत जोड्ने र निकास दिने नेतृत्व आउने पोलिट ब्युरो सदस्य पुर्वमन्त्री कैलाली जिल्ला इन्चार्ज गणेश सिह ठगुन्नाले बताए । जनताको आवश्यकता र मर्मलाई बुझ्ने, जिम्मेवारी इमान्दारिताको साथ पूरा गर्ने उर्जाशिल नेतृत्व आउनु पर्ने उनले जोड दिए । जिल्ला अधिवेशनले नयाँ नेतृत्व छनोट गर्ने भएकाले नेताहरु आन्तरिक तयारीमा जुटेका छन् । नेतृत्वको आंकाक्षीहरुले आफूलाई सहयोग गर्न आग्रह गरिरहेका छन् ।
यसका लागि अहिले जिल्ला कमिटि अध्यक्षमा ४ जना सहित पदाधिकारीमा २७ जना आकांक्षीहरु रहेका छन । जसमा अध्यक्ष पदमा ४ जना, उपाध्यक्षमा ५ जना, सचिवमा ५ जना र उपसचिवमा १३ जना आकांक्षी रहेका छन् । उपसचिव खुल्लातर्फ ७ जना र समावेशी महिलातर्फ ६ जनाले आकांक्षी देखीएका छन् । एमालेले दार्चुलाका वटै ६१ वडामा गएको शनिबार एकसाथ अधिवेसन प्रतिनिधि चयन गरिसकेको छ उनीहरु जिल्ला पुगेका छन ।
नवौँ जिल्ला अधिवेसनमा झण्डै साढे चार सय प्रतिनिधि छनोेट भएका छन । पार्टीको उद्घाटन कार्यक्रममा एमालेका विभिन्न जनबर्गिय संगठनहरु,प्रदेशकमिटिका सदस्यहरु जिल्ला कमिटि सदस्य लगायत सुरक्षाकर्मी पत्रकारहरुको सहभागितामा नवौँ जिल्ला अधिवेशन उद्घाटन गरिएको एमाले दार्चुलाले जनाएको छ । एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको टोली भोली विहान मात्रै काठमाण्डौ फर्किने कार्यक्रम रहेको बताइएको छ ।